No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता


जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

सोमबार शुभकामना सन्देश दिँदै उनले दशैँको अवसरमा सबैलाई सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन्।

यस्तै, उनले पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको पनि बताए।

उनले भने, ‘हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेन–जी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको छ। वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

उनले जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध रहेको समेत बताए।

उनले भने, ‘यतिखेर हामी नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा छौँ। हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्। यो परिस्थितिमा महान जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध रहेको छ।’

सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिँदै दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्प सहित मनाउन उनले आह्वान गरेका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’

‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: