No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै

पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै

काठमाडौं । नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले आवश्यक अध्ययन सम्पन्न गरेको हो ।

यसअघि टेलिकमले फोरजी सेवाका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन्स सर्भिस इन्टरनेसनल (सीसीएसआई) सँग सम्झौता गरेको थियो । सोही सम्झौतामा नयाँ प्रविधि ‘फाइभजी’ समेत देशको केही सहरमा परीक्षण गर्नुपर्ने प्रावधान राखिएको थियो ।

सोही प्रावधानका आधारमा कम्पनीले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण गर्नेगरी भेन्डरसँगको काम अघि बढाएको हो । यसका लागि भेन्डर र टेलिकम दुवैतर्फबाट आवश्यक अध्ययन सम्पन्न भइसकेको टेलिकम स्रोतले जनाएको छ ।

‘अबको एकदुई दिनमै यसको माइन्युट सम्पन्न गरी प्रक्रिया अघि बढाउँदै छौँ,’ टेलिकम स्रोतले भन्यो, ‘लगत्तै सामान आयातको काम अघि बढ्नेछ । त्यसमध्ये कोर अन्तर्गतको सामान चाँडै काठमाडौं आइपुग्नेछ । किन भने कोरतर्फ सफ्टवेयरमात्रै आपूर्ति गरिने हो ।’

र्‍यानको हकमा केही सामान नै ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्ने बताइएको छ । तर, त्यसका लागि समेत आवश्यक सम्पूर्ण प्रक्रिया भने पूरा भइसकेको छ ।

कम्पनीको योजना अन्तर्गत अबको दुईतीन महिनाभित्र कोर तथा र्‍यानका सम्पूर्ण सामान काठमाडौं आइसक्नेछन् । त्यसपश्चात् जडान गरी परीक्षणको प्रक्रिया अगाडि बढ्नेछ ।

यस हिसाबले अबको तीनचार महिना अथवा ढिलोमा यो आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण काम सम्पन्न गरी परिक्षण सुरु गर्ने तयारी रहेको टेलिकमका एक उच्च अधिकारीले जानकारी दिए । यसअघि सरकारले टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

सोही अनुरूप दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ । जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

हुन त टेलिकमले फाइभजी परीक्षणको व्यवसायिक प्रस्ताव प्राधिकरणलाई पठाउँदा २६०० सय मेगाहर्ज ब्याण्डमा १०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग अघि सारेको थियो । तर, नियामकले भने ६० मेगाहर्ज मात्रै फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ ।

सोही फ्रिक्वेन्सीमा आधारित भएर अब टेलिकमले नेपालमा फाइभजीको परीक्षण गर्नेछ । फाइभजी परीक्षणको सुरुवात काठमाडौंबाट हुने स्रोतले जनाएको छ ।

‘हामीले पहिलो चरणमा काठमाडौंबाट यसको परीक्षण गर्ने योजना बनाएका छौँ,’ स्रोतले टेकपानासँग भन्यो, ‘दोस्रो चरणमा पोखरा र तेस्रो चरणमा देशको कुनै ग्रामीण भेगमा यसको परीक्षण हुनेछ ।’

उक्त परीक्षणबाट आएको परिणामको आधारमा टेलिकमले आगामी दिनमा फाइभजीको व्यवसायिक परियोजना अघि बढाउने छ ।

कम्पनीले यसरी फाइभजीको परीक्षणका लागि प्रक्रिया अघि बढाउँदै गर्दा अर्को ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भने हालसम्म परीक्षणका लागि अनुमति नै पाउन सकेको छैन । यद्यपि उसले पनि परीक्षणको अनुमतिका लागि सरकार समक्ष आवेदन भने दिइसकेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

Next Post
आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !

आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: