No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बेलायतमा आप्रवासी बसोबासका कडा नियम लागू गर्ने तयारी

बेलायतमा आप्रवासी बसोबासका कडा नियम लागू गर्ने तयारी

लन्डन। बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ।

नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीहरूले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइनेछैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ।

हालको प्रावधानअनुसार परिवारसहित पाँच वर्षसम्म बेलायतमा बसोबास गर्ने वा कानूनी रूपमा १० वर्षसम्म बस्ने आप्रवासीहरू ‘अनिश्चितकालीन बिदा’ (स्थायी निवास) पाउन योग्य हुनेछन्।

स्थायी निवास पाउनेहरूले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा पाउने तथा बेलायती नागरिकताका लागि आवेदन दिने अधिकार उपभोग गर्दै आएका छन्।

तर गृहमन्त्री शबाना महमुदले सोमबार सत्तारूढ लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्ने नयाँ योजनाले यस प्रक्रियामा ठूलो परिवर्तन ल्याउनेछ। सरकारले वर्षको अन्त्यतिर यसबारे परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने तथा ‘अनिश्चितकालीन बिदा’ हटाउने प्रस्ताव अघि सारेको केही समयपछि आएको हो। यसले पहिले नै बसोबास अनुमति पाइसकेका सयौँ हजार आप्रवासीलाई समेत प्रभावित पार्नेछ।

लेबर पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘यी उपायहरूले लेबर सरकार र रिफर्म पार्टीबीच स्पष्ट भिन्नता देखाउनेछ। रिफर्म पार्टीको प्रस्तावले दशकौँदेखि योगदान दिँदै आएका आप्रवासी कामदारलाई आफ्ना घर र परिवार छोड्न बाध्य पार्छ, तर हाम्रो योजनाले तिनीहरूलाई सुरक्षित राख्छ।’

प्रधानमन्त्री किर स्टार्मरले आइतबार रिफर्म पार्टीको योजनालाई ‘जातिवादी’ भन्दै, यसले देशलाई विभाजित गर्ने चेतावनी दिएका थिए।

गृहमन्त्री महमुदले सम्मेलनमा आफ्नो पहिलो भाषणमा भने, ‘आप्रवासीहरूले उच्च स्तरमा अङ्ग्रेजी सिक्नुपर्नेछ। म कडा र उत्तरदायी गृहमन्त्री हुनेछु।’

उनले पार्टीका सदस्यहरूलाई सचेत गराउँदै भने, ‘यदि हामीले आप्रवासन जस्तो संवेदनशील विषयलाई सही ढङ्गले सम्बोधन गर्न सकेनौँ भने श्रमजीवी वर्ग हाम्रो पक्षबाट टाढा भई रिफर्म पार्टीका नेता निगेल फराजका भ्रामक वाचा–प्रतिज्ञामा आकर्षित हुनेछन्।’

यसैबीच अर्थमन्त्री रेचल रिभ्सले पनि सोमबारको सम्मेलनलाई सम्बोधन गर्दै बेलायतको नवीकरणमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्ने र युवालाई रोजगारीमा ल्याउने नयाँ योजना सार्वजनिक गर्ने लेबर पार्टीको तयारी रहेको बताए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: