No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?


हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?

प्रत्येक वर्ष वर्षायामको सुरुवातसँगै नेपालमा प्रायः हैजाको प्रकोप देखापर्ने गर्दछ। यो वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते काठमाडौं बागबजार बसोबास गर्ने एकै परिवारका दुई जनामा ​​हैजाको संक्रमण पुष्टि गर्‍यो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिपोर्ट गरिएको पहिलो दुई हैजाका बिरामी एकै परिवारका थिए। प्रारम्भिक अनुसन्धानले धाराको पानी नउमाली पिउने गरिएको कारण संक्रमण भएको जनाएको छ। साउन ८ गतेसम्ममा कुल ३४ हैजाका घटनाहरू रिपोर्ट गरिएको छ।

नेपालमा हैजाको इतिहासलाई फर्केर हेर्दा

नेपालमा हैजा पहिलो पटक सन् १८२३ मा रेकर्ड गरिएको थियो। त्यसपछि काठमाडौं उपत्यकामा सन् १८३१, १८४३, १८५६, १८६२ र १८८७ मा महामारीको शृङ्खला चलेको थियो। सन् २००९ मा सबैभन्दा ठूलो हैजाको प्रकोप (महामारी) नेपालको मध्य-पश्चिमी क्षेत्र जाजरकोटमा देखिएको थियो, जसमा ३० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए भने ५०० भन्दा बढीको मृत्यु भएको थियो। त्यसैगरी, सन् २०१४ को वर्षायाममा रौतहटमा फैलिएको महामारीमा ६०० भन्दा बढी मानिस संक्रमित भएका थिए।

हैजा रोग के हो ?

हैजा विषाक्त जीवाणु भिब्रियो कोलेरी serogroup O1 वा O139 संक्रमणबाट हुने एक तीव्र, पखालाजन्य रोग हो। भिब्रियो सूक्ष्म, ग्राम नकारात्मक (माइक्रोस्कोपमा हेर्दा गुलाबी रंगका), अल्पविराम आकारको ब्याक्टेरिया (जीवाणु) हो। अनुमानित रूपमा विश्वभर प्रत्येक वर्ष १३ लाखदेखि ४० लाख मानिस हैजाबाट संक्रमित हुन्छन् र २१ हजारदेखि १ लाख ४३ हजार मानिसले यसको कारण ज्यान गुमाउँछन्। नेपालमा करिब २० प्रतिशत मानिस हैजा संक्रमणको जोखिममा रहेको अनुमान गरिएको छ।

हैजाका लक्षण के के हुन् ?

  • अकस्मात् र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०-२५ पटक हुनु। लगातार दिसा र वान्ता भइरहनु।
  • सुरुको अवस्थामा दिसा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु।
  • लगातारको दिसा र वान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहनु।
  • खुट्टाको दुखाइ।
  • बेचैनी वा चिड्चिडापन।

हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?

प्रारम्भिक अनुसन्धानले धाराको पानी नउमाली पिउन प्रयोग गरिएको कारण संक्रमण भएको जनाएको छ। साउन ८ गतेसम्ममा कुल ३४ हैजाका घटना रिपोर्ट गरिएको छ।

हैजाका बिरामीले चौलानी पानीजस्तो दिसा गर्छन्, जसमा धेरै संख्यामा हैजाका कीटाणुहरू रहेका हुन्छन्। स्वस्थ व्यक्तिमा दूषित खाना वा पानी (हैजाका कीटाणु मिसिएको) को माध्यमबाट हैजाका कीटाणु शरीरमा (आन्द्रामा) प्रवेश गर्छन्। दूषित खाना वा पानी खाएको १२ घण्टादेखि ५ दिनसम्ममा रोगको लक्षण देखा पर्छ।

अपर्याप्त पानी प्रशोधन, कमजोर वा अपर्याप्त सरसफाइ भएका ठाउँहरूमा हैजा हुने र फैलिने सम्भावना बढी हुन्छ। यद्यपि, रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै सर्ने सम्भावना नहुने हुँदा संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क सङ्क्रमणको जोखिमको कारक भने रहँदैन।

हैजा रोग कति गम्भीर छ ?

हैजाका विरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामीहरू सामान्यतया दीर्घकालीन परिणाम विना नै निको हुन्छन्। हैजाका बिरामीहरू निको भइसकेपछि सामान्यतया हैजाको ब्याक्टेरियाको वाहक बन्दैनन्, तर फेरि सम्पर्कमा आएमा भने बिरामी हुन्छन्।

हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यान समेत लिन सक्छ। गम्भीर हैजा भएका व्यक्तिहरूमा गम्भीर निर्जलीकरण विकास हुनसक्छ, जसलाई यदि समयमै उपचार नगरिएमा, झट्का, कोमा र घण्टा भित्र बिरामीको मृत्यु हुन सक्छ। करिब १० मध्ये १ हैजाका बिरामीमा गम्भीर लक्षण विकास हुन्छ।

हैजा कसरी परीक्षण गर्ने ?

दिसाको नमूना वा रेक्टल स्वाब लिइन्छ र प्रयोगशालामा (दिसा कल्चर गरेर) भिब्रियो कोलेराको पहिचान गरिन्छ।

कसरी गरिन्छ हैजाको उपचार ?

पखालालाग्दा खेर गएको तरल पदार्थ र लवणलाई तत्काल प्रतिस्थापन गरेर हैजाको सरल र सफलतापूर्वक उपचार गर्न सकिन्छ। बिरामीहरूलाई ओरल रिहाइड्रेशन सोलुसन (ओआरएस), चिनी र नुनको पूर्व प्याकेज गरिएको मिश्रणलाई १ लिटर पानीमा मिसाएर पटकपटक गरी धेरै मात्रामा पिउने विधिद्वारा उपचार गरिन्छ। गम्भीर अवस्थामा नसामा तरल पदार्थ प्रतिस्थापन आवश्यक पर्दछ। तुरुन्त उपयुक्त तरलपदार्थ प्रतिस्थापन (रिहाइड्रेशन) गरिएमा हैजाका बिरामीहरूमध्ये एक प्रतिशतभन्दा कमको मृत्यु हुन्छ।

एन्टिबायोटिक्सले रोगको गम्भीरता घटाउँछ, तर यो रिहाइड्रेशन जत्तिकै महत्वपूर्ण भने हुँदैन। गम्भीर पखाला र बान्ता भएका हैजाका बिरामीहरूले तुरुन्त स्वास्थ्य संस्था गई चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्छ।

५ वर्ष मुनिका बच्चाहरूको लागि भने जिंकले एक महत्वपूर्ण सहायक थेरापीको काम गर्छ। यसले पखालाको अवधिलाई कम गराई तीव्र पखालाको अन्य कारणहरूलाई समेत रोक्न मद्दत गर्छ।

हैजा रोकथामका उपाय के–के हुन् ?

स्वच्छ, सफा, उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउने।

साबुनपानीले राम्ररी मिचीमिची हात धुने।

शौचालयमा मात्र दिसापिसाब गर्ने, खानेपानीको स्रोत वरिपरि दिसापिसाब नगर्ने।

खानेकुरा राम्ररी पकाएर मात्र खाने, काँचो खानेकुरा र सलाद राम्ररी सफा गरेर मात्र खाने।

भान्साकोठा र शौचालयको सरसफाइमा विशेष ध्यान दिने।

हैजाको बिरामीको दिसा उचित रूपमा व्यवस्थापन गर्ने र बिरामीको हेरचाह गर्ने व्यक्तिले आफ्नो शारीरिक सफाइमा विशेष ध्यान दिने।

हैजा कसरी नियन्त्रण गर्ने ?

हैजा नियन्त्रण गर्न र मृत्यु घटाउनको लागि बहुआयामिक दृष्टिकोण महत्वपूर्ण छ। यसका लागि निगरानी, स्वच्छ ​​पानी, सरसफाइ र स्वच्छता, सामाजिक परिचालन, उपचार र मौखिक हैजा खोपहरूको संयोजन प्रयोग गरिन्छ।

हाल तीनवटा डब्लुएचओ पूर्व-योग्य मौखिक हैजा खोपहरू (ओसीभी) उपलब्ध छन् (Dukoral®, Shanchol™, र Euvichol-Plus®)। तीनवटै खोपहरूलाई पूर्ण सुरक्षाको लागि दुई डोज दिइन्छ (डब्लुएचओ)। हैजाको प्रकोप नियन्त्रण गर्न र हैजाको उच्च जोखिम मानिने क्षेत्रहरूमा रोकथामका लागि पानी र सरसफाइमा सुधारको संयोजनमा ओरल हैजा खोपहरू प्रयोग गर्नुपर्छ। हैजा खोपले पूर्ण सुरक्षा प्रदान नगर्ने भएकाले खोपलाई कहिल्यै पनि मानक रोकथाम र नियन्त्रण उपायको रूपमा लिइनुहुँदैन (सीडीसी)।

एन्टिबायोटिकको प्रयोगलाई भने सिफारिस गरिएको छैन किनकि यसले हैजा फैलन नदिन कुनै भूमिका निर्वाह गर्दैन बरु एन्टिमाइक्रोबियल प्रतिरोध विकास गराउन सक्छ।

आर्थिक विकास, सुरक्षित पिउने पानी र पर्याप्त सरसफाइले मात्र हैजा नियन्त्रणको दीर्घकालीन समाधान सम्भव छ।

(कुँवर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागको मेडिकल माइक्रोबायोलोजीकी विद्यार्थी हुन्।)

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

Next Post
देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा

देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: