No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

काठमाडौं । झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ ।

यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी  फ्लाईको संक्रमण के हो ? यो कत्तिको घातक छ ? लगायतका विषयमा मेची अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. केशव ढकालसँग गरिएको कुराकानी :

नाइरोबी फ्लाई भनेको के हो ?

नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेंलो धर्सा भएको किरा । यो किरा मनसुनमा धेरै ‘एक्टिभ’ हुन्छ । पानी परेपछि धेरै आउँछ । लाइटमा किराको आकर्षण देखिन्छ । यो किराको सम्पर्कमा आएर यसको रस शरीरमा पर्‍यो भने एलर्जी हुने गर्छ । यो एलर्जी किराको टोकाइले नभएर किरा माड्दा निस्कने रस छालामा लाग्यो भने हुने गर्छ । यसै किराको सम्पर्कबाट हुने एलर्जी भएकाले यो एलर्जीलाई पनि नाइरोबी फ्लाइ भनिएको हो ।

यसको एलर्जी कसरी हुन्छ ?

नाइरोबी फ्लाई नामक किराको रसबाट यो एलर्जी हुने गर्छ । यदि कतैबाट यो किरा हाम्रो शरीरमा आइपुग्यो र त्यसलाई हटाउन त्यसलाई माड्यौं वा गल्तीले मर्‍यो भने त्यसको रस हाम्रो शरीरमा लाग्छ र त्यसबाट एलर्जी हुन्छ ।

नाइरोबी फ्लाई किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपवा रसका कारण पनि हुन्छ ।

यो कत्तिको घातक छ ?

यो एलर्जी यो वर्ष मात्र देखिएको नयाँ समस्या होइन । हरेक वर्षायाममा यो समस्या देखिने गर्थ्यो । तर यो वर्ष एलर्जी हुनेको संख्या अलि बढी र सामाजिक सञ्जालको माध्यमबाट यसबारे विभिन्न कुरा बाहिर आएको हुनाले यो समस्या भयानक समस्या जस्तो लागेको हो । यो डरलाग्दो र भयानक रोग भने होइन ।

यसका लक्षण के के देखिन्छन् ?

यो एलर्जी भएको व्यक्तिमा जनैखटिराजस्तो फोका आउने, त्यो फोकामा पानी भरिने, छाला रातो हुने, पोल्ने, रातो डाबर तथा बिमिरा आउने र रातो धर्सेखालको एलर्जी हुने जस्ता लक्षण देखा पर्छन् । लक्षण १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन २ हप्तासम्म लाग्छ र आफैं निको भएर जान्छ ।

यसबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ ?

यो किरा देखिने बित्तिकै त्यसलाई हातले नछोई कागज वा अरू चिजले हटाएर छोइएको ठाउँमा पानीले सफासँग पखाल्नुपर्छ । बाहिर निस्कँदा फुल बाहुला भएको लुगा लगाउजुपर्छ भने सुत्दा झुल लगाएर सुत्नुपर्छ । सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्नुपर्छ । घर वरपर फोहोर हुन दिनुहुँदैन र घर वरपरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यसको उपचारबारे पनि बताइदिनुस् न ?

किराले एलर्जी गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्छ । एलर्जी भइसकेको छ र धेरै पोलेको छ भने चिसो आइसले सेक्नुपर्छ । १४ देखि १५ दिनमा घाउ आफैं सुकेर जान्छ । धेरै नै दुखेको तथा पोलेको छ भने नजिकको अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?

डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

Next Post
गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: