No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ ।

सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ ।

यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ ।

जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो ।

त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्ब ८७ करोड थियो ।

मेटाका अनुसार प्रयोगकर्ताहरुले फेसबुक तथा अन्य एपमा बिताउने समयमा वृद्धि भएको भएपनि गत त्रैमासिकमा कम्पनीको खुद नाफामा २० प्रतिशतले गिरावट भएर ७ अर्ब ४० करोड कायम भएको छ ।

विश्लेषकहरुका अनुसार मेटाले वर्षौँदेखिको व्यापक वृद्धिसँगै यसको उच्चतम विन्दु पार गरिसकेको हुनसक्दछ । जसका कारण अब मेटा निरन्तर ओरालो यात्रामा जानसक्छ ।

टिकटक लगायतका प्रतिस्पर्धी प्लाटफर्महरुले फेसबुक तथा इन्स्टाग्राम लगायतको लोकप्रियतामा तिव्र क्षयिकरण गराएको र विज्ञापन व्यवसायमा पनि मेटाले अन्य धेरै कम्पनीहरुसँग तिव्र प्रतिस्पर्धा गर्नु परेको छ ।

विश्व विज्ञापन बजारको २० प्रतिशत भन्दा धेरै हिस्सा ओगट्ने मेटाले लगानी कर्ताहरुलाई सचेत गराउँदै आगामी महिनाहरुमा विज्ञापनबाट हुने आम्दानीमा अझै गिरावट आउन सक्ने जनाएको छ ।

महामारीको अवधिमा इ कमर्श व्यवसायमा भएको खर्च उच्च विन्दुमा पुगेकोमा महामारी मथ्थर भएसँगै त्यसमा कमी आएको साथै विज्ञापनदाता कम्पनीहरु मूल्यवृद्धि तथा युक्रेन युद्ध लगायतका कारणले खर्च गर्न अन्कनाइरहेको हुँदा आगामी दिनमा मेटाको विज्ञापनिक आम्दानीमा अझै गिरावट आउनसक्ने जनाएको छ ।

मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले कम्पनीको आम्दानीमा भैरहेको सुस्ततासँगै आगामी दिनमा नयाँ कर्मचारी भर्नाको कामलाई निरन्तर रुपमा घटाउँदै जानुका साथै भर्चुअल रियालिटी प्लाटफर्म होरिजन तथा मेटाभर्स लगायतका नयाँ क्षेत्रमा लगानी स्थानान्तरण गर्ने योजना रहेको बताएका छन् । बीबीसीबाट

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

Next Post
हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?

हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: