No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

रहरले सञ्चारकर्मी, परिस्थितिले राजनीतिकर्मी बनायोः रवी लामिछाने

रहरले सञ्चारकर्मी, परिस्थितिले राजनीतिकर्मी बनायोः रवी लामिछाने

काठमाण्डौ । ‘नमस्ते, आजबाट मैले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई बिश्राम दिंदैछु । एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरें । के गरें ? कति गरें ? तपाईँ दर्शकहरुसंग त्यसको हिसाब छ । र मलाई त्यो हिसाब कहिल्यै पनि चाहिदैन । र यदि मैले केही राम्रै गरेको रहेछु भनेपनि त्यसको ब्याज कहिल्यै माग्ने छैन । सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ ओगट्न खोजिन । बरु आफ्नो छुट्टै र अलग्गै ठाउँ बनाउने कोशिश गरें । यो कोशिशमा मैले सधैं सिधा कुरा नै गरिरहें । र आज अर्को सिधा कुरा गर्न यहाँ आएको छु । अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहान्छु । म रहरले सञ्चारकर्मी भएको हो । तर परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो ।’ यो भनाई हो चर्चित सञ्चारकर्मी रवि लामिछानेको ।

नेपाली जनताको मन मुटुमा बस्न सफल टेलिभिजन प्रस्तोता लामिछानेले आजैका दिनदेखि राजनीतिमा लागेको स्वघोषणा गरेका छन् । उनले ग्यालेक्सी फोरके टेलिभिजनमा आफ्नो जागिर छाडेर राजनीतिमा आएको बताएका छन् । परिस्थितिले राजनीतिज्ञ बन्न लागेको भिडियो सार्वजनिक गरेर उनले सामाजिक सञ्जालमा आफ्ना दर्शकलाई यो कुराको जानकारी दिएका छन् । आगषमी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा रविले काठमाण्डौबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ ।

लामिछानेले सार्वजनिक गरेको उक्त भिडियोमा उनले आफुले शुरु गर्न लागेको राजनीतिक यात्राका विषयमा अषाढ ७ गते राष्ट्रिय सभाहलबाट जानकारी दिने पनि बताएका छन् । उनले भनेका छन्,‘मेरो जीवनको नयाँ यात्राको विषयमा तपाईँहरुलाई धेरै कुरा जान्न मन लागेको होला । किन राजनीतिमा प्रवेश गर्ने इच्छा राख्यो भनेर बुझ्न मन लागेको होला ? यस्ता धेरै कुराहरुको जिज्ञासा मेटाउनकालागी यही अषाढ ७ गते राष्ट्रिय सभा हलमा आउनु होला । त्यही नै सबै कुरा बताउने छु ।’ सञ्चारकर्मी हुँदा आवाज बिहीनहरुका आवाज बनेका लामिछाने अब राजनीतिको माध्यमबाट जनताको आवाज बन्ने तयारीमा छन् । रवीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिएको श्रोतले बताएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

Next Post
भोलिदेखि आचारसंहिता लागू

भोलिदेखि आचारसंहिता लागू

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: