No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

काठमाडौं। नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताए।

सोही कारण पछिल्लो समय नेपाल सहित विश्वभर सुनचाँदीको मूल्य व्यापक रुपले बढेको उनले जानकारी दिए। ‘यो आजको मात्र होइन, सयौँ वर्षदेखि चल्दै आएको अभ्यास पनि यहि हो,’ उनले भने।

शाक्यका अनुसार सुन र चाँदीको माग अचानक बढ्दा आपूर्ति भने सीमित हुने भएकाले मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो। ‘सुन खानीबाट मात्र प्राप्त हुने खनिज हो। यसलाई प्रयोगशालामा उत्पादन गर्न सकिने अवस्था छैन्। खानीहरू क्रमशः घट्दै गएका छन, तर माग अत्यधिक बढेको छ। सोहि कारण मूल्यवृद्धिमा सहयोग भइरहेको छ,’ उनले भने

उनले अहिले केवल व्यक्ति मात्र होइन, ठुला ठुला राज्यहरूले नै सुन–चाँदीलाई ‘सेफ हेभन’को रूपमा संचित गर्न थालेको बताए। ‘संसारका धनी कहलिएका राष्ट्रहरूलाई पनि अब आफ्नै कागजी मुद्रामा विश्वास छैन्। युद्धका कारण कुनैपनि राज्य असफल हुँदा कागजी पैसा शून्य हुन्छ, तर सुन–चाँदीले मात्र आफ्नो मूल्य जोगाउँछ भन्ने इतिहासले देखाइसकेको छ,’ उनले भने।

इराक युद्धपछिको उदाहरण दिँदै उनले भने, ‘इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको पालामा जुन मुद्रा बलियो थियो, युद्धपछि त्यो कागज बराबर पनि रहेन। जसले सुनचाँदी राखेका थिए, उनीहरू मात्र बचे।’

उनका अनुसार रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, चीन–ताइवान तनाव जस्ता घटनाले विश्वव्यापी ‘वार मेन्टालिटी’ बढाएको छ। यही कारण डलरसँग सुनको परम्परागत सम्बन्ध पनि कमजोर हुँदै गएको उनको विश्लेषण छ। ‘पहिला डलर बलियो हुँदा सुन घट्थ्यो, अहिले त्यो सम्बन्ध छैन। अहिले डलर प्यानिक छ सोही कारण डलरको मूल्य बढ्दा सुनको मूल्यपनि बढीरहेको छ,’ उनले भने।

शाक्यका अनुसार अमेरिकालगायत ठूला राष्ट्रहरू स्वयं पनि डलरभन्दा सुनको भण्डारण बढाउँदै छन्। ‘रुसले युद्धपछि अर्बौं डलर बराबरको सम्पत्ति गुमायो। यही डरका कारण चीनजस्ता देशहरूले पनि डलरभन्दा सुन–चाँदीतर्फ रिजर्भ सारिरहेका छन,’ उनले बताए।

गहनाको माग घट्यो, फिजिकल गोल्डको बढ्यो

नेपालको सन्दर्भमा गहना बनाउने सुनको माग घट्दै गएको र फिजिकल गोल्ड तथा चाँदी किन्ने प्रवृत्ति बढेको उनले बताए। ‘बिहेमा नयाँ गहना बनाउनेभन्दा पुरानो गहना साट्ने, मर्मत गर्ने र पुनः प्रयोग गर्ने चलन बढेको छ,’ उनले भने। उनका अनुसार सुन–चाँदी रिसाइकल गर्न सकिने धातु भएकाले पुराना गहनाबाटै ठूलो मात्रामा कारोबार भइरहेको छ। ‘नयाँ गहना बनाउने माग करिब ८० प्रतिशतले घटेको छ,’उनले दाबी गरे।

शाक्यले नेपालमा नागरिकले काँचो सुन किन्न नपाउने व्यवस्थालाई विडम्बनापूर्ण भएको बताएका छन्। ‘२०६७ सालदेखि राष्ट्र बैंकले काँचो सुन किन्न प्रतिबन्ध लगाएको छ। काँचो चाँदी किन्न पाइन्छ, सुन पाइँदैन,’उनले भने। सम्पत्तिको हकअनुसार सुन–चाँदी चल सम्पत्ति भएको देवानी संहिताले नै परिभाषित गरिसकेको भन्दै उनले यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर गरिएको जानकारी दिए।

उनका अनुसार विश्वभर सुनचाँदीको माग उच्च भइरहेका बेला नेपालमा नीतिगत प्रतिबन्धले बजारलाई अनौपचारिकतर्फ धकेलिरहेको छ। ‘मानिसहरू किन्न चाहन्छन तर सहज व्यवस्था नहुँदा समस्या बढिरहेको छ,’ उनले बताए।

मूल्यवृद्धिले सुनको मागमा कमी

उनका अनुसार हाल नेपालका सबै ७७ जिल्लामा सुनचाँदीको कारोबार भइरहेको छ। ‘पहिला ४०–५० जिल्लामा मात्र कारोबार सीमित थियो, तर संघीय संरचनापछि अहिले सबै जिल्लामा सुनचाँदीको व्यापार विस्तार भएको छ,’ उनले भने। गत मंसिर महिनामा मात्रै नेपालभर करिब ५० देखि ५५ किलो सुनको माग रहेको शाक्यको भनाइ छ। हाल भने सिजन कमजोर हुँदा दैनिक १० देखि १५ किलोको हाराहारीमा कारोबार भइरहेको छ।

शाक्यका अनुसार अहिले स्थानीय स्तरमा धेरैले पुरानो गहना साटेर वा बेचेर आफ्नो आवश्यकताअनुसार कारोबार गरिरहेका छन्। ‘बिहे, पार्टी, सामाजिक संस्कारजस्ता प्रयोजनका लागि अलिअलि सुन किन्ने क्रम भने निरन्तर छ,’ उनले भने।

हाल सबै बैंकले सुन आयात नगरेको र १८ मध्ये दुई–तीनवटा बैंकमार्फत मात्र आयात भइरहेकाले आपूर्तिमा चाप परेको शाक्य बताउँछन्। ‘एउटा बैंकले ५० किलो सुनको असाइनमेन्ट ल्याउँदा पनि लामो समय पर्खिनुपर्ने अवस्था छ,’ उनले भने। पछिल्लो समय ८५ देखि १२५ किलोसम्म सुन बैंकमै होल्ड भएर बसेको उदाहरण दिँदै उनले आयात प्रक्रियामा देखिएको जटिलताले बजारलाई थप दबाबमा पारेको बताए।

उनका अनुसार बैंकहरूले आयात गरेको सुन रिजर्भमा राख्ने र त्यसलाई व्यवसायीले बिस्तारै किनेर बजारमा आपूर्ति गर्ने अवस्था छ। ‘कम्तीमा आगामी तीन–चार महिना यो अवस्था यथावत् रहन सक्छ,’ उनले अनुमान गरे। शाक्यले युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता, इरान–इजरायल तनाव, चीन–ताइवान विवादजस्ता घटनाले सुनको मूल्यलाई थप उचाल्ने चेतावनी दिए। ‘यदि इरानजस्तो ठूलो देश युद्धमा तानियो भने सुन र तेल दुबै बजारमा ठूलो उथलपुथल आउन सक्छ,’ उनले भने। उनका अनुसार अमेरिकाले विश्वको ‘डि–फ्याक्टो’ केन्द्रीय बैंकको भूमिका खेलिरहेको छ। अमेरिकासँग करिब आठ हजार टन सुन भण्डारण रहेको र उसले चाहेमा बजार हस्तक्षेप गरेर मूल्य घटाउन सक्ने भए पनि हालसम्म त्यसो नदेखिएको उनको विश्लेषण छ। आगामी दिनमा सुनको मूल्य अभैं बढ्ने ६० प्रतिशत सम्भावना रहेको र अझै ४० प्रतिशत सम्भावना करेक्सन अर्थात् घट्नसक्ने देखिन्छ,’ उनले भने।

चाँदीको माग तिब्र

सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ भन्दा माथि पुगेपछि चाँदीको मागमा तिब्र वृद्धि देखिएको शाक्यले बताए। पछिल्लो समय चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण औद्योगिक क्षेत्रमा यसको माग अस्वाभाविक रूपमा बढ्नु उनले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदी अब केवल गहना, भाँडाकुँडा वा धार्मिक प्रयोजनमा सीमित नरही सोलार प्यानल, डाटा सेन्टर, एक्स–रे मेसिन, क्यामेरा, इलेक्ट्रोनिक्सलगायत उच्च प्रविधिका उद्योगमा अत्यधिक प्रयोग हुन थालेपछि यसको माग विश्व बजारमै चुलिएको हो।

चीनमा चाँदीको आपूर्ति सीमित हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग झनै बढेको उनले बताए। ‘चाँदीको मूल्य ८० प्रतिशतसम्म बढ्ने र २० प्रतिशत करेक्सन हुने सम्भावना देख्छु,’ उनले भने। पछिल्लो एक वर्षमा मात्रै चाँदीको मूल्य करिब १०० प्रतिशतले बढिसकेको उनको दाबी छ।
शाक्यका अनुसार विगतमा चाँदी मुख्यतः हस्तकला तथा परम्परागत उपयोगमा सीमित थियो। ‘पहिला चाँदी भनेको हस्तकलाजन्य कच्चा पदार्थ थियो, भाँडाकुँडा, मूर्ति, धार्मिक सामग्री, कलात्मक सामग्री बनाउने कारिगरहरूले प्रयोग गर्थे,’उनले भने, ‘धनाढ्य वर्गमा आज पनि चाँदीका थाल, गिलास, भाँडाकुँडाको प्रयोग चलनमै छ।’

नेपालमा लगानी विकल्पको संकट

शाक्यका अनुसार नेपालमा सुरक्षित लगानीका विकल्प सीमित हुँदा सुन–चाँदी ‘सेफ हेभन’ बनेको छ। ‘पछिल्लो समय घरजग्गा, मुद्धती निक्षेप, सहकारी सबै जसो लगानीमा खासै उत्साह नभएको देखिन्छ। सुन–चाँदीमा भने दैनिक मूल्य बढ्ने भएकाले आकर्षण बढेको छ,’ उनले भने।

नेपालमा सुन र चाँदीको खानी नहुँदा सम्पूर्ण आपूर्ति आयातमै निर्भर रहेको र दुबई, इटाली तथा स्विजरल्याण्डबाट ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। ‘हाम्रो संस्कृतिमा पनि सुन–चाँदीको ठूलो महत्व छ। धार्मिक, सांस्कृतिक र सामाजिक कारणले पनि यसको माग निरन्तर रहन्छ,’ उनले भने। युद्धको आशंका, राज्यहरूद्वारा सुन–चाँदी भण्डारण र लगानी विकल्पको अभाव कायम रहेसम्म सुनचाँदीको मूल्य उच्च नै रहने संकेत देखिएको शाक्यको दाबी छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

Next Post
बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

Leave a Reply Cancel reply

ताजा समाचार

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

योजनाबद्ध हत्या प्रकरणमा दोषीलाई आजीवन जेल

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

प्राध्यापक र कर्मचारीको राजनीतिक संलग्नतामाथि आयोगको कडा अनुगमन

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

कानुनी जटिलतामा अल्झिएको शान्तिको नागरिकता प्रक्रिया

कानुनी जटिलतामा अल्झिएको शान्तिको नागरिकता प्रक्रिया

निर्वाचन बहिष्कार हल्लामाथि कडा निगरानी गर्न निर्देशन

निर्वाचन बहिष्कार हल्लामाथि कडा निगरानी गर्न निर्देशन

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: