राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवन शिलान्यास भएको छ । एक समारोहका बीच मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले शुक्रबार राजविराजमा भवनको शिलन्यास गरेका हुन् ।
केहि दिनभित्र भवन निर्माण थाल्ने तयारी गरेर भवनको शिलान्यास भएको हो । भवन शिलान्यास कार्यक्रमा जिल्ला भरीका विभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरुको उपस्थितीमा भवन शिलान्यास भएको हो ।
भवन निर्माणका लागि मधेश प्रदेश सरकारले २५ लाख रुपैयाँ रकम विनियोजन गरेको महासंघका कोषाध्यक्ष नविन गुप्ताले बताए । तोकिएको समय भित्र निर्माण गरी सक्ने शाखाले लक्ष्य राखेको छ ।
भवन शिलन्यास पछिको समारोहमा बोल्दै मन्त्री साहले आधुनिक, सुविधा सम्पन्न भवन निर्माण गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । पत्रकार महासंघको सस्थागत विकासमा आफूले भुमिका निर्भाह गर्ने बताउदै मन्त्री साहले विकास निर्माणका काममा खवरदारी गर्नका लागि समेत सुझाव दिए ।