No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक

अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक

भियतनामबाट अमेरिकी सेना फर्किएको पाँच दशकबीच दुई मुलुकबीच विशेष सम्झौता भएको छ । इतिहासमा कट्टर दुस्मनी साँधेका दुई मुलुक वर्तमानमा दोस्तीतर्फ अघि बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम पुगेर सम्झौता गरेसँगै दुइ मुलुक निकै निकट हुने क्रममा छन् ।
बाइडेनको भियतनाम भ्रमण र त्यहाँ उनले गरेको सम्झौतालाई चिनियाँ प्रभाव कम गर्ने प्रयत्नका रुपमा समेत लिइएको थियो । त्यस टिप्पणी तथा चर्चालाई नकार्दै बाइडेनले भनेका छन्(”यो सम्झौता चीनको अन्तर्राष्ट्रिय प्रभावलाई कम गर्नका लागि भएको चर्चा म स्वीकार गर्दिंन ।’

अमेरिका भियतनामसँग पछिल्लो दुइ वर्षदेखि सम्बन्ध बलियो बनाउने प्रयत्नमा लागेको थियो । यो सम्झौता त्यसैको नतिजा हो । बाइडेनले सम्झौता उपर भएका टिप्पणीलाई अस्वीकार गरे पनि सेमिकन्डक्टर प्रविधि तथा उड्डयन जस्ता क्षेत्रमा भियतनामसँग सम्झौताको निहित उद्देश्य एसियामा चीनको प्रभावलाई कम गर्नु नै रहेको छ ।

कस्तो छ भियतनाम र अमेरिकाको राजनीतिक सम्बन्ध ?

चीनको सबैभन्दा निकट मित्रराष्ट्र भियतनामले अमेरिकासँग उच्चस्तरको राजनीतिक सम्बन्ध स्थापित गर्नु निकै ठूलो उपलब्धि हो । यो उपलब्धि चीनलाई विथोल्नका लागि नभएको बाइडेनको प्रतिक्रिया थियो । ‘हामी अझै पनि शीत युद्धकालीन परिवेशबाट नियालिरहेका छौं । तर यो सम्झौता आर्थिक प्रतगित र स्थिरताका लागि हो।’

चीनबारे टिप्पणी गर्दै बाइडेनले भने, ‘चीनले निकै राम्रो आर्थिक प्रगति गरेको छ । तर उसले अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यतालाई पालना गर्दै प्रगति गरोस् भन्ने अमेरिकी चाहाना हो ।’

भियतनामले अमेरिकासँग सम्बन्ध विस्तार गरेकोमा चीन चिढिएको छ । यता भियतनामले यस सम्झौताको सांकेतिक अर्थ रहेको बताइरहेको छ ।

सम्झौताको अर्थ सांकेतिक भए पनि यसले दुई मुलुकको सम्बन्धलाई थप बलियो बनाउने छ भने भियतनामको व्यापारमा चिनियाँ निर्भरतलाई विस्तारै हटाउँदै जानेछ । भियतनाममा सक्रिय जनसंख्या निकै शिक्षित छन् । त्यसैले त्यहाँ उद्यमशीलताको भावना बढाउँदै आफ्ना उत्पादन चीनबाट हटाएर त्यहाँ ल्याउने अमेरिका चाहाना छ । डेल, गुगल, माइक्रोसफ्ट एप्पल जस्ता कम्पनी भियतनामले आफूहरुको आवश्यकता पूरा गर्नसक्नेमा विश्वस्त छन् । हतियारमा भियतनाम रुससँग निर्भर रहेकाले अमेरिकाले त्यहाँ हतारको व्यापारको संभावना पनि देखेको छ ।

बाइडेनको भियतनाम भ्रमणको धेरै चर्चा किन भइरहेको छ ?

अमेरिकाका अनुसार भियतनामले सेमिकन्डक्टरको आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । अमेरिकाले भियतनामको विद्युतीय क्षेत्रमा पनि विकास गर्न खोजेको छ । अमेरिकी यो उद्देश्य विवादित छ । किनभने उसले चिनियाँ उच्च प्रविधिलाई रोक्ने मनसाय राखेको छ । आफ्नो निकट मित्र चीनलाई चिढ्याउने गरी भियतनामले अमेरिकासँग सम्बन्ध विस्तार गरेर चीनको विकल्प खोजेको सन्देश दिएको छ । चीनको अर्थव्यवस्था सुस्ताइरहेको समयमा उसले विकल्प खोज्नु स्वभाविक ठानेको छ । भियतनामले मित्रताको हात अघि बढाए पनि बाइडेनलाई भने चुनौती छ । भियतनामसँग सम्बन्ध बनाउँदा बाइडेनले अमेरिकाको रणनीति हित र त्यहाँको मानवअधिकार तथा स्वतवन्त्रताको रक्षाबीचको सन्तुलन कायमै राख्नुपर्नेछ । बाइडेनले सन्तुलन कसरी कायम गर्लान् भन्ने सवालमा पनि उनको भ्रमणको चर्चा धेरै भएको हो ।

मानवअधिकार संगठन ह्युमन राइट्स वाचका अनुसार भियतनाम सरकारले आलोचकहरुलाई धम्की र प्रताडनाका साथै जेल पठाउने काम गरेको छ ।

मिडियामा सरकारको नियन्त्रणमा छ । तर अमेरिकाले यी सबै विषयलाई नजरअन्दाज गर्ने सम्भावना पनि छ । अमेरिकाले भियतनामलाई निकट ल्याउनका लागि दुई वर्षदेखि मिहिनेत गरेको थियो । उसले भियतनामलाई प्राथामिकतामा राखेर उपराष्ट्रपति, विदेशमन्त्री रक्षा मन्त्री तथा उच्चपदस्थ कुटनीतिक अधिकारी त्यहाँ पठाएको थियो । भियतनामको बन्दरगाहमा अमेरिकी युद्धपोतसमेत राखिएको छ । यो परिदृश्यबारे बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलवान भन्छन्, ‘एसिया प्रशान्त क्षेत्रमा भविष्यमा भियतनामले अमेरिकी साझेदारीमा अग्रणी भूमिका निर्वाह गर्नेछ भने एशियामा अमेरिकी सञ्जाल विस्तार हुनेछ । ‘

पछिल्लो केही महिना यता अमेरिकाले एसियामा सञ्जाल फेलाइरहेको छ । उसले फिलिपिन्ससँग पनि रणनीति साझेदारी गरेको छ । जापना र दक्षिण र अमेरिकाबीच त्रिपक्षीय सम्झौता गर्न पनि सफल भएको छ । कूटनीतिक मामिला जानकार जोन हेमिङ्ग्स भन्छन्, ‘अमेरकाले निकै रफ्तारका साथ एसियामा आफ्नो सञ्जाल फैलाइरहेको छ। यति रफ्तारमा सञ्जाल फैलाउला भन्ने कुरा चीनले सायदै सोचेको थियो, अमेरिकाले एशियाली राष्ट्रको सम्प्रभुता खतरामा रहेको औंल्याउँदै उनीहरुलाई आफूसँगको साझेदारीमा लोभ्याइरहेको छ,’ उनले भने ।

भियतनामसँग सम्झौता गरेर साउथ चाइना सीमा तनाव बढाइरहेको चीनलाई अमेरिकाले चेतावनी दिएको उनसक्ने उनको आँकलन छ । तर हेमिङ्गस भन्छन्, ‘अमेरिकासँगको मित्रताका लागि भितयनामले चीनसट्ठँगको सम्बन्धलाई तोड्न चाहेको छैन । अमेरिकासँग सम्बन्ध विस्तार गर्दैमा चीनसँगको सम्बन्ध समाप्तनै गर्ने पक्षमा भियतनाम छैन ।’

अमेरिका र भियतनामको मित्रता

एसियामा नयाँ मित्र खोजिरहेको अमेरिका भियनामसँग निकट बन्दै छ । सर्वेक्षण अनुसार भियतनाममा युवा पुस्तामाझ अमेरिका निकै रुचाइन्छ । युद्धलाई बिर्सिंदै सन् १९५५ मा राजनीतिक सम्बन्ध विस्तार गरेका दुई मुलुकबीच आपसी विश्वास बढ्दैछ ।

युद्धको बेला गायब भएका अमेरिकी सैनिकको खोजीमा दुवै देशले संयुक्त रुपमा काम गरेका छन् । यता छात्रवृत्तिमा हरेक साल हजारौं भियतनामी विद्यार्थी अध्ययनका लागि अमेरिका जान लागेका छन् । भियनामी युवाहरु आफूहरुले पनि अमेरिकालेझैं फड्को मार्नसक्नेमा विश्वस्त देखिन्छन् ।

हालसालै भियतनामी इलेक्ट्रिक कारले विश्वबजारमा सनसनी मच्याएको थियो । युवाहरुको विश्वास छ,’भियतनाम भविष्यमा अमेरिकाका लागि नयाँ सिलिकन भ्याली बन्नेछ ।’

भियतनाममा संभावना देखेरै हुनुपर्छ कोरिया र जापानले आफ्ना उत्पादन केन्द्रलाई त्यता विस्तार गर्दैछन् । अमेरिकाले पनि चीनको विकल्पका रुपमा भियतनामलाई हेरिरहेको छ । प्रविधिको विकास र भूराजनीतिक साझेदारीमा दुई मलुकको मित्रता झाँगिने देखिन्छ । अनलाइन खबर

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: