No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ


आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

काठमाडौं। निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग गरेको छ।

यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता, २०८२ लागू भएदेखि माघ १५ गतेसम्म २१ स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्। त्यसमध्ये आजसम्म आठ वटाको मात्र जवाफ प्राप्त भएको छ।

आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई यही माघ ७ गते स्पष्टीकरण सोधेको थियो। दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरिएको थियो। त्यसमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको जवाफ आएको छ भने भण्डारीको जवाफ नआएको सहायक प्रवक्ता श्रीसले बताइन्।

‘काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) मा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ’ उनले भनिन्।

यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता श्रीसले बताइन्। दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ। दफा ५ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ। यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको थियो। कार्कीको जवाफ आए पनि त्यो चित्तबुझ्दो छ वा छैन भन्ने विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो।

दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार भएको थियो। गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको उनको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत नगराइएको हो।

आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ पनि आयोगमा अहिलेसम्म प्राप्त भएको छैन। यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्नेगरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो। परिषद्ले पनि अहिलेसम्म आयोगलाई स्पष्टीकरण पेस नगरेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो। नेपाल सरकार मातहतकै परिषद्ले आयोगलाई एक हप्तासम्म पनि स्पष्टीकरण पेस गरेको छैन।

नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो। आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ।

यस्तै दफा १३ को उपदफा (१) मा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उपदफा (१) को खण्ड (झ) मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने व्यवस्था रहेको छ।

यसैगरी उपदफा (१) को खण्ड (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने उल्लेख गरिएको छ।

‘बस्नेतले जवाफ पेस गरे पनि चित्त बुझ्दो छ, छैन भन्ने विषयमा अध्ययन भइरहेको छ’, सहायक प्रवक्ता श्रीसले भनिन्।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो। उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएका छैनन्। रास्वपाका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो। उनको जवाफबारे आयोगले अध्ययन गरिरहेको छ।

यस्तै नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्धमा गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानी गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले जानकारी दिइन्।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन भएको हो वा होइन भनी उनलाई आयोगले स्पष्टीकरण सोधेको छ। पाठकले पेस गरेको जवाफका बारेमा पनि आयोगले अध्ययन गरिरहेको छ।

यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिन्ह र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन भएको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन्। यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो। सो पार्टीले पनि जवाफ पेस गरी थप अध्ययन भइरहेको छ।

जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस) लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको छ। भुसालले आयोगमा जवाफ पेस गरिसकेका छन्।

नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन्। आयोगले स्वास्थ्य स्वयंसेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो। तर अहिलेसम्म आयोगमा जवाफ आएको छैन।

आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकोले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ। विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकोले कारबाही गरी पाउँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन्।

यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ। तर उनले अहिलेसम्म जवाफ पेस गरेका छैनन्।

रास्वपाका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। यसैगरी आयोगले बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ का रास्वपाका उम्मेदवार खगेन्द्र सुनार, सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ। शाह, सुनार, राउत र अधिकारीले पनि आजसम्म जवाफ पेस गरेका छैनन्।

यस्तै सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिन्ह र झण्डाको तोरण बनाई झुण्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे। काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टे«लियामा रहेका नेपालीलाई स्वयम्सेवक आवेदन फाराम पठाई क्यू आर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने समेत व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

यसैगरी आयोगले पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नुका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो। विश्वविद्यालयले पनि अझै जवाफ पेस गरेको छैन।

यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो। आचार्यले पनि अझै जवाफ दिएका छैनन्। यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको छ। संस्थानको स्पष्टीकरणका विषयमा अध्ययन भइरहेको आयोगले जनाएको छ। रासस

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
अफगानिस्तानमा दैनिक १० हजार व्यक्तिहरू फर्किरहेका छन्

अफगानिस्तानमा दैनिक १० हजार व्यक्तिहरू फर्किरहेका छन्

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: