No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

काठमाडौं । आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ ।

किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर सहितको भिडियो सेल्फी फिचर ल्याएको हो ।

इन्स्टाग्राममा खाता खोल्नका लागि १३ वर्षभन्दा धेरै उमेरको हुनुपर्दछ । तर त्यो भन्दा पनि कम उमेरका बालबालिका र किशोर किशोरीहरुले आफ्नो जन्ममिति गलत हालेर आफ्नो उमेर १८ वर्षभन्दा धेरै रहेको विवरण पेश गरी इन्स्टाग्राममा अकाउन्ट खोल्ने गरेका छन् ।

तर अब यसरी खाता खोल्न चाहने अमेरिकी किशोर किशोरीहरुले आफ्नो उमेर प्रमाणित गर्नका लागि थप मिहिनेत गर्नुपर्ने भएको छ । त्यसका लागि उनीहरुलाई तीनवटा विकल्प दिइएको छ । पहिलो, उनीहरुले आफ्नो कुनै परिचयपत्र अपलोड गर्नुपर्नेछ । त्यसको साटो अन्य तीनजना प्रौढ इन्स्टाग्राम प्रयोगकर्ताले सिफारिस गर्न पनि सकिनेछ । साथै उनीहरुले आफ्नो भिडियो सेल्फी पेश गरेर समेत उमेर प्रमाणित गराउन सक्दछन् ।

इन्स्टाग्रामले हाल अमेरिकामा मात्र यो फिचर सुरु गरेको छ । यो फिचर लागू भएसागै किशोर किशोरीहरुले इन्स्टाग्राममा आफ्नो उमेरसँग मिल्दा उपयुक्त सामाग्रीहरु हेर्न पाउनेछन् ।

इन्स्टाग्रामको प्लाटफर्ममा किशोरावस्था तथा बालबालिकाहरुको सुरक्षालाई लिएर आलोचना खेपिरहेको बेला इन्स्टाग्रामले उमेर प्रमाणिकरण गर्ने नयाँ फिचर सुरु गरेको हो ।

स्मरण रहोस् प्रयोगकर्ताको उमेर तथा पहिचान प्रमाणित गर्नका लागि भिडियो सेल्फी पछिल्लो समय अनलाइन बैंकिङ एप लगायतका डिजिटल प्लाटफर्महरुमा लोकप्रिय विधि बन्दै गएको छ ।

इन्स्टाग्रामले पनि अकाउन्ट लक भएको बेला आफ्नो पहिचान प्रमाणिकरण गरी अकाउन्ट फुकुवा गर्नका लागि भिडियो सेल्फी पेश गर्ने फिचर यसअघि नै सुरु गरिसकेको थियो । जुन अहिले किशोर किशोरीको उमेर प्रमाणिकरणका लागि समेत प्रयोग हुँदैछ । य

सका लागि इन्स्टाग्रामले मानिसको अनुहारको विश्लेषण गरेर उमेर पत्ता लगाउने प्रविधिको विकास गरेको बेलायती डिजिटल पहिचान प्रदायक कम्पनी योटीसँग सहकार्य गरेको छ ।

–बीबीसीबाट

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

चन्द्र र मङ्गल अभियानसँगै पेटेन्ट कानुनमाथि प्रश्न

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

अमेरिकामा चिन्ता, एनभिडियाको एआई सहयोगबाट चीनले सैन्य प्रयोजनमा प्रयोग गर्ने आशंका

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

Next Post
नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: