No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म


नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ ।

प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लाग्नुअघि उनले भारतका लागि ३९ टेष्ट र १३० ओडीआई क्रिकेट खेलेका थिए ।

यस्तै सन् २०११ मा रणजी ट्रफीका लागि दिल्लीको प्रशिक्षक रहेका उनले खेलाडी र छनोटकर्ताको आलोचना गरेका थिए । त्यसपछि उनी रणाजी ट्रफी सुरु हुनु दुई दिनअघि बर्खास्तीमा परेका थिए ।

उनी २००८ बलिङ कोच रहेका बेला दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०१५ मा अफगानिस्तानको बलिङ कोच रहेका उनले २०१६ को टी-२० विश्वकपमा पनि प्रशिक्षण दिए । अफगानिस्तानको प्रशिक्षकबाट हटेको ७ वर्षपछि उनले नेपाली टिमलाई प्रशिक्षण दिने मौका पाएका हुन् ।

प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु ।’

क्यानले प्रभाकरलाई करिब १५ हजार डलरमा अनुबन्ध गरेको हो । यसअघि पुबुदलाई १२ हजार डलर पारिश्रमिक दिएको क्यानले खोजेको जस्तो राम्रो र अनुभवी प्रशिक्षक पाएमा राम्रो पारिश्रमिक दिने बताएको थियो ।

छिमेकी भारतको उत्तर प्रदेशका प्रभाकर आफ्नो समयमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ दुवै गर्न सक्ने खुवीका खेलाडी थिए ।

केन्या भ्रमणका लागि छिट्टै टिम घोषणा गरिने

प्रशिक्षक नियुक्त भएपछि अब छिटै टिम घोषणा हुने क्यानले जनाएको छ । क्यान सचिव प्रशान्त मल्लले केही दिन भित्रै प्रशिक्षक प्रभाकर नेपाल आउने जानकारी दिए । साथै उनले टिम पनि छिटै घोषणा हुने बताए ।

‘अब प्रशिक्षक केही दिनमा आइपुग्नुहुन्छ । अनि प्रशिक्षण पनि सुरु हुन्छ । टिम पनि चाँडै घोषणा हुन्छ’, मल्लले  भने । केन्या क्रिकेटको प्रस्तावमा हुने केन्या भ्रमण प्रभाकरको नेपालको मुख्य प्रशिक्षकका रुपमा पहिलो सिरिज हुने छ ।

केन्या भ्रमणको बन्दोवस्त मिलाउन क्रिकेट केन्याका अध्यक्ष मनोज पटेल केही दिनअघि नेपालमै आएका थिए । नेपालले अगष्ट अन्त्यमा केन्या भ्रमण गर्ने लगभग पक्का छ । त्यसको निर्णय पनि केही दिनमा सार्वजनिक हुने सचिव मल्लले जानकारी दिए ।

क्यानका अनुसार नेपालले केन्यासँग पाँच टी-२० आई म्याच खेल्नेछ । तीनवटा ५० ओभरको अभ्यास खेल समेत खेल्नेछ । नेपालको केन्या भ्रमणको सबै खर्च क्रिकेट केन्याले नै बेहोर्ने मनोज पटेलले बताइसकेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख दिने

टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख दिने

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

Next Post
सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: