No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सुवास नेम्वाङलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन खोजेका थिए प्रचण्डले, तर ओलीले बन्नै दिएनन्

सुवास नेम्वाङलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन खोजेका थिए प्रचण्डले, तर ओलीले बन्नै दिएनन्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ अब हामीमाझ छैनन् । तर उनको योगदान र उनले पाउन नसकेको अवसरबारे राजनीतिक वृत्तमा चर्चाको विषय रहिरहने छ । नेपाली राजनीतिमा नेम्वाङ मध्यमार्गी नेता भए पनि एमालेभित्र भने सधै कर्नरमा परेको सबैलाई थाहा भएकै कुरा हो ।
राजनीतिक हाइट, योगदान धेरै उचो भए पनि पदीय भूमिकामा भने उनी पार्टीभित्र सधै पछाडि नै रहे । नेताहरुकाअनुसार नेम्वाङ एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय होइनन् । त्यसैले अवसरमा नेम्वाङ पछाडि रहे । आफ्नै बलबुता, अलौकिक क्षमता, प्रस्तुतिले सर्वसम्मत रुपमा चारपटक सभामुख भए पनि नेम्वाङले अन्य राजकीय पदमा पार्टी नेतृत्वको साथ पाएनन् । विपक्षी दलहरुले रुचाउँदा समेत आफ्नै पार्टी नेतृत्वको पेलानमा उनले मुखमै आएका ठूला अवसरहरु गुमाउनुपरेको थियो ।

कांग्रेस नेता कृष्ण सिटौलाको भनाइमा नेम्वाङलाई सभामुख स्विकार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक मिनेट समय पनि लगाएनन् । ०६३र६४ मै नेम्वाङको कद कति अग्लो थियो भन्ने यहीबाट देखिन्छ । तर जब नेतृत्वमा केपी ओली आए नेम्वाङको क्षमतालाई अण्डर स्टिमेड गरे । विपक्षी दलहरुले समेत प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्ताव ल्याउँदा समेत ओलीले मानेनन् । समय अनुकूल हुँदा नेम्वाङलाई जिम्मेवारीबाट पठाउन ओलीले आनाकानी गरिरहे । जब अवस्था प्रतिकूल भयो वा हार्ने भयो तब अघि सारे ।

पछिल्लो राष्ट्रपतिको निर्वाचनलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । जतिबेला माओवादी(एमाले गठबन्धन थियो, त्यतिबेला राजनीतिक हाइटै नभएका एनजिओकर्मी विष्णु रिमालदेखि अनियमिततामा मुछिएका ईश्वर पोखरेलसम्म राष्ट्रपति बनाउने भनेर प्रचार गराए । यहीबाट बिच्किएर माओवादीले गठबन्धन फेरेर कांग्रेससँग गर्यो । प्रचण्ड योअघिसम्म नेम्वाङलाई सर्वसम्मत राष्ट्रपति बनाउन तयार थिए । तर जब ओलीले एसम्यान खोजे त्यसपछि प्रचण्डले कांग्रेससँग गठबन्धन गरे ।

समीकरण बदलिएर जब अवस्था प्रतिकुल बन्यो त्यसपछि ओलीले नेम्वाङलाई उम्मेदवार बनाए । हार्ने चुनावको उम्मेदवार बनाएपछि स्वभाविक रुपमा कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चुनिए । त्यसो त प्रचण्डले ०७४ मै सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन चाहेका थिए । तर ओलीले विद्या भण्डारीलाई नै दोहोर्याए ।

मंगलबार पार्टी कार्यालय च्यासलमा नेम्वाङलाई श्रद्धान्जली दिँदा भक्कानिएकी भण्डारीले त्यतिबेला नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्थ्यो भनेर भावुक भएका निकट नेताहरुले उल्लेख गरेका छन् । नेम्वाङको शवअगाडि उभिदा भण्डारीलाई पछुतो महसुस भएको नेताहरु बताउँ५न् । नेकपा विभाजनअघि पार्टीमा द्वन्द्व बढ्दै गर्दा त्यतिबेला अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई नेम्वाङलाई प्रधानमन्त्री बनाउ, कम्युनिस्ट एकता जोगाएर अघि बढौ भनेर प्रस्ताव राखेका थिए । तर आफै प्रधानमन्त्री भइरहने अभिलाषा बोकेका ओलीले मानेनन् । पार्टी फुट्यो, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

प्रधानमन्त्री नभए पनि मर्नुअघि एकपटक राष्ट्रपति बनेर संविधान र देशको अभिभावक बन्ने र सहि ट्रयाकमा हिँडाउने उनको उद्देश्य थियो । तर कसैको कुरा नसुन्ने र एस म्यान खोज्ने ओलीले नेम्वाङको चाहनालाई कहिल्यै सम्मान गरेनन् । संसदीय फाँटमै इन्जेग गराइराखे । उप पदमै सीमित गराए । ‘कमरेड प्रचण्डले एकपटक जनजातिको छोरा प्रधानमन्त्री बनाउ भन्नुभयो, ओली कमरेडले मान्नुभएन । राष्ट्रपति बनाउ भन्दा पनि मान्नुभएन । नेम्वाङ कमरेड आफ्नै क्षमता र कुशलताले सभामुख हुनुभयो । तर त्यहाँभन्दा माथि जाने अनुकूलता नेतृत्वपंक्तिबाट भएन,’ नेम्वाङनिकट एमालेका एक नेता भन्छन् ।

नेम्वाङप्रति प्रचण्डको कति सहानुभूति थियो भन्ने त उनको निधनपछि पार्थिव शरिरलाई संसद भवन परिसरमा राख्ने प्रस्तावबाट देखिन्छ । नेम्वाङ एमालेमात्र नभई देशकै नेता र संविधानसभा अध्यक्ष भएकाले पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा भन्दा नयाँबानेश्वरस्थित संसद भवन परिसरमा राख्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका थिए । तर एमाले अध्यक्ष ओली मानेनन् । उनले च्यासलस्थित एमाले पार्टी कार्यालयमै राखे ।

मृत्युपछि पनि नेम्वाङलाई राष्ट्रिय नेताभन्दा पनि एमाले नेतामै सीमित गराइयो । यद्यपि राष्ट्रले शालिन र मृदुभाषी नेम्वाङलाई सहमति सहकार्यका प्रतिकका रुपमा लिएको छ । नेपालपाना

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक

अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: