No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ


सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् ।

प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले वडाध्यक्ष विनेश कुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको अगाडिको दुईवटा दाँच भाँचिएको छ। प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।

प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ ।

कारिल यादवलाई कुटपीट गर्ने ठेकेदार अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । कारिल यादव कुटिएको विषयमा प्रहरी चौकीमा पंचायती (छलफल) हुँदै आएको थियो ।

प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार ‘दुई पक्षबीचको विवाद मिलाउन वडाध्यक्ष चौकीमा पुगेका थिए। दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खडकाले फोन गरेर अध्यक्ष दासलाई चौकीमा बिबाद भईरहेको र त्यहाँ गएर बिबाद साम्य गर्न भनेका थिए। त्यसपछि वडाध्यक्ष दास प्रहरी चौकी गोडैतामा पुगेका थिए ।’

गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले पनि सोहि कुरालाई उल्लेख गर्दै, ‘यसमा वडाध्यक्षको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ, प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित नभएको बताएका छन् ।’ उनले भने ‘विवाद भएपछी विवाद मिलाउन बोलाएर उनि त्यहाँ पुगेको भिडियो खिचेर दोषी देकाउन खोजिएको छ ।’

घटनास्थलमा वडाध्यक्ष दास पुग्नु अघि देखि नै ढुंगामुढा भईरहेको थियो, त्यसपछि त्यहाँ उनि पुगेपछि प्रहरीले भिडियो खिचेको थियो। पछि सोही भिडियोका केही अंशलाई आधार बनाएर वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा भएको भन्दै उनीमाथि आरोप लगाइएको एक प्रत्यक्षदर्शी स्थानीयको दाबी छ ।

वडाध्यक्षको पक्राउ विरुद्ध बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयले बजार बन्द गर्दै प्रहरीको कारबाहीको माग र वडाध्यक्षको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग गरेका छन्।

डिएसपी राईका अनुसार वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा र प्रहरी कुटपिट भएको खुलेको छ । तर, स्थानीयले भने प्रहरीकै बयान एक पक्षीय रहेको र अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

Next Post
फुट्यो सीके राउतको पार्टी

फुट्यो सीके राउतको पार्टी

Leave a Reply Cancel reply

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: