No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

राष्ट्रिय टिमलाई राखेपको ‘रिफ्रेसमेन्ट’, खेलाडी भन्छन् : नौलो अनुभव

राष्ट्रिय टिमलाई राखेपको ‘रिफ्रेसमेन्ट’, खेलाडी भन्छन् : नौलो अनुभव

काठमाडौं । खेल मनोविज्ञानको विषय नेपाली खेलकुदवृत्तका लागि नौलो अनुभव हो । सफल खेलाडी बन्न शारीरिक चुस्तता, तयारी र अनुभवसँगै समानान्तर अर्को पक्ष मनोविज्ञानबारे नेपालमा चर्चा हुन थालेको धेरै भएको छैन ।

एसियाली खेलकुदको तयारीमा रहेका राष्ट्रिय टिमका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पुनर्ताजगीका नाममा मनोरञ्जनात्मक प्रस्तुतिसहित रात्रिभोजको आयोजना गरेको थियो । निरन्तरको प्रशिक्षणबाट एकोहोरो बनेका खेलाडीलाई उर्जा भर्ने उद्देश्यबाट आयोजित यो कार्यक्रम खेल मनोविज्ञानकै एउटा हिस्सा हो ।

काठमाडौंका एउटा पार्टी प्यालेसमा २३ खेलका ३ सय बढी खेलाडी जम्मा भएर मनोरन्जन गरे, मन्त्रीसहित खेलकुद क्षेत्रका उच्च पदाधिकारीको कुरा सुने, प्रशिक्षणका क्रममा खिचिएको आफ्नै भिडियो प्रदर्शनी हेरे, कलाकारको प्रस्तुतिमा झुमे, नाचगान गरे रमाइलो गरे ।

यसको दुईवटा फाइदा थियो– अनौपचारिक कार्यक्रमले राष्ट्रिय टिमका खेलाडीबीच परिचयसँगै सामाजिकीकरणको अभ्यास भयो, सबैले नौलो माहोलको अनुभव गरे ।

नेपालमा राष्ट्रिय टिमका खेलाडीका लागि गरिएको यो पहिलो बृहत अनौपचारिक कार्यक्रम थियो । ‘कार्यक्रम रमाइलो भयो । हामी सबै एकैठाउँमा हुँदा रिफ्रेसमेन्टसँगै एक प्रकारले सामाजिकीकरणजस्तो भयो,’ टेवलटेनिस राष्ट्रिय खेलाडी एलिना महर्जनले भनिन्, ‘हाम्रो लागि त्यस्तो कार्यक्रम पहिलोपल्ट भएको थियो । सबैकुरा नौलो नै लाग्यो ।’

सन् २०२३ को सेप्टेम्बरका लागि आयोजना मिति तय भएको एसियाडमा नेपालको सहभागिता रहने २३ खेलका खेलाडी र प्रशिक्षकलाई कार्यक्रममा उपस्थित थिए । पहिलो चरणमा ४० दिनको प्रशिक्षण सम्पन्न भएपछि पुनः छनोट गरिएपछिको खाली समयमा यो कार्यक्रम आयोजना गरिएको हो ।

‘४० दिन प्रशिक्षण गरेपछि पुनः छनोटमार्फत छानिएका खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा जानुअघि पर्याप्त उर्जा प्रदान गर्न गरिएको अनौपचारिक प्रक्रिया हो,’ राखेपले निर्माण गरेको हाइ पफर्मेन्स कमिटीका प्रवक्ता हिमालराज दाहालले भने, ‘यसबाट खेलाडीहरु थप प्रेरित हुन्छन् भन्ने विश्वास छ ।’

कार्यक्रमलाई सकेसम्म अनौपचारिक बनाउने प्रयास गरिएको थियो । खेलाडी र विशिष्ट अतिथी फ्लोरमै बसेका थिए, नेपाल आइडल रवि ओड र गायिक एलिना चौहानको प्रस्तुतिमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, सदस्यसचिव टंकलाल घिसिङ खेलाडीहरुसँग छमछम नाचिरहेका थिए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले गायक÷कलाकार होइनन् । पूर्व राष्ट्रिय च्याम्पियन अवालेले कार्यक्रममा राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले लेखेको गीत गाए– नेपाली हामी रहौंला कहाँ नेपालै नरहे….

मन्त्री र सदस्यसचिव दुवैले एसियाली खेलकुदको तयारीलाई अझै ब्यापक बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । बजेटकै कारण एसियाड तयारीमा बाधा नहुने उनीहरुको भनाइ थियो । सदस्यसचिव घिसिङले एसियाड तयारीका लागि १० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

मन्त्री गहतराजले यति बजेटले नपुगे थप्न पहल गर्ने आश्वासन दिए । उनले एसियाडमा पदक विजेता खेलाडीको पुरस्कार रमक बढाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । खेलकुद मन्त्रालयको पुरस्कार कार्यविधिमा एसियाडको स्वर्ण विजेताले २५, रजत विजेताले १५ र कांस्य विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । यो रकम बढाउने मन्त्रीले खेलाडीसामू प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘कार्यक्रममा प्रशिक्षणसत्रको भिडियो प्रदर्शनी, खेलकुद क्षेत्रका जिम्मेवार पदाधिकारीको अभिव्यक्तिले भोलि नै एसियाली खेलकुद सुरु हुन लागेको हो कि जस्तो सकारात्मक महशुस भएको थियो । केहि न केहि गर्नुपर्छ भन्नेजस्तो भाव खेलाडीमा पैदा भएको थियो । एउटा सकारात्मक अनुभूति रह्यो,’ कराँते प्रशिक्षकसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने ।

सन् १९९९ मा नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुद (साग) र २००४ मा पाकिस्तानमा भएको नवौं सागमा कराँतेबाट स्वर्ण जितेका दीपकले खेलाडीको मनोविज्ञानलाई हेरेर यस्तो कार्यक्रम यसअघि आयोजना भएको आफूलाई थाहा नभएको बताए ।

‘विदेशतिर राष्ट्रिय टिमका खेलाडीलाई यस्तौ कार्यक्रम गरेर मनोवल उच्च बनाइरहेको हामीले देखे/सुनेका थियौं । त्यो देख्दा हाम्रोमा पनि किन नभएको होला भन्नेजस्तो लाग्थ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘हिजो हामीले त्यसको केहि झलक हेर्न पायौं । यस्ता कार्यक्रम पटक पटक हुनुपर्छ । एसियाली खेलकुदको महत्व र गरिमा सम्झाउँदै अगाडि बढियो भने खेलाडी स्वयम् प्रेरित हुन्छन् ।’

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
१३ खेलाडी नगदसहित पुरस्कृत

१३ खेलाडी नगदसहित पुरस्कृत

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: