No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ ।

कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो ।

स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो ।

गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग मात्र पेयरिङ गर्न सकिनेछ । अर्थात् गुगलको स्मार्ट घडीलाई आइफोनसँग प्रयोग गर्न सकिनेछैन ।

पिक्सेल स्मार्टवाचमा फोर जी नेटवर्क चल्नेछ । यसको अर्थ फोन नजिक नराख्दा पनि यो स्मार्ट घडी सञ्चालन गर्न सकिनेछ । तर यसका लागि स्मार्टवाचमा पनि आफ्नै डाटा खपत जडान गर्नुपर्नेछ ।

गुगलका अनुसार पेयरिंग गरिएको फोन र पिक्सेल वाच एउटै नेटवर्कमा जडान भएका हुनुपर्नेछ ।

यो वर्ष सन् २०२२ को उत्तरार्धतिर बजारमा ल्याउने योजना बनाइएको पिक्सेल स्मार्टवाचको मूल्य गुगलले सार्वजनिक गरेको छैन । तथापि यो स्मार्टवाच प्रिमियम प्रडक्ट हुने गुगलको भनाइ छ ।

हालसम्म बजारमा गुगलको वेएर अपरेटिंग सिस्टमबाट चल्ने विभिन्न थर्ड पार्टी एन्ड्रोइड स्मार्टवाच उपलब्ध रहेपनि गुगलको आफ्नै स्मार्टवाच भने थिएन ।

त्यस्तैले गुगलले स्मार्ट घडीको बजारमा अग्रणी कम्पनीहरू एप्पल तथा सामसुङसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गुगलको डिभाइस तथा सर्भिस विभागका उपाध्यक्ष रिक ओस्टरलोहका अनुसार गुगलको वातावरण तथा फिटबिटको विशेषज्ञताले गुगल पिक्सेल वाचलाई अद्धितीय प्रडक्ट बनाएको छ ।

पिक्सेल वाचसँगै गुगलले दुई नयाँ पिक्सेल फोन पनि सार्वजनिक गरेको छ । जसमा सुपथ मूल्यको पिक्सेल सिक्स ए तथा प्रिमियम मूल्यको पिक्सेल सेभेन छन् । यी फोनकेा बिक्री आगामी जुलाइदेखि सुरु हुनेछ ।

त्यस्तै सन् २०२३ मा बजारमा पठाउने गरी नयाँ पिक्सेल ट्याब्लेट तथा ११ घण्टा ब्याट्री टिक्ने भनिएको पिक्सेल बड्स प्रो नामक एयर बड पनि गुगलले सार्वजनिक गरेको छ ।

बीबीसी

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

Next Post
F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम

F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: