No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

प्रत्यक्ष निर्वाचन परिणाम सार्वजनिक, अधिकांश क्षेत्रमा नयाँ अनुहार विजयी

प्रत्यक्ष निर्वाचन परिणाम सार्वजनिक, अधिकांश क्षेत्रमा नयाँ अनुहार विजयी

काठमाडौं। मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन्।

सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन्। यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन्।

प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ। एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अधिकांश नयाँ अनुहार जितेको रास्वापाबाट झापा निर्वाचन क्षेत्र नं १ बाट निशा डाँगी, क्षेत्र नं २ बाट इन्दिरा राना मगर, क्षेत्र नं ३ बाट प्रकाश पाठक, क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं ५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन्। मोरङ क्षेत्र नं १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं २ बाट कृष्णकुमार कार्की, क्षेत्र नं ३ बाट गणेश कार्की, क्षेत्र नं ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं ५ बाट आशा झा र क्षेत्र नं ६ बाट रुबिना आचार्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

सुनसरी निर्वाचन क्षेत्र नं २ बाट लालविक्रम थापा, क्षेत्र नं ३ बाट अशोककुमार चौधरी, क्षेत्र नं ४ बाट दीपककुमार साह, ओखलढुङ्गा क्षेत्र नं १ विश्वराज पोखरेल, उदयपुर क्षेत्र नं १ बाट पारशमणि गेलाल र क्षेत्र नं २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन्।

सप्तरी क्षेत्र नं १ बाट पुष्पाकुमारी चौधरी, क्षेत्र नं २ बाट रामजी यादव, क्षेत्र नं ३ बाट अमरकान्त चौधरी र क्षेत्र नं ४ बाट सीताराम साह, सिराहा क्षेत्र नं १ बाट बब्लु गुप्ता, क्षेत्र नं २ बाट शिवशङ्कर यादव, क्षेत्र नं ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं ४ बाट तपेश्वर यादव निर्वाचित भएका छन्।

धनुषा क्षेत्र नं २ बाट रामविनोद यादव, क्षेत्र नं ३ बाट मनिष झा र क्षेत्र नं ४ बाट राजकिशोर महतो, महोत्तरी क्षेत्र नं १ बाट प्रमोदकुमार महतो, क्षेत्र नं २ बाट दीपकुमार साह, क्षेत्र नं ३ बाट उज्ज्वलकुमार झा र क्षेत्र नं ४ बाट गौरीकुमारी विजयी भए ।

सर्लाही क्षेत्र नं १ मा नितिमा भण्डारी (कार्की), क्षेत्र नं २ मा रविन महतो, क्षेत्र नं ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट क्षेत्र नं १ मा राजेशकुमार चौधरी, क्षेत्र नं ३ मा रवीन्द्र पटेल र क्षेत्र नं ४ मा गणेश पौडेल निर्वाचित भएका छन्।

सोही पार्टीबाट बारा क्षेत्र नं १ बाट गणेश धिमाल, क्षेत्र नं २ बाट चन्दनकुमार सिंह, क्षेत्र नं ३ बाट अरबिन्द साह र क्षेत्र नं ४ बाट रहबर अन्सारी, पर्सा क्षेत्र नं १ बाट बुद्धिप्रसाद पन्त, क्षेत्र नं २ बाट सुशीलकुमार कानु, क्षेत्र नं ३ बाट रामाकान्तप्रसाद चौरसिया र क्षेत्र नं ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका छन्।

दोलखा क्षेत्र नं १ बाट जगदीश खरेल, रामेछाप निर्वाचन क्षेत्र नं १ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली क्षेत्र नं १ बाट धनेन्द्र कार्की र क्षेत्र नं २ बाट आशिष गजुरेल, धादिङ क्षेत्र नं १ बाट आशिका तामाङ र क्षेत्र नं २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट क्षेत्र नं १ बाट विक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट अचुत्तम लामिछाने निर्वाचित भएका छन्।

रास्वपाबाटै काठमाडौँ क्षेत्र नं १ बाट रन्जु न्यौपाने, क्षेत्र नं २ बाट सुनिल केसी, क्षेत्र नं ३ बाट राजुनाथ पाण्डे, क्षेत्र नं ४ बाट पुकार बम, क्षेत्र नं ५ बाट सस्मित पोखरेल, क्षेत्र नं ६ बाट शिशिर खनाल, क्षेत्र नं ७ बाट गणेश पराजुली, क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, क्षेत्र नं ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नं १० बाट प्रदीप विष्ट, भक्तपुर क्षेत्र नं १ बाट रुकेश रन्जित र क्षेत्र नं २ बाट राजीव खत्री, ललितपुर क्षेत्र नं १ बाट बुद्धरत्न महर्जन, क्षेत्र नं २ बाट जगदीश खरेल र क्षेत्र नं ३ बाट तोसिमा कार्की विजयी भएका छन्।

काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट मधुकुमार चौलागाई र क्षेत्र नं २ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भरतप्रसाद पराजुली, मकवानपुर क्षेत्र नं १ बाट प्रकाश गौतम र क्षेत्र नं २ बाट प्रशान्त उप्रेती, चितवन क्षेत्र नं १ बाट हरि ढकाल, क्षेत्र नं २ बाट रवि लामिछाने र क्षेत्र नं ३ बाट सोविता गौतम निर्वाचित भएका छन्।

गोरखा क्षेत्र नं १ मा सुधन गुरुङ र क्षेत्र नं २ मा कविन्द्र बुर्लाकोटी, लमजुङ क्षेत्र नं १ मा धर्मराज केसी, कास्की क्षेत्र नं १ मा खडकराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङ, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र क्षेत्र नं २ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन्।

सोही पार्टीबाट स्याङ्जा क्षेत्र नं १ मा धनन्जय रेग्मी, क्षेत्र नं २ मा झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ मा राजन गौतम, क्षेत्र नं २ मा मनिष खनाल, बागलुङ क्षेत्र नं १ मा सुशील खड्का र क्षेत्र नं २ मा सोम शर्मा तथा पर्वत क्षेत्र नं १ मा सागर भुसाल विजयी भएका छन्।

गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नं २ मा गोविन्द पन्थी, पाल्पा क्षेत्र नं २ मा माधवबहादुर थापा, अर्घाखाँची क्षेत्र नं १ मा हरिप्रसाद भुसाल, रुपन्देही क्षेत्र नं १ मा सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा लेखजङ्ग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन्।

कपिलवस्तु क्षेत्र नं १ मा मोहनलाल आचार्य र क्षेत्र नं २ मा विक्रम थापा, प्यूठान क्षेत्र नं १ मा सुशान्त वैदिक, दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा विपिनकुमार आचार्य र क्षेत्र नं ३ मा कमल सुवेदी, बाँके क्षेत्र नं १ मा कमल सुवेदी र क्षेत्र नं ३ मा खगेन्द्र सुनार र बर्दिया क्षेत्र नं १ मा ठाकुरसिंह थारू र क्षेत्र नं २ मा श्रीधर पोख्रेल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा विक्रम खनाल र क्षेत्र नं २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको आयोगले जनाएको छ।

सुर्खेत निर्वाचन क्षेत्र नं २ मा रमेशकुमार सापकोटा, सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नं १ मा कोमल ज्ञवाली, क्षेत्र नं २ मा केपी खनाल, क्षेत्र नं ३ मा जगतप्रसाद जोशी, क्षेत्र नं ४ मा खेमराज कोइराला र क्षेत्र नं ५ मा आनन्दबहादुर चन्द, बैतडी क्षेत्र नं १ मा हरिमोहन भण्डारी, डडेल्धुरा क्षेत्र नं १ मा ताराप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नं १ मा जनकसिंह धाँमी, क्षेत्र नं २ मा दीपकराज बोहरा र क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन्। सो पार्टीबाट पाँचथर क्षेत्र नं १ मा नरेन्द्रकुमार केरुङ, इलाम क्षेत्र नं १ मा निश्कल राई, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, सोलुखुम्बु क्षेत्र नं १ मा प्रकाश सिंह कार्की, रौतहट क्षेत्र नं २ मा फिरदोश आलम, रसुवा क्षेत्र नं १ मा मोहन आचार्य, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन्।

यस्तै, पाल्पा क्षेत्र नं १ मा सन्दीप राना, कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेकप्रताप शाह, मुगु क्षेत्र नं १ मा खड्ग शाही, हुम्ला क्षेत्र नं १ मा जयपति रोकाया, जाजरकोट क्षेत्र नं १ मा खडकबहादुर बुढा, दैलेख क्षेत्र नं १ मा बासना थापा, सुर्खेत क्षेत्र नं १ मा विष्णुबहादुर खड्का, बाजुरा क्षेत्र नं १ मा जनकराज गिरी, अछाम क्षेत्र नं १ मा भरतकुमार स्वार र डोटी क्षेत्र नं १ मा भरतबहादुर खड्का निर्वाचित भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौ मध्ये तीन जना नयाँ अनुहार हुनुहुन्छ। सो पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फको सांसद सदस्यमा ताप्लेजुङ क्षेत्र नं १ मा क्षितिज थेबे, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ, सङ्खुवासभा क्षेत्र नं १ मा अर्जुनकुमार कार्की, धनकुटा क्षेत्र नं १ मा राजेन्द्रकुमार राई, बाँके क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई, दैलेख क्षेत्र नं २ मा लक्ष्मीप्रसाद पोखरेल, अछाम क्षेत्र नं २ मा यज्ञबहादुर बोगटी, बझाङ क्षेत्र नं १ मा ऐनबहादुर महर र दार्चुला क्षेत्र नं १ मा गणेशसिंह ठगुन्ना विजयी भएको आयोगले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार छन्। सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २ मा युवराज दुलाल, रुकुम (पूर्वीभाग) क्षेत्र नं १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा क्षेत्र नं १ बाट वर्षमान पुन, सल्यान क्षेत्र नं १ बाट रमेशकुमार मल्ल, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, कालिकोट क्षेत्र नं १ बाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम भाग) क्षेत्र नं १ बाट गोपाल शर्मा विजयी भएका छन्।

यस निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनै जना नयाँ अनुहार हुन्। सो पार्टीबाट भोजपुर क्षेत्र नं १ मा ध्रुवराज राई, सुनसरी क्षेत्र नं १ बाट हर्कराज राई र खोटाङ क्षेत्र नं १ बाट आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाही पुरानै सांसद हुन्।

म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रुपमा विजयी भएका छन्।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

यही फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। आज अपराह्न २ बजेसम्म एक करोड पाँच लाख मतगणना भइसकेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ।

जारी मतगणनाअनुसार हालसम्म छवटा राजनीतिक दलले कुल गणना मतको तीन प्रतिशत मत कटाएका छन्। समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

सरकारको सामाजिक सहायता कार्यक्रममा नागरिकहरू सन्तुष्ट, कागजपत्र प्रक्रिया अझ सरल आवश्यक

सरकारको सामाजिक सहायता कार्यक्रममा नागरिकहरू सन्तुष्ट, कागजपत्र प्रक्रिया अझ सरल आवश्यक

भारत सरकारले प्राथमिकता क्षेत्र निर्धारण गर्दै ग्यास व्यवस्थापन नियम जारी

भारत सरकारले प्राथमिकता क्षेत्र निर्धारण गर्दै ग्यास व्यवस्थापन नियम जारी

प्योङयाङले अमेरिका–इजरायल आक्रमणलाई अवैध ठहर, विश्व सुरक्षा संकटको संकेत

प्योङयाङले अमेरिका–इजरायल आक्रमणलाई अवैध ठहर, विश्व सुरक्षा संकटको संकेत

सन्तपुर घटनामा छानबिनको आदेश, दोषीमाथि कारबाही हुने प्रहरीको प्रतिबद्धता

सन्तपुर घटनामा छानबिनको आदेश, दोषीमाथि कारबाही हुने प्रहरीको प्रतिबद्धता

पश्चिम एशियामा युद्ध चर्किँदा लेबनानमा मानवीय संकट गहिरिँदै

पश्चिम एशियामा युद्ध चर्किँदा लेबनानमा मानवीय संकट गहिरिँदै

४७ वर्ष पुरानो औषधि ऐनले आधुनिक स्वास्थ्य सेवा सम्भव छैन : कार्की

४७ वर्ष पुरानो औषधि ऐनले आधुनिक स्वास्थ्य सेवा सम्भव छैन : कार्की

Next Post
सर्वसाधारणको आग्रह – सत्ता होइन, राष्ट्रहित केन्द्रमा राखेर काम गरियोस्

सर्वसाधारणको आग्रह – सत्ता होइन, राष्ट्रहित केन्द्रमा राखेर काम गरियोस्

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा पूर्वमन्त्रीहरूलाई झट्का, चुनावमा धेरैजसो पराजित

कर्णालीमा पूर्वमन्त्रीहरूलाई झट्का, चुनावमा धेरैजसो पराजित

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: