No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

२३औँ शिखर सम्मेलनअागाडि मोदी–पुटिन बीच गहन कूटनीतिक वार्ता

मोदीको स्पष्ट सन्देश: ‘युद्ध तत्काल अन्त्य होस्’

नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनःमापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ।

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे। दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगे।

प्रधानमन्त्रीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद् गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौं मानिसलाई प्रेरित गर्ने बताए। पालम विमानस्थलमा प्रधानमन्त्रीले पुटिनलाई आलिंगनन गर्दै स्वागत गर्दा परम्परागत नृत्यगानले वातावरण झन् उत्साहपूर्ण बनेको थियो। प्रधानमन्त्री मोदीले एक्समा भारत-रुस मित्रतालाई ‘समय-परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुसी रहेको उल्लेख गरे।

राष्ट्रपति पुटिन डिसेमबर ५ (शुक्रबार) सम्म भारतमा रहनुहुनेछ र यसै क्रममा २३औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा बस्नेछन्। त्यसअघि उनले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण गर्ने र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता हुनेछ।

पूर्व कूटनीतिज्ञ अरुण सिंहले भारत-रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे। उनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबीचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ।

भारत प्रस्थान गर्नुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको उल्लेख गरे।

उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको बताए। युक्रेन द्वन्द्व आरम्भ भएदेखि पुटिनको यो पहिलो विदेश यात्रा भएकोले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष ध्यानका साथ हेरिएको छ।

दुवै देशबीच व्यापार, रक्षा, विज्ञान-प्रविधि, कृषि, शिक्षा तथा सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारबारे धेरै सम्झौता हुने अपेक्षा गरिएको छ। क्रेमलिन र भारतीय विदेश मन्त्रालय दुवैले पुटिनको भ्रमणले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने, द्विपक्षीय प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा आपसी धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताएका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
ट्रम्पको कडा करपछि भारतले ब्याजदर २५ आधार अंकले घटायो

ट्रम्पको कडा करपछि भारतले ब्याजदर २५ आधार अंकले घटायो

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: