No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक


पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक

पोखरा। नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ। लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाति, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिंगाे नेपालको तस्बिरलाई उजागर गरिहेका छ।

गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाकिसहितको तामझाम, कला कौशलको प्रस्तुति र हजारौँको संख्यामा उपस्थित स्वदेशी र विदेशी नागरिकको सहभागिताले पोखराको पर्यटनलाई जुरुक्कै उचालेको छ।

महोत्सवको उद्घाटन सत्रमा आयोजित झाँकिसहितको र्‍यालिमा प्रदर्शित ‘मगर गाउँ’, थारु नृत्य, गुरुङ समुदायको विशेष प्रस्तुति विशेष आकर्षण रहे। महोत्सवको सन्दर्भमा लेकसाइड क्षेत्र दुलही झैं सिगारिएको छ। साज सजावटले सडकको रौनक बढाएको छ।

सडक महोत्सवले पोखराको मात्रै नभइ समग्र देशको पर्यटन प्रवद्र्धनमा महत्वपूण टेवा पुगिरहेको छ। महोत्सवमा जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकीको प्रस्तुति गरिएको थियो। साथै स्थानीय रैथाने उत्पादन, हस्तकलाका सामग्रीलगायतका स्टल पनि पर्यटकको रोजाइमा परेका छन्।

२५ वर्ष अगाडि सुरु भएको पोखरा सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुँदै आएको रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल बताउँछन्। खासगरी पर्यटकीय गतिविधि कम हुने यो सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रुपमा चिनाउन रेबान पोखराले २५ वर्षअघिदेखि महोत्सव सञ्चालन गर्दै आएको हो।

त्यसैको निरन्तरतास्वरुप २६औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष पोडेलले बताए। “सडक महोत्सवको उद्घाटनका अवसरमा उपस्थित झाँकिहरुका कारण महोत्सव पूर्णरुपमा सफल देखिएको छ।

उल्लेखनीय सहभागितासहित विविध सांस्कृतिक प्रस्तुतिले माहोल बनाएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको महोत्सव भव्यरुपमा भएको हामीलाई महशुस भएको छ”, उनले भने। पर्यटकीय सिजन ‘स्लो’ भएको समयमा पोखराको पर्यटकलाई चलायमान बनाउन आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोगी बनेको उनको भनाइ छ।

अध्यक्ष पौडेलका अनुसार महोत्सवकै दौरानमा पोखरामा भइरहेका अन्तर्राष्ट्रिय बेलुन महोत्सव र ड्रागन बोट रेस प्रतियोगिताले पनि पर्यटकीय गतिविधि बढाउन थप मद्दत गरेको छ। पोखरा आसपाका साहसिक गन्तव्यका कारणले पनि पोखराको पर्यटन बढी चलायमान बनिरहेको छ।

अंग्रेजी महिनाको डिसेम्वर २८ देखि जनवरी १ तारिकसम्म आयोजना हुने पोखरा सडक महोत्सवमा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा रेबान पोखराको छ।

अन्तर्राष्ट्रियस्तरमानै हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा नै स्थापित गराउने अभियान रहेको रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई बताउँछन्। पर्यटकीय राजधानी पोखरामा निजी क्षेत्रबाट झण्डै पाँच खर्ब रुपैयाँ लगानी भएको भन्दै निवर्तमान अध्यक्ष भट्टराईले पर्यटकीय पूर्वाधार निर्माणमा राज्यले चासो दिनुपर्ने बताए।

आजभन्दा २५ वर्षअघि पोखराको बसुन्धरा पार्कबाट सुरु भएको पोखरा सडक महोत्सव आज देशकै ठूलो सडक महोत्सवको पहिचान बनाएको छ। “महोत्सवको क्रममा हामीले नेपालका विभिन्न कला संस्कृतिलाई सडकमा पस्कन्छौँ, जसले आन्तरिक एवं बाह्य पर्यटकलाई नेपाल बुझ्न सजिलो बनाएको छ”, रेबानका निवर्तमान अध्यक्ष भट्टराईले भने, “अहिले यो महोत्सव निजी क्षेत्रको मात्र सहभागितामा हुँदै आएको छ। अझ यसलाई वृहत र विस्तृत बनाउनका लागि राज्यका तीनै निकाय (संघ, प्रदेश र स्थानीय तह) को उत्तिकै भूमिका हुनु जरुरी छ।”

खासगरी राज्यका तर्फबाट निर्माण भएका पर्यटकीय पूर्वाधारको सञ्चालन र निर्माण हुँदै गरेका पर्यटकीय पूर्वाधारको छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने दिशामा भूमिका खेल्न जरुरी रहेको उनको भनाइ छ।

पोखरामा क्षेत्रीय विमानस्थल निर्माण हुनु आफैंमा सुखद् रहेको भन्दै पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपी भट्टराईले राज्यको यति ठूलो लगानी भएको विमानस्थल सञ्चालनमा राज्यका तर्फबाट न्यारोवडी विमान भाडामा लिएर भए पनि छिमेकीमूलुक भारत, चीन र बंगलादेशका सहरहरुसँग सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनुपर्ने उनको भनाइ छ।

पर्यटन क्षेत्रमा अहिले दक्षजनशक्ति पलायन ठूलो समस्याका रुपमा रहेको भन्दै पोखराका पर्यटन व्यवसायीले जनशक्ति पलायनलाई रोक्न राज्यकै तर्फबाट केही नीतिगत व्यवस्थाको आवश्यकता रहेको बताउँछन्।

“पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यो अभावलाई परिपूर्ति गर्न जनशक्ति उत्पादन गर्न र उनीहरुको पलायन रोक्न पनि निजी क्षेत्र र राज्यसँगसँगै अगाडि बढ्न जरुरी छ”, परिषद्का पूर्व अध्यक्ष भट्टराईले भने, “राजनीतिक स्थायित्वको अभावमा राज्यका नीति पनि समय समयमा परिवर्तन भइरहने कारणले गर्दा लगानीकर्तालाई निश्चित भए लगानी गर्नसक्ने वातावरणको अभाव छ।”

करदाताको संरक्षण गर्नुपर्ने दायित्व राज्यको पनि हो। विश्वव्यापी आर्थिक मन्दिको अहिलेको अवस्थामा स्थापित व्यवसायीलाई संरक्षण गर्नु पनि राज्यको प्रमुख दायित्व भएकाले यस्तो अवस्थामा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ छ।

पोखरा प्राकृतिक सौन्दर्यताका अतिरिक्त साहसिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बन्दै गएको भन्दै रेबान पोखराका अध्यक्ष पौडेलले वर्तमान समय सुहाउँदो डिजिटल बजारीकरणमा राज्यका तर्फबाट पहल हुन आवश्यक छ भने।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी परिवर्तिन परिस्थिति अनुसार विश्वव्यापी रुपमा नेपालको प्रवद्र्धन गर्न डिजिटल माध्यमको प्रयोगलाई बोर्डले प्राथमिकताका साथ अगाडि बढाउने बताए।

नयाँ नयाँ गन्तव्यहरुको पहिचान र विकासका लागि बोर्डले आगामी दिनमा आफ्ना कार्यक्रमलाई केन्द्रीत गर्दै लैजाने उनको भनाइ। सिइओ जोशीले पर्यटनबाट लाभ लिनका लागि खासगरी क्षेत्रीय पर्यटन प्रवद्र्धनमा ध्यान दिन जरुरी रहेको बताए।

पर्यटनलाई चलायमान बनाउन सम्पर्क सञ्जाल विस्तारमा सबै निकायको ध्यान पुग्न जरुरी रहेको उनको जोड छ। आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा २६औँ संस्करणको पोखरा सडक महोत्सव भएको हो।

रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो। यही पुस १७ सम्म चल्ने महोत्सवले अफ सिजनको पर्यटनलाई चलायमान बनाउन र अर्थतन्त्रमा धोरै भए पनि योगदान गर्ने बताइन्छ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषासमेत प्रदर्शन गरिएको छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन्।

“सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ। रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पु¥याउन पनि मद्दत पुगेको उनको भनाइ छ।

महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ प्रहरीले बताए। उनले राजनीतिक स्थायित्व, नीतिगत सुधार र पूर्वाधारको प्रभावकारी सञ्चालन गरिएको खण्डमा पर्यटन विकासमा टेवा पुग्ने बताए।

पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवको रुपमा रहँदै आएको छ। यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ सम्ब्याउन सहयोगीसिद्ध भएको छ। गत वर्षमात्र पाँच लाख स्वतदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेबानले जनाएको छ।

पोखरामा दर्ता भएका पर्यटकस्तरदेखि पाँचतारेसम्मका आठ सय हाराहारी होटल छन्। यी पूर्वाधारमा ५० हजार पर्यटकलाई धान्नसक्ने क्षमता रहेको पर्यटन व्यवसायीको भनाइ छ। काठमाडौं ओर्लिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन्।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटक आएका छन्। सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

अन्तर्राष्ट्रिय उत्वस र प्रतियोगिताले यसवर्षको महोत्सवलाई उल्लासमय बनाएको छ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ। पोखरामा आइतबारदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ।

यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पर्यटन प्रवद्र्धन गर्ने नेपाल-चीन मैत्रीपूर्ण ड्रागन वोट रेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। दोस्रो संकरणको ड्रागन वोट रेसमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम

पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: