काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो ।
तर ५ बजेभित्र मतदान केन्द्रको मूल ढोकाभित्र प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउने छन् । मतदान केन्द्रहरूको ढोका अहिले बन्द गरिसकिएको छ ।
काठमाडौंको रत्नराज्य मावि बानेश्वरमा समय सकिइसक्दा पनि मतदाताको लाइन छ । त्यसको नजिकै रहेको मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कूल केन्द्रमा भने मतदान सम्पन्न भएको छ ।
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा पनि मतदान सकिएको छ ।











