No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

राष्ट्र बैंकको निष्कर्ष : कर्जा स्वीकृतिमा बैंक सञ्चालकको हस्तक्षेप

राष्ट्र बैंकको निष्कर्ष : कर्जा स्वीकृतिमा बैंक सञ्चालकको हस्तक्षेप

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकहरुको दर्जनौं कमजोरी औल्याएको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बैंक सुपरिवेक्षण रिपोर्टमा बैंकहरुले ऋणीको क्षमता मूल्यांकन नगरी धितोको आधारमा ऋण दिने गरेको उल्लेख छ । यस्तै कोभिड–१९ को बेलामा दिएको अतिरिक्त चालु पूँजी कर्जा प्रयोग अर्को ऋण तिर्नका लागि भएको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरुमा कर्जा स्वीकृत गर्ने प्रक्रियामा बोर्डको संलग्नता हुने गरेको कमजोरी राष्ट्र बैैंकले औल्याएको छ । आर्थिक वर्षको राष्ट्र बैंकले गरेको स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका आधारमा राष्ट्र बैंकले उक्त प्रतिवेदन तयार गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा केन्द्रीय बैंकले पहिलो र दोस्रो त्रैमासमा कोरोना महामारीका कारण सुपरिवेक्षण गर्न नसकेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा सिटिजन्स बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र ग्लोबल आईएमई बैंकको स्थलगत सुपरिवेक्षण गरेको छ । चैथो त्रैमासमा बैंक अफ काठमाण्डू, लक्ष्मी र नबिल बैंकको स्थलगत सुपरिवेक्षण गरेको छ ।

यसबाहेक बैंक अफ काठमण्डु, सनराइज बैंक, प्रभू बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्र«े बैंकको विषेश सुपरिवेक्षण गरेको छ । सुपरिवेक्षणमा देखिएका कमीकमजोरी सुधारका लागि निर्देशन समेत दिइसकेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले बैंकहरुले दिएको जोखिम अनुसारको प्राथमिक पूँजी व्यवस्थापन गर्न बैंकहरुले नसेकेको प्रतिवेदनमा उल्लेख छ ।

‘धेरैजसो बैंकको कर्जा स्वीकृत प्रक्रियामा बोर्डको पनि संलग्नता रहेको पाइएको छ । बैंकको बोर्डले नीति निर्माण/कार्यान्वयन र जोखिम व्यवस्थापन प्रक्रियाहरूको सट्टा व्यापारिक कार्यहरूमा बढी ध्यान केन्द्रित गर्ने गरेको देखिन्छ,’ बैंक सुपरिवेक्षण प्रतिवेदनमा भनिएको छ, ‘केही बैंकहरूमा कर्जा जोखिमका लागि जोखिम भार गलत लेखाङ्कन गरेको छ । भुक्तानी नगरिएको ऋणको लागि सही लेखांकन नगरेर पूँजी अनुपात बढाएको छ ।’

यस्तै दीर्घकालीन ऋण प्रतिबद्धताहरूको जोखिम भार अनुचित ढंगले तोक्ने गरेको प्रतिवेदनमा उललेख छ । बैंकहरुको पूँजी संरक्षण बफर पूँजी पर्याप्तता फ्रेमवर्क, २०१५ अनुसार नभएको राष्ट्र बैंकले जनाएको छ । धेरै बैंकहरुमा आन्तरिक र बाह्य लेखापरीक्षण प्रतिवेदनहरू माथि उठेका सवालहरुको समाधान गर्न प्रभावकारी संयन्त्रको अभाव रहेको प्रतिवेदनमा उललेख छ ।

बैंकहरुले ‘एड–हक’ बेसिसमा छोटो अवधिका कर्जा दिने र कर्जाको भुक्तानी मिति बढाउने गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले कर्जा तिर्ने अवधि बढाउँदै जाने र कर्जा समयमा भुक्तानी नहुँदा बैंक तथा वित्तीय संस्थाले अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिएर व्यवस्थापन गर्ने प्रचलन रहेको जनाएको छ ।

‘कतिपय बैंकहरूले आवश्यकताको उचित मूल्यांकन नगरी ऋणीको अनुमानित वित्तीय क्षमताको आधारमा नभई धितोमा आधारित ऋण दिएका छन् । कोरोना महामारीको समयमा सहुलियतको रुपमा प्रदान गरेको थप चालु पूँजी कर्जा अन्य ऋणको साँवा तथा ब्याज तिर्न प्रयोग भएको छ’ प्रतिवेदनमा भनिएको छ ।

बैंकहरुले लगानी गरेको कर्जा उदेश्य अनुसार प्रयोग नभएको र बैंकहरुले त्यसको अनुगमन पनि नगरेको राष्ट्र बैंकले जनाएको छ । अधिकांश बैंकमा कर्जा र इक्विटी अनुपात ४ः१ भन्दा माथि भएका ऋणीहरूलाई एकीकृत निर्देशनको व्यवस्था अनुसार वर्गीकृत नगरेको समेत पाइएको बताएको छ ।

केही बैंकहरूको सम्पत्ति दायित्व समितिको सदस्यको रूपमा प्रमुख जोखिम अधिकारी रहेको र यसबाट हुने व्यापारी निर्णयमा जोखिम व्यवस्थापन कार्य स्वतन्त्र हुन नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

अधिकांश बैंकले व्याजदरमा उतार–चढ़ावबाट उत्पन्न जोखिमलाई सम्बोधन गन जोखिम मूल्यांकनका लागि छुट्टै बृहत नीति नबनाएको प्रतिवेदनमा उल्लेख छ । बोर्डले बनाएको निरीक्षणको स्तर र सञ्चालनमा कतिपय बैंकका वरिष्ठ व्यवस्थापन कमजोर देखिएको उल्लेख छ ।
‘आन्तरिक नीतिहरूको पालना नहुने, निर्देशनहरूको कमजोर अनुगमन, आन्तरिक र बाह्य लेखा परीक्षकको प्रतिवेदनले समान प्रकृतिका समस्याहरु नियमित रूपमा देखाएका छन्,’ प्रतिवेदनमा भनिएको छ । बैंकहरूले सूचना र सुरक्षा प्रणालीको लेखा परीक्षण अनिवार्य रूपमा नगरेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका क्रममा बैंकहरुले गरेका कमजोरी तथा गल्तीहरुलाई नियामकीय व्यवस्थाअनुसार कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताए । त्यसलाई पनि अटेर गरेर कार्यान्वयन नगर्ने बैंकहरुलाई एकीकृत निर्देशनमा भएको व्यवस्था अनुसार आवश्यक कारबाही हुने उनी बताउँछन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

एसएमईको पहुँच बढाउन विश्व बैंकले ९५ मिलियन डलर स्वीकृत

एसएमईको पहुँच बढाउन विश्व बैंकले ९५ मिलियन डलर स्वीकृत

आयोजना निर्माणमा बाधा पुगेको भन्दै इप्पानले हकप्रद सेयर नियम संशोधन माग्यो

आयोजना निर्माणमा बाधा पुगेको भन्दै इप्पानले हकप्रद सेयर नियम संशोधन माग्यो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

तीन दशकको मूर्तिकला आज अस्तित्व जोगाउने संघर्षमा

तीन दशकको मूर्तिकला आज अस्तित्व जोगाउने संघर्षमा

ट्रम्पको कडा करपछि भारतले ब्याजदर २५ आधार अंकले घटायो

ट्रम्पको कडा करपछि भारतले ब्याजदर २५ आधार अंकले घटायो

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

Next Post
एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ विद्यार्थी उत्तीर्ण (विवरणसहित)

एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ विद्यार्थी उत्तीर्ण (विवरणसहित)

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: