No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

प्रादेशिक अस्पताबाट निजीमा रेफर, उपचार खर्च तिर्न नसक्दा २४ दिनदेखि बन्धक

प्रादेशिक अस्पताबाट निजीमा रेफर, उपचार खर्च तिर्न नसक्दा २४ दिनदेखि बन्धक

जनकपुरधामको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक युवक २४ दिनदेखि बन्धक बनेका छन् । जनकपुरधामको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा २४ दिनदेखि बन्धक बनेका हुन् ।

उपचार खर्च तीनलाख रुपैयाँ घरपरिवारले बुझाउन नसक्दा गत चैत २२ गते नै अस्पतालले डिस्चार्ज गरेका उनी घर जान पाएका छैनन् । गत चैत १४ गते साँझ मोटरसाइकल दुर्घटनामा घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । केहीबेर पछि प्रादेशिक अस्पतालबाट उनको आफन्तलाई नै जानकारी नदिइ जनकपुरकै कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमामा भर्ना गरिएको थियो । आठदिन पश्चात गत चैत २२ गते नै अस्पतालले उनको डिस्चार्ज गरिसकेको छ ।

‘उहाँ उपचार पश्चात पूर्णतः निको भइसक्नु भएको छ । चैत २२ गते नै उहाँको डिस्चार्ज पनि भइसकेको छ’ आइसियुमै भेटिएका एक चिकित्सकले भने ।
तर, डिस्चार्ज भएकको आज २४ दिन भएपनि दलित तथा विपन्न महरा परिवार उपचार खर्च बुझाउन नसक्दा रामविनय अस्पतालको आइसियुमै बन्धक बनेका छन् । तर पनि अस्पतालले उनलाई बाहिर न निकाली आइसियुको उपचार खर्च थप्दै लगेको रामविनयकी आमा प्रमिला देवीले गुनासो गरिन् ।

डिस्चार्ज हुने दिनसम्म उनको उपचार खर्च फार्मेसी बाहेक झण्डै ३ लाख थियो । जनेतेन चन्दा तथा ऋण उठाएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार गरी ९० हजार तिरेको आमा प्रमिला बताइन् ।
‘चन्दा उठाबएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार तिरेको छु’ आमा प्रमिला भन्छिन् ‘हामीसंग बेचेर दिने सम्पति छैन । गाउँघरमा कसैले ऋण दिँदैन, कहाँबाट रुपैयाँ ल्याउने, कसरी छोरालाई अस्पतालबाट निकाल्ने ? झन् आइसियुमा राखेर बिल थपिरहेको छ ।’

अस्पतलको लेखा काउन्टर कर्मचारीका अनुसार उनको आइसियुको बिल थपिनै रहेकोले तीन लाखभन्दा माथि छ । ‘आइसियुको बिल जोड्न बाँकी छ । उहाँको उपचार खर्च ३ लाख भन्दा माथि नै रहेको छ’ लेखामा कार्यरत्त ती कर्मचारी भने ।
पूर्ण रुपमा ठीक भइसकेका रामविनय आइसियुमै बस्दा वाक्क दिक्क छन् । ‘म पुरै ठीक भइसकेको छु । स्वास्थ्यमा अब केही समस्या छैन । त्यत्रो उपचार खर्च तिर्ने मेरो परिवारको हैसियत छैन’ रामविनयले भने ‘बेडमा वाक्क दिक्क भइसकेको छु । सबैले सहयोग गरेर मेरो उद्धार गरिदिन आग्रह गर्छु’

छोरालाई उपचार खर्च तिरेर अस्पतालबाट निकाल्न रामविनयका बुबा पंचु महरा र आमा प्रमिला भौतारिरहेका छन् । महरा परिवारको सम्पतिको नाममा केवल दुईधुर घडेरी र त्यसमा घर बाहेक केही छैन । जनमजदुरी गरेर महराको परिवार चल्छ । तर, छोरा अस्पतालमा बन्धक बन्दा दिनभर उनीहरु चन्दा संकलनसंगै पहल गरिदिन नेता, जनप्रतिनिधि, दलित अगुवा, भरभलादमीको दैलो चहारिरहेका छन् । २४ दिनदेखि बुबा पञ्चु र आमा प्रमिलाको यो दैनिकी बनेको छ । झन् आइसियुमा राखेको आर्थिक बोझ थपिँदै जाँदा बेचैनी बढ्दै गएको छ महरा परिवारको छ । आइसियुबाट निकालदिन बिलौना गर्दा अस्पताल संचालक मान्दैनन् ।

‘ठीक भइसकेको छ । कम्तिमा आइसियुबाट बाहिर निकालिदिनुस् भनेर संचालकसंग हात जोडेर बिन्ती गरे । तर मान्नु भएन । भन्नु हुन्छ जब सम्म सबै पैसा तिदैन तबसम्म जान दिन्न । आइसियुको पनि सबै पैसा तिर्नु पर्छ भनेर ’ आमा प्रमिला दुखेसो गर्छिन् । अस्पतालमा रामविनयकी श्रीमती मनिषा एक महिनादेखि कुरुवा बसेकी छन् । श्रीमानलाई सहयोग गरि निकालिदिन उनको आग्रह छ । होलिको एकदिन अघि मात्र मजदुरी गर्न भारतको मुम्बइ गएका रामविनय र मनिषा घर फर्केका थिए ।

सबै पैसा नबुझाए अस्पतालबाट जान दिन्न भन्ने अस्पतालको अडान छ । अस्पतालका इन्चार्ज देवेन्द्र यादवले अस्पतालले उपचार गरिदिएको र शुल्क बुझाएर लग्न भन्दा नलगेको बताए ।
अस्पताल संचालक रामपृत यादवले आफ्नो छोरीको विवाह हिजो मात्रै सकेकाले सबै अस्तव्यस्त रहेको र यसविषयमा पछि मात्र केही भन्न सकिने बताए ।
भारतको मुम्बईबाट घर फर्केका रामविनय भोलितिर साँझ छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकलमा बाहिर निस्केका थिए । धनुषाको औरही प्रहरी चौकीका इन्चार्ज सई हेमबहादुर कुवरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएर धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना भएको थियो । रामविनय घाइते भएका थिए भने रामकिसुन समान्य चोटपटक लागेको थियो । प्रहरीले रामविनयलाई प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठायो ।

प्रादेशिक अस्पतालबाटै केहीबेर पछि रेफर गरियो । दुर्घटनाको खबर पाएका घरपरिवार प्रादेशिक अस्पताल पुग्दा उनलाई एम्बुलेन्समा राखेर उपचारको लागि कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा लगेको जानकारी पाए । ‘सुन्ने बितिकै हामी प्रादेशिक अस्पताल पुग्यौं । हामी पुग्दा त्यहाँबाट रेफर गरेर कृष्णा मेडिकलमा पठाएको जानकारी भयो । किन यो अस्पतालमा पठायो, कसले ल्यायो हामीलाई अहिलेसम्म केही थाहा छैन’ आमा प्रमिलाले भनिन् ।

यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले न्यूरो सम्बन्धि डाक्टर प्रादेशिकमा नरहेकाले बाहिर रेफर गरेको हुन सक्ने बताए । मधेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सबभन्दा ठूलो प्रादेशिक अस्पताल जनकपुरमा दुईवर्ष अघि नै न्यूरो सम्बन्धि अपरेशन थिएटरको उदघाटन भएको थियो । तर अहिलेसम्म न्यूरो सम्बन्धि उपचार जनशक्ति अभावले सुरु गर्न नसकेको निर्देशक पण्डितले बताए । यस्तो अवस्थामा त्यहाँ अकास्मिक सेवामा केही चिकित्सकले कमिसनको लागि नाम किटेरै निजी अस्पतालमा बिरामी रेफर समेत पठाउने गरेको आमजन गुनासो छ ।

दुर्घटनामा परेको मोटरसाइकल औरही चौकीमा प्रहरीले ४० हजार मात्र उपचार खर्च दिएर आफ्नो पति पञ्चुसंग समझदारी गरेर प्रहरीले छाडिदिएको उनको गुनासो छ । ‘मेरो छोरा पछाडि चढेर गएको थियो । दुर्घटना हुँदा गाडीबालाले उपचार खर्च व्यहोर्नु पथ्र्यो । तर मेरो पतिलाई प्रभावमा पारेर ४० हजारमै मिलापत्र गराइदियो । प्रहरीले मोटरसाइकल छाडिदियो’ उनले गुनासो गरिन् ।
यता सई कुवरले उनीहरु आफै समझदारी गर्दा मोटरसाइकल फिर्ता दिएको बताए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !

पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: