No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत  । भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए ।

जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब चार अङ्क झरेर ६६ प्रतिशत मत खसेको छ । भारतीय मिडिया आउटलेटहरूले औसतभन्दा धेरै तापक्रमका कारण कम मतदान भएको अनुमान गरेका थिए ।

मतदान पुनः सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा जनतासँग गर्मी भए पनि ‘कीर्तिमानी सङ्ख्या’ मा मतदान गर्न आग्रह गरे । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘उच्च मतदानले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँछ, तपाईंको मत तपाईंको आवाज हो ।’

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा निर्वाचन गराउने ठूलो बोझ कम गर्न चरणबद्ध मतदानअन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको हो । दोस्रो चरणको मतदानमा यो साता ४० डिग्रीभन्दा माथि तापक्रम रहेका जिल्लाहरू समावेश छन् । भारतको मौसम ब्युरोले सप्ताहन्तसम्म धेरै राज्यमा भीषण गर्मीको अवस्था जारी रहने बिहीबार बताएको छ ।

दोस्रो चरणको मतदानमा पूर्वी राज्य बिहारका केही भाग समावेश छन् । यहाँ पाँच जिल्लामा शुक्रबार मतदान हुँदैछ । यहाँ यो साता मौसमी औसतको तुलनामा पाँच दशमलव एक डिग्री सेल्सियसभन्दा धेरै तापक्रम रेकर्ड गरिएको छ ।

दक्षिणमा कर्नाटक राज्य र भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य तथा हिन्दु आस्थाको केन्द्र उत्तर प्रदेशका केही भागमा पनि गर्मीको लहरको सामना गर्दै मतदान गर्ने तालिका रहेको छ ।

यसै साताको प्रारम्भमा भारतको निर्वाचन आयोगले प्रत्येक चरणको मतदानअघि गर्मीको लहर र आर्द्रताको प्रभावको समीक्षा गर्नका लागि कार्यदल गठन गरेको बताएको थियो । द हिन्दु अखबारले प्रचण्ड गर्मीका कारण ‘मतदान प्रतिशतमा गिरावट आउन सक्छ’ भन्ने चिन्ताका कारण यस्तो निर्णय लिइएको हुनसक्ने बताएको छ ।

सोमबार एक विज्ञप्तिमा आयोगले शुक्रबारको मतदानमा तातो तापक्रमको प्रभावका बारेमा ‘कुनै ठूलो चिन्ता नभएको’ बताएको थियो । तर मौसमको रिपोर्टहरूलाई नजिकबाट अनुगमन गरिरहेको र ‘मतदान कर्मचारीका साथै मतदाताहरूको आराम र कल्याण’ सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
प्रादेशिक अस्पताबाट निजीमा रेफर, उपचार खर्च तिर्न नसक्दा २४ दिनदेखि बन्धक

प्रादेशिक अस्पताबाट निजीमा रेफर, उपचार खर्च तिर्न नसक्दा २४ दिनदेखि बन्धक

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: