काठमाडौं । नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ ।शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो ।
नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण कारण नेपाली रुपैयाँमा पनि कमजोर भएको हो ।