No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’


बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

काठमाडौं । नेपालमा समेत छायाँकन भएको बलिउड फिल्म ‘उचाईं’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। नेपालको पर्यटकीय क्षेत्रमा छायाँकन भएकाले यो फिल्मले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसनजस्ता दिग्गज कलाकारहरूले अभिनय गरेका छन्।

नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाँकन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत काम गर्ने अवसर पाएका थिए।

बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्। नेपालमा स्वयम्भु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाँकन भएको थियो। नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए।

‘उहाँहरूसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाएँ। उहाँहरूको काम गर्ने शैली परिपक्व छ,’ प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने, ‘दिग्गज कलाकारहरूको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्थ्यो। निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गर्नुभएन।’

छायाँकन टोलीमा भारतका एक सय ५५ जना सदस्य र नेपालीतर्फ कलाकारबाहेक छायाँकनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटेका थिए। टोलीका लागि ६० भन्दा बढी गाडीको प्रयोग चौबिसै घण्टा रहन्थ्यो। लाइन प्रोड्युसर आचार्यका अनुसार छायाँकनको दौरान लगभग तीन सयको हाराहारीमा हेलिकोप्टर उडान गरिएको थियो। ‘हामीले फाप्लो-लुक्ला, लुक्ला-नाम्चे, नाम्चे-एबीसी, कालापत्थर, कालापत्थर-काठमाडौं, काठमाडौं-मनाङको यात्रा हेलीबाटै गरेका थियौं,’ उनले भने।

उचाईंको छायाँकन भएपश्चात् केही सिरिज तथा फिल्महरू नेपालमा छायाँकन भएका छन्। ‘सरकारका तर्फबाट केही सेवासुविधा पाए छायाँकनमा आउने सङ्ख्या बढ्छजस्तो लाग्छ। कानुनी अड्चनसँगै विविध समस्याहरू छन्। यद्यपि, उचाईं प्रदर्शन भएपछि अन्य प्रोडक्सन हाउसलाई नेपालले लोभ्याउनेमा विश्वत छु,’ प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने।
डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन्। उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरे पनि त्यो सफल हुँदैन। डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा देखाइएको छ।

नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई हिमाल पुर्‍याउने र घुमाउने भूमिका निर्वाह गरेकी छन्। यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो। acpnewsnepal

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: