No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बादलका बाबुछोरा पक्राउ परेपछि मात्र शरणार्थी प्रकरणको ‘क्लाइमेक्स’

बादलका बाबुछोरा पक्राउ परेपछि मात्र शरणार्थी प्रकरणको ‘क्लाइमेक्स’

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगीकाण्डमा रायमाझीको संलग्नता देखिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

वैशाख २० गते छोरा सन्दीप पक्राउ परेपछि फरार रहेका रायमाझी शुक्रबार भारतको नयाँ दिल्लीबाट पोखरा हुँदै आइतबार काठमाडौं आएर लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

शरणार्थी प्रकरणमा अब एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज फरार छन् । बादलका छोरा प्रतीकको ठगीमा संलग्नता पुष्टि भइसकेको छ ।

प्रहरीले शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको सुइँको पाएपछि प्रतीक फरार भएका थिए । बादलको हकमा स्वतन्त्र प्रमाण स्थापित भइनसकेको प्रहरीले जनाएको छ ।

तर, गत मंगलबार पक्राउ परेका रामशरण केसीको बयानबाट उनको संलग्नता पुष्टि गर्न सकिने प्रहरीको आशा छ । सानु भण्डारीले जस्तै केसीले पनि प्रतीकलाई पैसा बुझाएको बताएका छन् ।

दुवैको बयानमा प्रतीकको सहयोगबारे एउटै विवरण आएपछि उनको संलग्नतामा प्रहरी विश्वस्त भएको हो । बाबुकै सहमतिमा प्रतीकले रकम बुझेको हुन सक्ने आशंका छ ।

बादल गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । बिचौलियासँग पैसा उठाउने प्रतीक नै देखिएपछि अनुसन्धानको तिर बादलतिर सोझिएको छ । त्यसैले अब बादललाई पनि अनुसन्धानको घेरामा प्रहरीले राखेको छ ।

बादल गृहमन्त्री हुँदा बिचौलियाको स्वार्थअनुसार भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि २०७६ जेठ ३० गते कार्यदल गठन भएको थियो । कार्यदल गठन गरेलगत्तै त्यसैलाई देखाएर बिचौलिया समूहले करोडौँ पैसा उठाएको थियो ।

कार्यदल गठनको औचित्यमै प्रश्न उठेको छ । बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईले साढे पाँच करोड लिएको प्रमाण भेटिएका छन् । ‘मन्त्रीलगायतलाई मिलाउन’ भन्दै उनले पैसा उठाएका थिए ।

बादलले सल्लाहकारकै सल्लाहअनुसार कार्यदल गठन गर्नु, अर्कोतर्फ छोरासमेतको मिलेमतो देखिएपछि बादलमाथि अनुसन्धान सोझिएको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयका त्यतिवेलाका सचिव प्रेमकुमार राई र महेश्वर न्यौपानेले पनि आफूहरूलाई सघाएको बिचौलियाको बयान छ । तर, बलियो प्रमाण भने भेटिएको छैन ।

प्रहरीले बादल, उनका छोरा प्रतीक र निरज राईलाई पक्राउ गर्न सके शरणार्थी प्रकरण टुंगामा पुग्ने अनुमान गरेको छ । तर अदालतले चार दिनभित्र शरणार्थी प्रकरणको अनुसन्धान सकेर मुद्दा चलाउन समय दिएपछि प्रहरीलाई सकस परेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने

एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: