No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा


बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

काठमाडौं । आजको दौडधुपको जीवनमा प्रायः हरेक महिलाको मनमा सम्बन्ध र यौनसम्पर्कलाई लिएर धेरै प्रश्न र शंकाहरू हुन्छन् । एक ३५ वर्षीय भारतीय-अमेरिकी महिलाले आफ्नो उमेर जतिसुकै भए पनि आफ्नो मूल्य र मान्यतामा सम्बन्धमा अगाडि बढ्ने निर्णय गरेकी छिन् । वन नाइट स्ट्यान्डजस्ता विचारले उनलाई डर लाग्ने उनी बताउँछन् ।

उनी भन्छिन् कि फ्रेण्ड्स विथ बेनिफिट र नो स्ट्रिङ अट्याच रिलेसनशिप मेरो लागि होइन। म मेरो जीवन साथी खोज्दै छु। भारतको परम्परागत मूल्य मान्यता अपनाउन पाउँदा खुसी लागेको उनी बताउँछिन् ।उनले भनिन् ‘भारत मेरो आमाबाबु हुर्केको देश हो। भारतमा विवाहअघिको यौनसम्पर्क अझै पनि निषेधित छ ।’

उनी भन्छिन्, ‘जब म हुर्किँदै थिएँ, मेरा आमाबुवाले कहिल्यै सेक्सको बारेमा कुरा गर्नुभएन । म र मेरी बहिनी सन् १९९० को दशकमा बलिउड चलचित्र हेर्थ्यौं । मैले रटगर्स युनिभर्सिटीबाट स्नातक गरें। त्यतिबेला म आफ्नो परिवारसँग बस्थेँ । मेरो बुबाले सोध्नुहुन्थ्यो, कलेज क्याम्पसमा के हुन्छ। के बच्चाहरू एकअर्कासँग सुत्छन्?’

इनसाइडरको रिपोर्टअनुसार युवती भन्छिन्, सन् २००९ मा म ग्रेजुएशन गरिरहेकी थिएँ, कलेजबाट घर आउँदा उहाँले मलाई मेरो विवाहको योजना सुनाउनुहुन्थ्यो । म मात्र २३ वर्षको थिएँ र सोच्थें, तपाइँले मलाई कहिल्यै केटा साथी बनाउन दिनुभएन । उहाँले भन्नुहुन्थ्यो, म तिम्रो लागि कसैलाई खोज्छु। त्यहाँ सबै प्रकारका भारतीय वैवाहिक वेबसाइटहरू छन्। मैले जवाफमा अस्वीकार गर्थे”।

उनी भन्छिन्, मेरो बुबाले मेरो डेटिङ वेबसाइटको प्रोफाइलमा म भारतीय मूलको हुँ भनेर लेख्न चाहनुहुन्थ्यो। मेरो बुबाले मेरो लागि गहिरो भारतीय मूल्यमान्यता भएको व्यक्तिलाई अमेरिकामा भेट्टाउने निर्णय गर्नुभयो। उहाँले मलाई न्यु जर्सीमा हाम्रो घरमा डाक्टर र वकिलहरूसँग परिचय गराउन खोज्नुभयो तर मैले उनीलाई कहिल्यै भेटिन। मेरो लागि श्रीमान छनोट गर्ने विषयमा मलाई मेरो बुबामाथि विश्वास थिएन। उहाँ आफूजस्तै व्यक्ति छान्न चाहनुहुन्थ्यो । मेरो बुबाको विवाह अरेन्ज थियो र यो धेरै चुनौतीपूर्ण थियो।

उनले भनिन्, म मेरो प्रोफाइल बंगालमेट्रिमोनीजस्ता साइटमा पोस्ट गर्न चाहन्न। मलाई थाहा थियो कि त्यसो गर्नु दबाब हुनेछ, त्यसपछि पक्कै पनि म त्यो व्यक्तिको लागि केहि महसुस गर्दिन। उनले भनिन्, ‘मैले २४ देखि २९ वर्षको उमेरसम्म वालस्ट्रिटमा काम गरेँ । केटाहरू मप्रति आकर्षित भए तर मलाई ती पुरुषहरूको एउटै चाहना मलाई ओछ्यानमा लैजाने हो जस्तो लाग्यो। यदि तिनीहरूले मलाई सेक्सको लागि मात्र प्रयोग गरेर टाढा हुन्थे भने, म धेरै अपमानित महसुस गर्ने थिएँ।

उनी भन्छिन्, ‘मैले २६ वर्षको हुँदा पहिलो पटक किस गरेँ र त्यो अनुभूति अचम्मको थियो । तर पछि कुरा अघि बढ्न सकेन । मलाई लाग्छ कि मेरो आदर्शका कारण रोमान्स कहिल्यै अगाडि बढेन। मैले चार वर्षअघि अर्को मान्छेलाई भेटें। मलाई त्यो धेरै मन पर्यो। एक रात हामी होटेलको बारमा रक्सी खाइरहेका थियौं र उसले रातको लागि कोठा भाडामा लिन चाहेको थियो।

मैले उसलाई भने कि यो मेरो पहिलो सेक्सको अनुभव हुनेछ। त्यसमा उसले भन्यो, ‘तिमीलाई यस्तो मान्छे चाहियो जो सधैँ तिम्रो साथमा रहोस् तर म तिम्रो साथमा हुन सक्दिनँ । त्यसपछि उसले मेरो कल वा मेसेजको जवाफ दिएन। यसले मेरो सिद्धान्तलाई अझ बलियो बनायो कि म कसैसँग सेक्स गर्न सक्दिन जो अचानक मबाट टाढिन्छ ।

‘मैले मेरो जीवनमा डेट गरेका सबै नौ जना मूर्ख निस्किए’, उनले भनिन् । २०१७ मा, म लस एन्जलसमा सरें, जहाँ मैले इक्विनोक्स जिममा फ्रन्ट डेस्क प्रबन्धकको रूपमा काम गरें। मैले आफैंलाई भने, अब धेरै भयो, म मेरो कामलाई मात्र माया गर्नेछु।

उनी भन्छिन्, ‘मैले जीवनमा नौ जनासँग डेट गरें । मेरो रूप देखेर मलाई सम्पर्क गर्थे तर जब म मेरो मूल्यको बारेमा बताउँथे तब उनीहरु गायब हुन्थे । यी मध्ये तीन जनाले मलाई प्रस्ताव गरे किनभने उनीहरूलाई अमेरिकामा काम गर्न भिसा चाहिन्थ्यो। मलाई यो धेरै हास्यास्पद लाग्यो। यो मेरो लागि स्ट्यान्डअप कमेडी सामग्री जस्तै थियो।

म जनवरीदेखि स्ट्यान्डअप कमेडी गर्दैछु। म आफैंमा पनि हाँस्छु किनकि म मिलेनियल हुँ र भर्जिन हुँ। म मजाकमा भन्छु कि भारतमा एउटा भनाइ छ कि तपाइँको नाच्ने तरिकाले तपाइँ कसरी प्रेममा पर्नुहुनेछ भनेर देखाउँदछ। म एक राम्रो नर्तक हुँ, त्यसैले म मायाको मामिलामा अद्भुत हुनेछु।

उनी भन्छिन् कि मलाई पनि साथी चाहिन्छ। एक्लोपनमा रुन्छु । विगत एक दशकदेखि म मेरो हरेक जन्मदिन एक्लै मनाउँदै आएको छु । मलाई कहिले काहिँ सोच्छु कि यदि मेरो कहिल्यै बिहे भएन भने के होला किनकी पुरुषहरु मेरो मूल्यमान्यताका कारण मबाट टाढा रहन्छन् । जब म हुर्कदै थिएँ, भर्जिनिटीलाई सद्गुण मानिन्थ्यो ।

उनी भन्छिन्, ‘मैले अहिलेसम्म बिहे गरेको छैन र यो बुवाको लागि लाजमर्दो कुरा हो । हाम्रो परिवार यस वर्ष मार्चमा दिल्लीमा मेरी हजुरआमाको अन्त्येष्टिमा सँगै थियो। त्यतिबेला मेरो बुवाले सबैलाई झुटो बोल्नुभयो कि मैले अमेरिकामा बिहे गरेको छु ।’ उनी भन्छिन्, ‘मजस्ता मानिसको खिल्ली उडाइन्छ तर समाजको दबाबसामु आत्मसमर्पण नगर्न युवा केटी र केटाहरूलाई प्रेरणा दिन चाहन्छु । from : dcnepal

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?

डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

Next Post
सिरहा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम सिफारिस

सिरहा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम सिफारिस

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: