No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कस्तो होला भविष्यको गेमिङ ?

कस्तो होला भविष्यको गेमिङ ?

काठमाडौं । कुनै समय गेम भन्नेबित्तिकै कुद्नुपर्ने खेल्न भन्ने बुझिन्थ्यो । समय परिवर्तन हुँदै गयो । कम्प्युटर बने । त्यसपछि कम्प्युटरका गेम बने । कम्प्युटर हुँदै कन्सोल र मोबाइलमा पनि गेम आउन थाले ।

यस्ता गेममा पछिल्लो केही वर्ष ह्वात्तै क्रेज बढेको छ । विशेषगरी मानिसले लकडाउनमा समय कटाउने माध्यम भिडिओ गेमलाई बनाए । फलतः यो अवधिमा भिडिओ गेमिङ इन्डस्ट्रीले राम्रै उपलब्धि हासिल गर्‍यो ।

याे इन्डस्ट्रीले २०२० मा करिब १७८ अर्ब डलर कमायो । २०२१ मा करिब १७६ अर्ब कमायो । दिनदिनै नयाँ प्रविधिको विकास हुँदा गेमिङ इन्डस्ट्रीले निकै फाइदा लिनसक्छ ।

अहिले उपलब्ध भएका चिजहरुलाई हेरेर पनि हामी गेमिङको भविष्य नियाल्न सक्छौं । त्यस्तै कुरालाई ध्यानमा राखेर आज हामी तपाईंलाई भविष्यको गेमिङ दुनियाँमा लाँदै छौं ।

१. भर्चुअल रियालिटी

भर्चुअल रियालिटी (भीआर) भनेको वास्तविक जस्तै देखिने कम्प्युटरबाट बनाइएको दुनियाँ हो । यसमा थ्रीडी वातावरण हुन्छ, जुन दुनियाँको मज्जा तपाईंले एउटा हेडसेट लगाएर लिनसक्नु हुन्छ ।

यसमा तपाईंलाई विभिन्न सेन्सर तथा उपकरणको प्रयोग गरेर वास्तविकताको जस्तै अनुभव दिइन्छ । भविष्यको गेमिङ भीआरमा हुनेछ । पब्जी, फ्री फायर जस्ता अन्य गेमहरु तपाईंले भीआरभित्र अनुभव गर्न पाउनुहुनेछ ।

भीआरभित्रको सुविधालाई प्रयोग गरेर तपाईं बक्सिङ कार रेस जस्ता अन्य गेम पनि खेल्नसक्नु हुनेछ । अहिले पनि यो टेक्नोलोजी केही प्रयोग भइरहेकाले भविष्यमा झनै धेरै प्रयोग हुने निश्चित छ ।

२. अगमेन्टेड रियालिटी

भविष्यमा अगमेन्टेड रियालिटीको पनि धेरै प्रयोग नै हुने निश्चित छ । अगमेन्टेड रियालिटी भनेको कुनै पनि वास्तविक दुनियाँमा कम्प्युटरबाट बनाइएको कुनै चिज तथा अवास्तविक वस्तुलाई राख्नु हो ।

अहिले यो पोकेमन गो जस्ता गेममा प्रयोग गरिएको छ । भविष्यमा हामीले यस्ता टन्नै गेम हाम्रो दुनियाँमा कम्प्युटराइज्ड चिजसँग खेल्न पाउने छौं । एआर र भीआरबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

३. आर्टिफिसियल इन्टेलिजेन्स

आर्टिफिसियल इन्टेलिजेन्स अहिले पनि धेरै गेममा प्रयोग भएका छन् । यसको सरल उदाहरणका लागि हामी चेस, लुडोलाई लिन सक्छौँ । कम्प्युटरमा चेस खेल्दा कति पटक त हामी हारेका पनि छौँ होला ।

यसरी कम्प्युटरसँग हार्नुको पछाडि हामी यसमा प्रयोग भएको एआईको हात छ । यो त उदाहरण मात्र भयो । अहिलेका अधिकांश गेममा पनि एआईको प्रयोग भएको छ ।

भविष्यमा यस्ता कयौं गेम बन्ने भएकाले गेम खेल्नेलाई अझै धेरै चुनौती हुने निश्चित छ ।

४. क्लाउड गेमिङ

भविष्यमा गेम खेल्न तपाईंलाई कुनै राम्रो डिभाइस तथा मोबाइल चाहिँदैन । सिधै तपाईंले सर्भरबाट गेम खेल्न सक्नुहुनेछ । न राम्रो प्रोसेसर भएको डिभाइस चाहिने, न त मोबाइलमा मेमोरीको नै झन्झट हुने ।

त्यसैले क्लाउड गेमिङ भविष्यमा झनै लोकप्रिय हुने देखिन्छ । यसको अर्को फाइदा भनेको क्लाउड गेमिङमा तपाईंले कम्प्युटरको गेम पनि आफ्नो पुरानो मोबाइलमा खेल्न सक्नुहुनेछ ।

यसको एउटा बेफाइदा भनेको यसलाई धेरै स्पिड भएको इन्टरनेट आवश्यक पर्छ । तर पनि संसारभर विस्तार भइरहेको फाइभजीले यसको बाटो सहज बनाउने अनुमान गरिएकाे छ छ ।

क्लाउड गेमिङको सोच धेरै पहिले आएको थियो । तर यसलाई स्लो इन्टरनेटका कारण प्रयोगमा भने ल्याउन सकिएको थिएन ।

५. मेटाभर्स

मेटाभर्स भनेको इन्टरनेटको अर्को दुनियाँ हो, जहाँ तपाईंले आफ्नो अवास्तविक संसार बनाउन सक्नुहुनेछ । मेटाभर्समा तपाईंले आफ्नो अवतार बनाएर भर्चुअल रूपमा अरुलाई भेट्न, घर बनाउन सबै गर्न सक्नुहुनेछ ।

वास्तविक दुनियाँमा पुरा हुन नसकेका आफ्ना सपनालाई त्यहाँ पुरा गर्न सक्नुहुनेछ ।

अब कुरा गरौं, मेटाभर्समा गेम कसरी खेल्न सकिन्छ त ? मेटाभर्समा वास्तविक संसारको जस्तै गरी गेम खेल्न सक्नुहुनेछ । टेवल टेनिस, चेस, ब्याडमिन्टन जस्ता गेमका साथै क्रिकेट फुटबल र बक्सिङ जस्ता गेमको आनन्द पनि यहीँबाट उठाउन सक्नुहुनेछ ।

यसमा पनि भीआर टेक्नोलोजीसँग सँगै वास्तविक जस्तै अनुभव दिन केही सेन्सरको पनि प्रयोग गरिएको हुन्छ । मेटाभर्सका बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #सूचना-प्रविधि
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

Next Post
औपचारिक रुपमा सुरु भयो ‘नेपालपे क्यूआर’, के के छन् विशेषता ?

औपचारिक रुपमा सुरु भयो ‘नेपालपे क्यूआर’, के के छन् विशेषता ?

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: