No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !


नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

काठमाडौं । काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो ।

सामान्य कुराकानीपछि सुमन र कल्पना सामाजिक सञ्जालमा पनि जोडिए । कुराकानी बाक्लिँदै जाँदा उनीहरुले खाजा खाजा एक होटलमा भेट्ने भए । ‘खाजा खान भेट्ने भएपछि सामान्य सोचेर गएको थिएँ’ सुमनले प्रहरी कहाँ बयान दिएका छन्, ‘खाजा खान थालेको केही समयपछि उहाँले टाउको दुख्यो, रेष्ट गर्नुपर्‍यो भन्नुभयो ।’

सुमनका अनुसार त्यति भनेर कल्पना रिसेप्सनमा चाबी मागेर होटलको एक कोठामा गइन् । सुमन पानीको बोतल लिएर पछि लागे । ‘पाँच मिनेटमै उहाँ बाहिर निस्किएर हिँड्नुभयो र मलाई जबरजस्ती गरेको आरोप लगाउनुभयो’ उनले भनेका छन् । त्यसपछि कल्पनाका श्रीमान् कृष्णहरि खड्काले पनि उनलाई भेटेर धम्क्याउन थाले । प्रहरी कहाँ जाने भन्दै बारम्बार धम्की दिन थालेपछि उनी आत्तिए, आफ्नो इजजत जाने भन्दै श्रीमान श्रीमतीलाई अनुनय विनय गर्न थाले ।

आफूले केही नगरेको भन्दै उनले कल्पनाका श्रीमान्लाई पनि सम्झाउन खोजे । तर उनी मानेनन् । अन्तिममा ३५ लाख रुपैयाँ दिने भए उजुरी नहाल्ने कल्पनाले बताइन् ।
त्यति रकम जुटाउन पनि सुमनलाई सहज थिएन । नजिकका साथीसँग सल्लाह गरिरहेका थिए । त्यहिबीचमा प्रहरी कार्यालयबाट अपराध अनुसन्धानको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दै सिन्धुलीका २८ वर्षीय सञ्जय कार्कीको उनलाई फोन आयो ।

तपाईंविरुद्ध बलात्कारको उजुरी परेको छ’ भन्दै प्रहरीको फोन आएपछि उनी आत्तिए । पीडितसँग कुरा मिलाउने भए चाँडै गर्न नभए संवेदनशील घटनाले मुद्दा छिटो चलाउनुपर्ने भन्दै उनले अल्टिमेटम दिन थाले ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले आफू तीन दिनपछि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जान लागेको भन्दै उनले छिटो टुंगाउन ताकेता गरेका थिए । ‘पीडितलाई फोन गरेर अस्ति कार्यालयमा आउनु भएको थियो, जाहेरी छाड्नुभयो फेरि आउनु भएन त भन्दै उनले फोन गरेका रहेछन्’ ती अधिकृतले भने, ‘आउनु भएन भने मुद्दा अघि बढ्छ, अनुसन्धानको प्रक्रियामा मेडिकललगायतका काम गर्नुपर्छ, दुईजना मान्छे लिएर तुरुन्त चौकी आउनुस् भन्दै हप्काएका रहेछन् ।’

यो फोनको रेकर्डसामाजिक सञ्जालमार्फत सुमनलाई पठाइएको थियो । ‘प्रहरीले झैँ हप्काएर फोन गरेको अडियो पठाएपछि सुमनले अविश्वास गर्ने ठाउँ थिएन’ ती अधिकृत भन्छन्, ‘तर धेरै नै प्रयोग गर्दा पनि सुमनले त्यति पैसा जुटाउन सकेनन्, त्यसपछि एकजना आफन्तको सुझाव अनुसार उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा घटना बताए ।’

त्यसक्रममा प्रहरी निरीक्षक भन्दै फोन गर्ने सञ्जय कार्कीबारे प्रहरीले छानबिन गर्दा उनी प्रहरी नै नभएको खुल्यो । त्यति मात्र होइन, नक्कली पीडित बनेर हनी ट्रयापमा पार्ने कल्पना र उनका पति खड्काको कर्तुतबारे पनि प्रहरी थाहा पायो ।

त्यसपछि प्रहरीले उनीहरुलाई पैसा दिने बहानामा छद्म भेषमा अपरेशन चलाएर कल्पना, नक्कली प्रहरी निरीक्षक कार्की र उनका श्रीमान् खड्कालाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध अपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट म्याद थप गरिएको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: