No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम

पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम

महेश सिंह सिरहा लहान – सुनसरीको इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपाल र ASEZ (विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह) को आयोजनामा शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले जलवायु परिवर्तन, वातावरणीय क्षति, र पृथ्वी पुनर्स्थापनाको महत्त्वबारे जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको छ।
कार्यक्रमको केन्द्रबिन्दु पृथ्वी पुनर्स्थापना परियोजना (Earth Recovery Project) थियो। यो परियोजनाले विश्वव्यापी रूपमा बढिरहेको भूमि क्षयीकरण, मरुभूमिकरण, र खडेरीका समस्या समाधान गर्न जनसहभागिता र सचेतना विस्तार गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले वातावरणीय समस्यालाई समाधान गर्न राज्य र समाजको सहकार्य आवश्यक रहेको बताउनुभयो। इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता कुमारी चौधरीले दिगो विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतम, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, र प्रदेश १ का प्रमुख सुमन योञ्जन लगायत विशिष्ट वक्ताहरूले मन्तव्य दिनुभयो।
कार्यक्रममा समाज विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य रोहित बहादुर कार्की, पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु लगायत ४२० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
पूर्व मन्त्री लिम्बुले “युवा शक्तिलाई वातावरणीय अभियानमा समाहित गर्दै मुलुकलाई जलवायु संकटबाट जोगाउन जनस्तरबाटै अभियान चलाउन आवश्यक छ,” भन्नुभयो। मन्त्री घिमिरेले विकास र संरक्षणलाई सँगै अघि बढाउनुपर्ने औंल्याउँदै, “विकासका नाममा प्रकृति विनाश स्वीकार गर्नु कहिल्यै उचित हुँदैन,” भन्नुभयो।
कार्यक्रममा भएको गायन तथा सांगीतिक प्रस्तुतिले सहभागीहरूमा सकारात्मक ऊर्जा थपेको थियो। सांगीतिक कार्यक्रमले वातावरणीय समस्यालाई सिर्जनात्मक तरिकाले प्रस्तुत गर्दै जनचेतना फैलाउन भूमिका खेलेको आयोजकले बताए।
ASEZ ले नेपाल लगायत विश्वभर जलवायु परिवर्तनविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले आपतकालीन राहत कार्य, सरसफाइ अभियान, र स्वास्थ्य परीक्षणका साथै वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ।
कार्यक्रमबारे जानकारी दिँदै परमेश्वरको मण्डली लहानका प्रमुख हेमन्त राजीले भने, “यो परियोजना केवल सचेतना फैलाउन मात्र होइन, स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक परिवर्तन ल्याउन उद्देश्यित छ।”
कार्यक्रमको समापनमा सहभागीहरूले व्यक्तिगत र सामूहिक दायित्वबोध गर्दै जलवायु परिवर्तनविरुद्ध पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
लहान मण्डलीका प्रतिनिधि सुशील कुमार शर्माका अनुसार कार्यक्रमको उद्देश्य विश्वव्यापी चुनौती बनेको ग्लोबल वार्मिङको समाधान खोज्दै मुलुकलाई संकटबाट जोगाउनु हो।
इटहरीमा सम्पन्न शिखर सम्मेलनले वातावरणीय मुद्दामा सचेतना विस्तार गर्दै पृथ्वी संरक्षणका लागि समाज र सरकारलाई एकसाथ अघि बढ्न प्रेरित गरेको सुशील कुमार शर्माले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
‘सुदूरपश्चिमको विकासका लागि साझा संकल्प र प्रयास आवश्यक’

‘सुदूरपश्चिमको विकासका लागि साझा संकल्प र प्रयास आवश्यक’

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: