No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘वर्ड टुर’ गरेका स्टोरी टेलर साइग्रेस अब ‘वर्ल्ड टुरमा’

‘वर्ड टुर’ गरेका स्टोरी टेलर साइग्रेस अब ‘वर्ल्ड टुरमा’

बार्सिलोना। ‘जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।’ नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्दा स्टोरी टेलर’ अर्थात् ‘कथा वाचक’ को परिचय बनाएका साइग्रेस पोखरेलले व्यक्त गर्दै आएको यो अभिव्यक्ति हो।

गत नोभेम्बर ९ देखि २७ सम्म नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दहरुको भम्रण) गरेका थिए। १४ वटा कार्यक्रममा करिब १० हजार दर्शकसँग साक्षात्कार गरेको उनको अनुमान छ । साइग्रेसको आवाज सुन्न र भेट्न आउने दर्शकको घुइँचो थामिनसक्नु नै थियो।

शब्दहरुको भ्रमण अर्थात् ‘वर्ड टुर’ गरेका साइग्रेस यतिबेला वर्ल्ड टुरमा (विश्व भम्रणमा) उत्रिएका छन्।

विदेशमा बस्ने नेपाली माँझ साक्षात्कार गर्ने उनको यात्रा अष्ट्रेलियाबाट सुरु हुँदैछ। अगष्ट १ सोमबार  ब्रिस्बेन सहरमा साइग्रेसको पहिलो कार्यक्रम हुँदैछ। अगष्ट ७ मा पर्थ  र १९ मा सिड्नीमा पुगेर उनले कथा वाचन गर्दैछन्।

हाइपेक्स इभेन्टको आयोजना तथा ब्रिजोक्सको सहयोगमा अष्ट्रेलियाका अन्य सहरहरुमा पनि कार्यक्रमहरु तय हुँदैछन्। अष्ट्रेलिया पछि साइग्रेसको यात्रा युरोपका विभिन्न मुलुकहरु हुँदै अमेरिकामा रहेका नेपाली माझ पुग्नेछ।

काठमाडौं स्थायी घर भएका साइग्रेस पोखरेल हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन्। उनी डेनमार्कमा उच्च शिक्षाको अध्ययनपछि पाँच वर्षयता स्पेनमा बस्दै आएका हुन्।

स्पेनमा बसेर नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका साइग्रेसले शुक्रबार अष्ट्रेलिया उड्नुअघि अनलाइनखबरसँग कुराकानी गर्दै आफू निकै उत्साहित भएको सुनाए। ‘पहिले सयौंले चिन्नुहुन्थ्यो। अहिले लाखौंको माया छ। विदेशमा बस्ने नेपालीहरुमाझ पनि शब्द यात्रासहित साक्षात्कारको अवसर जुरेको हुँदा निकै उत्साहित छु,’ उनले भने।

‘विदेशमा सांगीतिक कार्यक्रमहरु हुन्छन् । नाटक मन्चन हुन्छन्। प्रहसन भएका छन् तर कथाको यो नौलो यात्रा हो जस्तो लाग्छ’ उनले थपे, ‘यो चाहिं सम्भवत: पहिलो हुन सक्छ। आफू पायोनियर हुन पाएकोमा धेरै खुशी लागेको छ। व्यवसायीकरणको सुरुआतसँगै अरु युवाहरु जो यो क्षेत्रमा आउन चाहान्छन्। उहाँहरुको लागि प्रेरेणा बन्नसक्छ।’

मनदेखि नै काम गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि भविष्य रहेको साइग्रेस बताउँछन्। स्टोरी टेलरको क्षेत्रमा पनि व्यवसायीकरण सुरु भएको भन्दै धेरै युवाहरुमाझ राम्रो सन्देश जाने उनको ठम्याइ छ।

विदेशिएका युवाहरुको आवाज बोल्ने प्रतिनिधि कथाहरु आफूले पस्कदै आएको उनि बताउँछन्। ‘विदेशमा दु:ख मलाई मात्रै होइन। अरुलाई पनि रहेछ। संघर्षलाई जितेर गइसकेपछि अवश्य सफलता मिल्छ भन्ने सन्देश प्राय: मेरा कथाहरुले दिइरहेका हुन्छन्,’ साइग्रेसले सुनाए।

‘मेरो भोगाइ र सबैको भोगाइलाई बुझ्दाखेरि दु:ख मलाई मात्रै रहेनछ सबैलाई रहेछ। संघर्षलाई छिचोल्दै अघि बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने सन्देश कथाहरूले दिइरहेका हुन्छन्’ उनले भने, ‘थाकेको शरीरले मनोरञ्जन खोज्छ। कतिले त आवाजलाई औषधिको रुपमा लिनुभएको पनि सुनाउनुहुन्छ । त्यसैले स्टोरीमा काउन्सिल पनि गरिरहेका हुन्छौं। अहिलेको यात्रामा यस्तै कथाहरु पनि सुनाउने छु।’

साइग्रेसको युट्युब च्यानलमा ४ लाख ५०  हजार सब्सक्राइबर रहेका छन्। साइग्रेसको पाँचवटा अडियो उपन्यास आफ्नै युट्युवमार्फत सार्वजनिक गरेका छन्। उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’  ४५ लाखले हेरेका छन्। उनको युट्युबमा नौलो सुरुआत २३ लाख, नयाँ बेहुली १८ लाखले कथा सुनेका छन्।

किन त्यति धेरै चर्चित बने ? उनी भन्छन्, “मेरो आध्यात्मिक अभ्यासले पनि के सिकायो भने, जे बोल्छौ त्यो पालन गरेको हुनुपर्छ। र जे पालन गरेको हुन्छौ त्यति मात्रै बोल्नु पर्दछ। सायद यही सिकाइ पद्धति अलिअलि अबलम्बन गर्ने प्रयासमा हो कि । मेरा भोगाइ र अनुभवहरु कथामा उतार्ने गर्छु। प्राय: हाम्रा भोगाइ र पीडाहरु एकै खालका हुन्छन्। त्यसैले सबैलाई आफ्नै कथा जस्तो लाग्दछ।’

‘कुनै कथाको विषय दिमागमा आइहाल्यो भनेदेखि त्यो ठाउँमा आँफूलाई राख्छु। मेरो जीवनका घटना र पात्रहरुलाई मैले त्यसमा मिसाउने गर्छु। हरेक कथामा जीवनमा भएको एउटा न एउटा घटना मिसिएको छ। र पात्रहरु पनि आफ्नै साथीहरुको नाम छ”, उनले थपे।

विदेशमा रहेका नेपालीहरुको कथाबारे पनि उनको आफ्नै धाराणा छ।  उनका अनुसार नेपाल छँदा विदेश पुगेपछि आफ्ना समस्याहरु एकै छिनमा सुल्झिन्छ भन्ने धेरैको सोच हुन्छ। विदेशको रंगिन जीवनको मात्र कल्पना गरेका हुन्छौं। तर विदेशमा वास्तविकता फरक छ। त्यसैले पनि युवाहरु मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुँदै जाने समस्या देखिन्छ। उनीहरुमा निराशापन पनि छ।

सबै युवाहरु निराश पनि छैनन्। लामो समयपछिको संघर्ष र धैर्यतापछि आफ्नो क्षेत्रमा सफलता पनि प्राप्त गरेका छन्। विभिन्न क्षेत्रमा दक्ष नेपाली युवाहरु पनि छन् । आफूले सिकेको ज्ञान, सिप लिएर तत्काल नेपाल पुग्ने भने सोचेका हुँदैनन्। किनकि त्यो किसिमको वातावरण अहिलेसम्म देखिंदैन। सफलता र असफलताले भरिएका दुवै कथाहरू परदेशमा रहेको उनी सुनाउँछन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

पहलगाम आक्रमणपछि तनाव, ‘अपरेसन सिन्दुर’ मार्फत भारतको जवाफी कारबाही

पहलगाम आक्रमणपछि तनाव, ‘अपरेसन सिन्दुर’ मार्फत भारतको जवाफी कारबाही

Next Post
फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: