No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

राष्ट्रिय प्रतियोगिता नै नखेलेका खेलाडी जुनियर विश्व च्याम्पियनसिपमा पठाइँदै


राष्ट्रिय प्रतियोगिता नै नखेलेका खेलाडी जुनियर विश्व च्याम्पियनसिपमा पठाइँदै

काठमाडौं । नेपाल एथलेटिक्स संघले अहिलेसम्म एउटै राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीलाई जुनियर विश्व च्याम्पियनसिपमा पठाउने भएको छ ।

प्रारम्भिक सूचीमा नाम दर्ता गरिएका जुनियर एसियन च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई हटाएर दुवईमा बस्दै आएकी रेश्मा सुवेदीलाई साउन १६ देखि २१ सम्म कोलम्बियामा हुने एथलेटिक्स जुनियर विश्व च्याम्पियनसिपमा पठाउने निर्णय भएको हो ।

विश्व च्याम्पियनसिपका लागि प्रारम्भिक सूचीमा एक पुरुष र एक महिला खेलाडीको नाम दर्ता भएको एउटामात्र कोटा पाएकाले प्रदर्शनका आधारमा रेश्मालाई पठाउन लागिएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले जानकारी दिएका छन् । संघले विश्व च्याम्यिनसिपमा खेलाडी पठाउन छनोट प्रतियोगिता आयोजना गरेन ।

सन् २०१८ मा हङकङमा भएको जुनियर एसियन च्याम्पियनसिपमा ३ हजार मिटरतर्फ ऐतिहासिक स्वर्ण जितेका अजितले विश्व च्याम्पियनसिपमा पनि सोही स्पर्धामा तयारी गरिरहेका थिए । उनका प्रशिक्षक धनीराम चौधरीका अनुसार संघले पनि अजितलाई नै पठाउने तयारी गरेको थियो ।

असार दोस्रो साता काठमाडौंमै आयोजित ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सिनियरतर्फ १५ सय मिटर दौडमा स्वर्ण जित्न नसकेपछि सोही दिन संघका अध्यक्ष शाहले विश्व च्याम्पियनसिपमा अर्कै खेलाडीलाई पठाउन लागेको जानकारी दिएको धनीरामले बताए ।

‘उहाँले पछिल्लो समय अजितको प्रदर्शन खस्किँदै गएकाले विश्व च्याम्पियनसिपमा नपठाउने भन्नुभयो,’ प्रशिक्षक चौधरीले भने, ‘तर, जुनियर खेलाडीले सिनियरसँग प्रतिस्पर्धा गरेर आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेको छ भने प्रदर्शन खस्किएको भन्न मिल्दैन ।’

१९ वर्षीय अजितले हङकङमा ऐतिहासिक स्वर्ण जित्दा ८ मिनेट ३० सेकेण्डको टाइमिङ निकालेका थिए । त्यसयता हेपाटाइटिस ‘बी’ संक्रमण भएपछि उनले दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाउनुपरेको थियो ।

रोगबाट माथि उठेर उनले सन् २०२१ मा केन्यामा भएको विश्व जुनियर च्याम्पियनसिपमा सहभागिता जनाए । जुनियरतर्फ आफूले खेल्न पाउने अन्तिम प्रतियोगिताका लागि उनी राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित तयारी गरिरहेका थिए ।

जुनियर विश्व च्याम्पियनसिपको छनोट टाइमिङबाट अजितको व्यक्तिगत उत्कृष्ठ प्रदर्शन १५ सेकेण्डले मात्रै पछि छ । ३ हजार मिटरमा यसपल्ट छनोट टाइमिङ ८ मिनेट १५ सेकेण्ड निर्धारण गरिएको छ ।

यसपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेकी रेश्माले अहिलेसम्म संघले आयोजना गरेको राष्ट्रय प्रतियोगिता खेलेकी छैनन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला एथलेटिक्स संघले २०७७ फागुन २९ गते आयोजना गरेको गोल्डेन एथलेटिक्स मिटमा प्रतिस्पर्धा गरेकी उनी जुनियरतर्फ उत्कृष्ट खेलाडी बनेकी थिइन् ।

रेश्माले कोलम्बियामा १०० मिटर स्पर्धामा सहभागिता जनाउँदैछिन् । गोल्डेन एथलेटिक्समा रेश्माले १०० मिटरतर्फ १२.३९ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

‘एथलेटिक्स संघले जहिले पनि मध्यम र लामो दूरीलाई मात्र प्राथमिकता दियो भन्ने आरोप हामीले सुनेका छौं । यसपल्ट स्प्रिन्टलाई पनि अवसर दिन लागेका हौं,’ संघका अध्यक्ष शाहले भने, ‘नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रदर्शन छनोट टाइमिङसँग नजिक पनि छ ।

अध्यक्ष शाहका अनुसार रेश्माले अहिले १२.१० सेकेण्डको टाइमिङमा दौडिरहेकी छन् । यो स्पर्धाको छनोट टाइमिङ ११.९० सेकेण्ड छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख दिने

टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख दिने

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

Next Post
लोकसेवा तयारी कक्षाको नाममा लाखौं अनियमितता

लोकसेवा तयारी कक्षाको नाममा लाखौं अनियमितता

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: