काठमाडौं । श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् ।
त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए। टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।











