No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण


अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

काठमाडौं । एआई गडफादरको उपनामले चिनिने ब्रिटिश-क्यानडेली कम्प्युटर वैज्ञानिक प्रोफेसर ज्योफ्रे हिन्टनले कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स)बारे अनौठो भविष्यवाणी गरेका छन् । वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् ।

प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’  परिवर्तन भइरहेको परिप्रेक्ष्यमा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् । वैज्ञानिक हिन्टनका अनुसार आगामी तीन दशकभित्र एआईले मानव सभ्यता समाप्त पार्ने सम्भावनालाई अझ नजिक ल्याएको छ ।

सूचना तथा प्रविधि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका हिन्टनले यस वर्ष भौतिक विज्ञानमा नोबेल पुरस्कार समेत पाएका थिए । उनै प्रोफेसर हिन्टनले एआईका कारण मानवता लोप हुने सम्भावना १० देखि २० प्रतिशतसम्म बढेको तर्क अघि सारेका छन् । यसअघि उनले एआई प्रविधिले मानवताका लागि विनाशकारी परिणाम निम्त्याउने सम्भावना १० प्रतिशत रहेको विश्लेषण गरेका थिए ।

बीबीसी रेडियो फोरको ‘टुडे कार्यक्रम’मा एआई सङ्कटको सम्भावनाबारे सोधिएको प्रश्नमा हिन्टनले यस्तो भविष्यवाणी गरेका हुन् । त्यस क्रममा टुडे कार्यक्रमका पाहुना सम्पादक तथा पूर्व चान्सलर साजिद जाविदले “तपाईँको अनुमान बढ्दैछ” भनेपछि हिन्टनले जवाफ दिए, “यदि सोच्यौँ भने हामीले आफूभन्दा बढी बुद्धिमान चिजसँग कहिल्यै सामना गर्नुपरेको छैन ।”

उनले अगाडि थपे, “कम बौद्धिक चिजले उच्च बौद्धिक चिजलाई नियन्त्रण गरेका कति उदाहरणहरू छन्, तपाईँलाई थाहा छ ? यस्ता केही उदाहरण होलान् । त्यसमध्ये मलाई थाहा भएको एउटै उदाहरण हो, आमा र बच्चाको सम्बन्ध । जहाँ बच्चाले आमालाई केही हदसम्म नियन्त्रण गर्न सक्छ ।”

लन्डनमा जन्मिएका हिन्टन हाल टोरन्टो विश्वविद्यालयका प्रोफेसर इमिरेट्स हुन् । उनले शक्तिशाली एआई प्रणालीको तुलनामा मानिसहरू तीन वर्षीय बालबालिका जस्तै हुने बताएका छन् ।

“म यस (एआई)लाई यस्तो रूपमा हेर्न मन पराउँछु, आफूलाई र तीन वर्षीय बालकलाई कल्पना गर्नुहोस् । एआईका अघि हामी ती बालबालिका जस्तै हौँ,” उनले भने ।

एआईलाई सामान्यतया त्यस्ता काम गर्न सक्षम कम्प्युटर प्रणालीका रूपमा परिभाषित गरिन्छ, जसका लागि सामान्यतया मानव बुद्धिमत्ताको आवश्यकता पर्छ । गत वर्ष हिन्टनले गुगलको आफ्नो जागिरबाट राजीनामा दिएका थिए । त्यसपछि एआईको अनियन्त्रित विकासका जोखिमबारे उनी खुलेर बोलेका थिए । जसलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिए ।

उनले चिन्ता व्यक्त गर्दै भनेका थिए, “खराब उद्देश्य भएका व्यक्तिले यो प्रविधि अरूलाई हानी पुर्‍याउने गरी प्रयोग गर्न सक्छन् ।”

एआई सुरक्षाका अभियन्ताको मुख्य चिन्ताको विषय कृत्रिम सामान्य बुद्धिमत्ता (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) को विकास हो । यसबाट मानिसको भन्दा बढी बुद्धिमत्ता भएका प्रणालीको विकास गर्न सक्ने विश्लेषण गरिएको छ । यस्तो प्रविधिलाई सही तरिकाले नियन्त्रण गर्न नसकेको खण्डमा यसले मानव सभ्यताको अस्तित्वलाई नै सङ्कटमा पार्ने सक्ने सम्भावना देखिएको हो ।

“एआईमा हामी अहिले जहाँ छौँ, त्यहाँ पुग्न धेरै समय लाग्नेछ भन्ने मेरो अनुमान थियो,” आफ्नो प्रारम्भिक कामका बेला आफूले गरेको पूर्वानुमानलाई लिएर हिन्टनले भने ।

उनले अगाडि थपे, “हामी अहिले यस्तो स्थितिमा छौँ, जहाँ यस क्षेत्रका अधिकांश विज्ञले सम्भवत: अबको २० वर्षभित्र हामीले मानिसभन्दा बढी बुद्धिमान एआई विकास गर्नेछौँ भन्ने सोच्छन् । र, यो एकदमै डर लाग्दो विचार हो ।”

प्रविधि क्षेत्रमा विकासको गति आफूले अपेक्षा गरेकोभन्दा अत्यन्तै तीव्र भएकाले प्रविधिको नियमनको लागि देशहरू जुट्नुपर्ने उनको सुझाव छ । एआईलाई अदृश्य हातको संज्ञा दिँदै उनले भने, “मेरो चिन्ता अदृश्य हातले हामीलाई सुरक्षित राख्ने छैन भन्ने हो । त्यसैले ठुला कम्पनीले यसलाई मुनाफा कमाउने उद्देश्यका निम्ति मात्र लिनु पर्याप्त छैन । यसलाई सुरक्षित तरिकाले विकास गर्नका लागि थप कदमहरू चाल्नु आवश्यक छ ।”

एआई क्षेत्रका अग्रणी कम्पनीलाई सुरक्षा सम्बन्धी थप अनुसन्धान गर्न केवल सरकारको नियमनले मात्र बाध्य पार्ने उनको भनाइ छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

Next Post
फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

Leave a Reply Cancel reply

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: