No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टी ले सुदूरपश्चिम समृद्ध बनाउने दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी ले सुदूरपश्चिम समृद्ध बनाउने दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन्। रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम बनेको देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताएका हुन्।

उनले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए। ‘खल्तीमा पैसा नभएको, विपन्न गरिबले शिक्षा पाउनुपर्यो, स्वास्थ्य पाउनुपर्यो,’ उनले भने, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमै बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा।’

पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने उल्लेख गर्दै उनले बाटो निर्माणलाई प्राथमिकतामा राख्ने बताए। ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो,’ उनले भने।

रास्वपा सरकारमा गए कांग्रेस, एमाले, माओवादी लगायत सबै दलका कार्यकर्ता र सर्वसाधारण हिँड्ने बाटो बनाइने उनले दाबी गरे ।
नेपाललाई स्विट्जरल्याण्ड बनाउने चर्चा चल्ने गरेको उल्लेख गर्दै उनले सुदूरपश्चिममै प्राकृतिक र पर्यटकीय सम्भावनाको खानी रहेको बताए । ‘मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ,’ उनले भने । ‘स्विजरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ, खप्तड नेशनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्विजरल्याण्ड ?’

उनले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्नुपर्ने धारणा राखे । ‘हामी नेपालीहरू माल भएको चाल नपाको मान्छे प¥यौं, भएको चिज देखाउन सकेका छैनौं, सुदूरपश्चिमलाई जोड्न सकेका छैनौं,’ उनले भने ।

सुदूरपश्चिम र काठमाडौंबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुनुपर्ने बताए । ‘सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौंका चोकचोकमा बज्छन्, अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग,’ उनले भने ।

सभामा उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको दाबी गरे । ‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है,’ उनले भने । ‘तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूर बनाउँछ । भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनुस्। काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । सुदूर अब दूर नाईं झिक्कै झिक्कै माया तमलाई।’

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
सिफल चौंरमा सांस्कृतिक कार्यक्रम आयोजना

सिफल चौंरमा सांस्कृतिक कार्यक्रम आयोजना

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: