No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता


उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता

० मुलुकमा निर्वाचनको माहोल तातिएको छ, तपाइँ कसरी विश्लेषण गर्नुहुन्छ ?

— म अहिले सप्तरीमा छु । यस बीचमा मैले सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लाहरुमा भ्रमण गरेको थिएँ । यसरी जिल्लाहरुमा घुम्दा आममानिसमा चुनावप्रति कुनै उत्साह देखिएन । पहिले–पहिले जसरी चुनावमा आमनागरिक सहभागी हुन्थे, जताततै आममानिस प्रचारप्रसारमा सहभागी भएको देखिन्थ्यो, तर यसपालि सर्वसाधारण निरपेक्ष भावले लागेको देखिँदैन । चुनावप्रति सर्वसाधारण उदासीन देखिन्छन् । त्यसले गर्दा जताततै चुनावी माहोल सुस्त प्रकारको छ । मानिसको मुड के छ, मानिसहरु कतातिर ढल्किँदै छन्, कस्तो विचार बनाउँदैछन्, यसको पूर्वानुमान गर्न बडो कठिन रहेको छ ।

० आममतदातामा यसपालिको चुनावप्रति उत्साह नहुनुका कारण के छन् त ?

— पहिलो कुरा, राजनीतिक पार्टीहरु तत्कालका समस्याबारे बोलिरहेका छैनन् । तत्कालको समस्या भनेको जनजीविकाका समस्या र आजको दिनमा नागरिकले भोग्नुपरिरहेको कठिनाईका कुराहरु, यसबाट मुक्तिका बाटाहरु दलहरुको घोषणापत्र वा बोलीबाट पाइरहेका छैनन् । दोस्रो, विश्वसनीयताको धेरै ठूलो संकट देखिएको छ । हरेक दिन नेताहरुले बोलेका कुराहरुमा गम्भीरतापूर्वक मनन् गर्ने, छलफल गर्नेभन्दा पनि त्यसलाई हाँसोको रुपमा लिएका छन् । तेस्रो कुरा, यसपालिको चुनावमा राजनीतिक पार्टीहरुले ठूला–ठूला कुराहरु त गरेका छन् तर, जुन मुद्दाहरु छन्, त्यसबारेमा कतै कुनै चर्चा छैन ।

मधेश प्रदेशको अवस्था हेर्ने हो भने, लोसपा कांग्रेससँगको गठबन्धनमा छ । जसपा एमालेसँगको गठबन्धनमा छ । उनीहरुले भन्ने एउटा मात्रै कुरा के हो भने हामी सरकार बनाउँछौं । जुन पार्टीले १०/२० ठाउँमा आफ्नो उम्मेद्वार उठाएका छन्, जसको ५÷७ वटा सिट मात्रै जित्ने सम्भावना छ, उसले आफ्नै मुद्दामा सरकार बनाउँदैन, सरकार बनाउनका लागि कांग्रेस, एमाले वा माओवादीको पछाडि लाग्नुपर्ने हुन्छ । ती दलहरुको पछाडि लाग्ने दलहरुको मुद्दा ती अगुवा पार्टीहरुले पहिले अस्वीकार गरिसकेको छ । भनेपछि ती दलहरुले उठाउने राजनीतिक सवालहरु आमनागरिकले पत्याइरहेको अवस्था छैन ।

उपेन्द्र यादवजीले संविधान पुनर्लेखनको कुरा अहिले फेरि उठाउनुभएको छ । शासकीय ढाँचामा ठूलो बदलावको कुरा उठाउनुभएको छ । कार्यकारी अधिकार भएको राष्ट्रपतिको कुरा उपेन्द्र यादवले उठाउनुभएको छ । उपेन्द्र यादवजी यसअघि पालैपालो कांग्रेससँग पनि सरकारमा बस्नुभएको छ, एमालेसँग पनि सरकारमा बस्नुभएको छ । सरकारमा जाने बेलामा केही समझदारी गर्नुभएको छ । भेग शब्दावलीमा मधेशका सवालहरु सम्बोधन गरिनेछ, तर सरकारमा गइसकेपछि ती कुराहरु बिर्सिनुहुन्छ । केपी ओलीसँग सरकारमा गएको बेलामा संविधान पुनर्लेखनको त कुरा छोडिदिनुस्, संविधानका कुन–कुन विषयमा संशोधन गर्नु आवश्यक छ, त्यसको पहिचानका लागि एउटा समिति बनाउ भनेर उपेन्द्रजीले प्रस्ताव राख्दा ओलीले त्यो प्रस्तावलाई ठाढै अस्वीकार गर्नुभयो । त्यसपछि उपेन्द्रजी अपमानपूर्वक मन्त्रालय परिवर्तन गरियो र पछि राजीनामा दिनुप¥यो । त्यो उपेन्द्रजी अहिले फेरि केपी ओलीसँग गठबन्धन गरेर संविधानको पुनर्लेखनको कुरा उठाउनुभएको छ । संशोधनका लागि कुन–कुन विषयमा संशोधन गर्ने, यसको पहिचान गरौं, समिति बनाउ भन्दा त उपेन्द्रजी केपी ओलीको सरकारबाट गलहत्याइएर बाहिर निस्किनुप¥यो । अहिले उपेन्द्रजीले संविधानको पुनर्लेखनको कुरा उठाउनुभएको छ । यस्ता–यस्ता कुाराहरुले गर्दा मधेशमा दलहरुको घोषणापत्र वा चुनावप्रति कुनै तरंग छैन । उहाँको चुनावी घोषणापत्रको बारेमा कतींकतै चर्चा भएको सुनिदैन । इलेक्सनको डिस्कोर्समा उहाँको एजेण्डा कतै छैन ।

उपेन्द्र यादवले आफ्नो जीतको सबैभन्दा ठूलो आधार जातीयतालाई बनाउनुभएको छ । विकासका ठूला–ठूला सपना बाँड्ने कुरालाई एजेण्डा बनाउनुभएको छ । उहाँ मधेशको एउटा चर्चित नेता भएकोाले उहाँको बारेमा मैले केही तथ्यहरु राखें । यहीं परिस्थिति फेरि अरुको पनि छन् ।

० उपेन्द्र यादवजी दोस्रो कार्यकालका लागि पुनः सप्तरी २ बाटै प्रतिस्पर्धामा हुनुहुन्छ । डा.सीके राउत, जयप्रकाश ठाकुर लगायतका हस्तीहरु उहाँका प्रतिस्पर्धी छन् । सप्तरी २ को चुनावी माहोल कस्तो छ त ?

— सप्तरी जिल्लामा यसअघि यति बिघ्न जातीयताको कुरा हुँदैनथ्यो । सप्तरीमा कुनै एउटा जाति निश्चितरुपले जनसंख्याको हिसावले प्रभावकारी जाति हो । उहाँहरुको संख्या धेरै छन् । तर म यस्तो पनि चुनाव देखेको थिएँ कि सप्तरीको १ बाट थारुले जित्दथ्यो, २ बाट राजपुत जित्दथ्यो, ३ बाट अल्पसंख्यक अमात जातिका मानिस चुनाव जित्थ्यो, ४ बाट पर्वते समुदायका मानिस चुनाव जित्दथ्यो । जसलाई सबैभन्दा ठूलो र शक्तिशाली जात भनिन्छ, उसको एउटा पनि उम्मेद्वार चुनाव जित्दैनथे । त्यो बेलामा जातीयताको कुरा थिएन । यादवले चौधरीको प्रचार गरिरहेका हुन्थे, चौधरीले राजपुतको प्रचार गरिरहेका थिए, राजपुतले अमातको प्रचार गरिरहेका थिए । उपेन्द्रजीले चुनावी प्रचारप्रसार, पर्चा–पम्पलेट, भाषणमा मधेशको अधिकार, विकास, समानता लगायतका कुराहरुलाई राख्नुभएको छ । तर, उहाँले सप्तरीको राजनीतिलाई जातीय आधारमा ध्रुवीकृत गर्नुभएको छ । यसको दुष्प्रभाव अहिले सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा देखिन्छ ।

अहिले सप्तरी क्षेत्र नं. २ मा उपेन्द्र यादवको चुनावी प्रचारको उद्देश्य पहिले आफ्नो जातीय भोटलाई सुरक्षित गर्ने, त्यसलाई किल्लाको रुपमा बनाउने, एउटा यस्तो माहोल खडा गरिदिने कि उहाँको जातिको मान्छेले उहाँलाई भोट नदिँदा कुजात हुने भन्ने माहोल बनाउनुभएको छ । उहाँ कहिले मुसलमानसँग गठबन्धनको कुरा अगाडि बढाउनुभएको छ, कहिले साहहरुसँग गठबन्धनको कुरा बढाउनुभएको छ । उहाँले टिकट वितरण पनि त्यहीं आधारमा गर्नुभएको छ । सप्तरीमा उपेन्द्रजीको पदार्पण भएपछि पूरानो संसदकालमा जुन जातीय राजनीति लगभग समाप्त भइसकेको थियो, अहिले ह्वात्तै बढेको छ । अहिले यादव भर्सेस अदर, अदर भर्सेस यादव, यादव–मुसलमान–साह यस्तो प्रकारको ध्रुवीकरण उहाँले गर्नुभएको छ । पूर्णरुपमा उहाँको चुनावी अभियानको दिशा नै यस्तै भइरहेको छ ।

० उपेन्द्र यादवले मधेश प्रदेशमा प्रदेशसभाका लागि ३६ जना उम्मेद्वारमा १९ जना यादव मात्रै छन्, १७ जना प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा १० जना यादव छन् । भनेपछि उपेन्द्र यादवजीले मधेशमा जातिवादी राजनीति सुरु गर्नुभयो । यसको दूरगामी प्रभाव के हुन्छ त ?

— जातिवादी राजनीतिले जहाँ पनि आमजनताको मूल समस्यालाई ओझेलमा पार्दछ । जातिवादी राजनीति हावी भएपछि जनताका मूल समस्याबाट दलहरुको ध्यान हटेको छ र भावनात्मक कुराहरुमा बढी ध्यान गएको छ । जसले गर्दा पार्टीहरु नै समाप्त भएर जानेछ । जसले गर्दा मधेशमा अहिले एउटा प्रभाव देखा पर्न थालेको छ कि मधेशका मुद्दाहरु समाप्त भएर गए । मधेशका मुद्दाहरु बारे कतै कुनै चर्चा छैन । यिनीहरु चुनावमा उठेर, जितेर मधेशका सवालहरु अगाडि बढाउलान्, हामीलाई हकअधिकार दिलाउने कुारामा कुनै विश्वास छैन । यिनीहरु चुनावमा जितेपछि आ–आफ्ना समुदाय र जातका सांसद बन्ने देखिएको छ । २०६४ को आन्दोलनमा सारा मधेशीहरु मधेशको सवाललाई लिएर अगाडि बढेको समाज अहिले जातीय रुपमा पूरै विभाजित भएको छ । जातीय र धार्मिकरुपमा यदिा हाम्रै प्रयासले समाज विभाजित हुन्छ भने त्यो समाज आफ्नो हकअधिकारका लागि लड्ने शक्ति गुमाउँछ । उपेन्द्र यादवजीको कारणले मधेशले भावी लडाइँका लागि आफ्नो शक्ति गुमाउँदे गएको छ । अन्ततोगत्वा उपेन्द्रजी, महन्थजीहरु शेरबहादुर वा ओलीजीको दरबारमा एउटा मालदार मन्त्रालय लिएर बस्नुहुन्छ । त्योभन्दा ठूलो उपलब्धि देखिएको छैन ।

० भनेपछि उपेन्द्रजी र महन्थजीहरु अब मधेशको मत लिएर ठूला दललाई बुझाउने भरियाको रुपमा मात्रै सीमित हुने भयो ?

— भरिया भन्दा उहाँहरुलाई आपत्ति होला तर यसो हेदा उहाँहरु केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डजीको मन्त्रिमण्डलमा एक÷दुई वटा मन्त्रालय लिएर बस्नुहुन्छ । तर सारमा भरिया नै भन्दा हुन्छ । उहाँहरु कुनै प्रभावकारी भूमिका निर्वाह गर्ने अवस्था त देखिरहेको छैन ।

० तपाइँले आफ्नो सामाजिक सञ्जालमार्फत् उपेन्द्र यादवमाथि विभिनन सवालहरु तेर्साउनुभएको थियोा । त्यो अहिले कतिको सान्दर्भिक छ ?

— मैले केही तथ्यहरु अगाडि राखेको थिएँ । उपेन्द्र यादवजीले भन्नुभएको थियो कि देशमा मधेशीहरुको जनसंख्या ५३ प्रतिशत छ । तर मधेशमा संघीय सरकारले जम्मा १८ प्रतिशत बजेट विनियोजन गर्दछ । अनि मैले प्रश्न उठाएको थिएँ कि १८ प्रतिशतलाई यदि १०० प्रतिशत मान्ने हो भने कति प्रतिशत मधेशको सरकारले विकास निर्माणको काममा खर्च गर्न सकेको छ । भनेपछि अहिले तथ्यांकहरुले बोलिरहेको छ कि १६/१७ प्रतिशतभन्दा बढी बजेट मधेश सरकारले खर्च सकिरहेको छैन । अहिले भर्खर एउटा तथ्यांक आयो कि देशभरिमा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने मानिसहरुको जिल्ला भनेको धनुषा हो । धनुषा जिल्ला अहिले मधेशको राजधानी पनि हो ।

अघिल्लो निर्वाचनमा जसपाले राम्रै प्रदर्शन पनि गरेको थियो । फेरि चार वटा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने मानिसको जिल्ला मधेशकै प¥यो । भनेपछि तपाइँको रोजगारीका सबै कुरा असफल भइसकेको छ । उहाँको सरकारले खेत–खेतमा पानी, हात–हातमा काम भनेर प्रतिबद्धता गरेको थियो । तर अहिले मधेशको उत्पादकत्व पूरै घटिसकेको छ । तीन वर्षदेखि किसानले समयमा मलखाद पाउन सकिरहेका छैनन् । जबकि कृषि मन्त्रालय निरन्तर उहाँकै मानिसहरुले चलाएको अवस्था थियो । उहाँको मधेश प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ अभियान चलायो । त्यसको सफलताको दर हेरियो भने एकदमै निराशाजनक छ । मैले यी सबै तथ्यहरु राखेर उपेन्द्रजीसँग प्रश्न गरेको थिएँ कि आज त तपाइँ जिम्मेवार हो नि ।

मधेशमा शासन गर्ने पार्टी त तपाइँ हो, तपाइँले त पाँच वर्ष निर्विघ्नरुपले मुख्यमन्त्रीदेखि मुख्य मन्त्रालयहरु चलाउनुभयो । खै त मधेशको जीवनमा के परिवर्तन आयो त ? तपाइँले यसको दवाफदेहिता बोक्नुपर्छ कि पर्दैन ? मधेश प्रदेश अहिले जनसंख्याको हिसावले सात वटा प्रदेशमध्यो सबैभन्दा ठूलो रहेको प्रदेश हो । यत्रो साधनस्रोत चलाउनुभएको छ । त्यहाँ सबै बेथिति राखेर अनि संघीय सरकारले हामीलाई यसो गर्न दिएन, उसो गर्न दिएन भनेर मात्रै भन्नुभयो भने इमान्दारिता भएन भन्ने कुराहरु मैले सामाजिक सञ्जालमा उठाएको थिएँ । उपेन्द्र यादवको विरोध गर्ने बित्तिकै केहीले यस कुरालाई फलानो जातिको विरोध गरेको भन्ने रुपमा प्रचारित गर्न खोजे । त्यो कुरालाई अन्त मोड्न खोजेको देखियो । तर यी कुराहरुको त कुनै जवाफ आएन नि । उहाँले पनि त जवाफदेहिता बोक्नुपर्ने थियो तर केही बोक्न सकिरहनुभएको छैन ।

० सप्तरी २ को परिणाम कस्तो आउने देख्नुहुन्छ ?

— सप्तरी २ का आदरणीय जनताले यसपालि उपेन्द्रजीलाई विदा गरिदिए धेरै राम्रो हुन्छ । किनभने के देखिएको छ भने उपेन्द्रजीको एउटा सवल पक्ष भनेको उहाँ यदि मन्त्री रहनुभएन, सत्तामा रहनुभएन भने उहाँले आन्दोलनको बाटो समात्नुहुन्छ । उहाँले विद्रोहका कुराहरु गर्नुहुन्छ । उहाँले मधेशका मागहरु पूरा हुनुपर्छ भन्ने कुराहरुतिर उहाँको बढी जोड हुन्छ । त्यसकारण सप्तरी २ का जनताले यदि उपेन्द्र यादवजीलाई यसपालि विदा गरिदिनुभयो भने मधेशका लागि राम्रो काम गर्न सक्नुहुन्छ । संसदमा प्रतिनिधित्वका लागि त के चिन्ता छ ? सीके राउतजीले पनि संसदमा राम्रो प्रतिनिधित्व गर्न सक्नुहुन्छ, राम्रो बोल्न सक्नुहुन्छ । जयप्रकाश ठाकुरजी पनि प्रभावशाली नेता हुनुहुन्छ, उहाँ पनि संसदमा गएर राम्रोसँग बोल्न सकनुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ । तर उपेन्द्र यादव संसदभन्दा बाहिर रह्यो भने उहाँले आन्दोलनको रथ हाँक्नुहुन्छ । त्यसकारण, पराजयलाई जहिले पनि नकारात्मक रुपमा लिनुहुँदैन ।

जितेको उपेन्द्र यादवले मधेशलाई जति गुण लगाउँछ, त्योभन्दा बढी हारेको उपेन्द्र यादवले लगाउँछ । उपेन्द्र यादवले एउटा मास मोभमेन्टको लिडरसिप लिन सक्नुहुन्छ । अहिले उहाँले जुन संविधान संशोधनको कुरा गर्नुभयो, त्यसलाई अझ प्रभावशाली ढंगले अगाडि बढाउनुहुन्छ । त्यसकारणले संसदमा सीके राउत गएपनि राम्रो हो, जयप्रकाश ठाकुर गएपनि राम्रो हो । तर, भोलि मधेशका सवालहरु, संविधान पुनर्लेखनका कुराहरुमा जनमत बनाउने क्षमता उपेन्द्रजीसँग छ, त्यो अरु कोहीसँग छैन ।

यदि सप्तरी २ का जनताले चुनावमा उपेन्द्रजीलाई विजय गराइदियो भने फेरि माथि गएर त्यहीं धन्दामा फँस्नुहुन्छ । यसबाट उहाँ उम्किनै सक्नुहुन्न । त्यसकारण मधेशको मास लिडरको रुपमा एक जनालाई जोगाइराख्नका लागि यदि पात्रहरु खोजियौं भने सबैभन्दा राम्रो मान्छे उपेन्द्र यादव हो । यसका लागि सप्तरी २ का जनताले उपेन्द्र यादवलाई सम्मानपूर्वक निर्वाचन हराइदिनुपर्छ । निर्वाचनबाट उपेन्द्र यादवलाई बाहिर राख्नुपर्छ । अनि हेर्नुहोला उपेन्द्र यादवले भोलिदेखि मधेशका मुद्दाहरुलाई जोडतोडका साथ अगाडि बढाउनुहुन्छ । मैले यसपालि परिस्थिति पनि त्यस्तै देखेको छु । शायद उपेन्द्रजी यसपालि जित्नुहुन्न । अहिले सप्तरी २ मा त्रिपक्षीय संघर्षको अवस्था देखिन्छ । आउने दिनमा उपेन्द्रजी र जयप्रकाश ठाकुर कि त उपेन्द्रजी र सीके राउतको दृश्य बन्नेवाला छ । त्यस्तो दुईपक्षीय दृश्य यदि बन्यो भने उपेन्द्रजी चुनाव हार्नुहुन्छ । उपेन्द्रजी व्यक्तिगतरुपले चुनाव हारे पनि त्यो मधेशको हार हुँदैन । त्यो वास्तवमा मधेशको जीत हुन्छ । यसकारणले हारेको उपेन्द्र यादवले मधेशका लागि बढी राम्रो काम गर्न सक्नुहुन्छ । उहाँले मधेशका लागि बढी योगदान दिन सक्नुहुन्छ । उपेन्द्र यादवमा अन्तर्निहीत रहेको यो गुणको पहिचान गरेर सप्तरी २ का मतदाताले सम्मानपूर्वक उपेन्द्र यादवजीलाई यसपालि बिदा गरिदिए धेरै राम्रो हुन्थ्यो ।

० विगतका निर्वाचनहरुको पूर्वसन्ध्यामा मधेशका दलहरुबारे तपाइँ गरेको अनुमान लगभग मेल खाएको थियो । यसपालिको चुनावको पूर्वसन्ध्यामा हामी छौं, तपाइँको कस्तो आँकलन छ ?

— जसपा र लोसपा दुइटै मिलाएर संघीय संसदमा १७–१८ भन्दा बढी नाघ्ने अवस्था छैन । किनभने समानुपातिकमा पनि राम्रो मत यिनीहरुले पाउँदैन । यो दुःखको कुरा हो कि मधेशमा यसपालि एमाले अथवा कांग्रेस गठबन्धनको उपस्थिति बलियो भइरहेको छ ।

० कतिपयले त लोसपाले थ्रेसहोल्ड पनि कटाउँदैन भनिरहेका छन् नि ?

— लोसपाले थ्रेसहोल्ड कटाउनै कठिन छ । यसपालि त मलाई लाग्छ कि उपेन्द्र यादवजीले पनि थ्रेसहोल्ड कटाउनु हुन्छ कि हुन्न । त्यस्तो पो देख्दैछु त ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)  लाई सभार गरिएको हो । मधेशवाणी बाट 

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: