No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा

देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा

दमौली । तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ ।

संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा देवघाटधाम गण्डकी परिक्रमा गरिएको हो ।

विसं २०३८ मा सुरुवात गरिएको देवघाटधाम गण्डकी परिक्रमालाई निरन्तरता प्रदान गरी जीवन धन्य बनाउने उद्देश्यसहित परिक्रमा गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर), देवपुर (सांढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम) को परिक्रमा गरिएको छ ।

त्यस्तै चितवनतर्फ देवघाट बस पार्क (सङ्कल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर),नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर) को परिक्रमा गरिएको छ ।

नवलपुरतर्फ गैंडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, सुकदेव भागवत आश्रम, रमानुज वेद आश्रम, राधाकृष्ण मन्दिर, दिव्यधाम मन्दिरको परिक्रमा गरिएको समितिले जनाएको छ । देवघाट परिक्रमाअन्तर्गत सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली भगवतीको दर्शन, धार्मिक पर्यटनको प्रवर्द्धन, दुर्लभ देव नदीहरुको पुजन, धार्मिक नगरी नारायणगढको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा बैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने तथा मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

नेपाल–भारत जोड्ने १३३ किमि धार्मिक यात्रा सम्पन्न

नेपाल–भारत जोड्ने १३३ किमि धार्मिक यात्रा सम्पन्न

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

१३३ किलोमिटर यात्रा गर्दै परिक्रमा १८ गते जनकपुरधाम आइपुग्ने

१३३ किलोमिटर यात्रा गर्दै परिक्रमा १८ गते जनकपुरधाम आइपुग्ने

सिफल चौंरमा सांस्कृतिक कार्यक्रम आयोजना

सिफल चौंरमा सांस्कृतिक कार्यक्रम आयोजना

महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा भव्य शोभायात्रा, तयारी पूरा

महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा भव्य शोभायात्रा, तयारी पूरा

विद्या र बुद्धिको कामना गर्दै वसन्त पञ्चमी पर्व

विद्या र बुद्धिको कामना गर्दै वसन्त पञ्चमी पर्व

Next Post
राष्ट्रिय एकता अभियानद्वारा ह्वील चेयर वितरण

राष्ट्रिय एकता अभियानद्वारा ह्वील चेयर वितरण

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: