No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित दुधमती एफ.एम. १०४ मेगाहर्जका सञ्चालक तथा पत्रकार अनिल कुशवाहामाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । सो क्रममा प्रहरीले सञ्चारगृहमा अनधिकृत प्रवेश गर्दै आतंकित बनाउने मात्र नभई एफएम प्रसारण नै अवरुद्ध गराएको आरोप लागेको छ ।

पत्रकार महासंघ धनुषा शाखामा दिएको निवेदनमा कुशवाहाले असोज १३ गते संचारकर्मकै क्रममा आफूमाथि प्रहरी ज्यादती भएको गुनासो गरेका छन् । उनका अनुसार, एक स्थानीय व्यवसायीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निहुँमा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादव स्वयं एफ.एम. कार्यालयमै पसेर प्रत्यक्ष प्रसारण बन्द गराएका थिए ।

त्यही दिन सुवधिमाई मन्दिरमा भइरहेको झिझिया कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला निरीक्षक यादवले आफूलाई कार्यालयमा लगेर गालीगलौज, अपमानजनक व्यवहार र थुन्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख छ ।

पत्रकार कुशवाहाले प्रेस स्वतन्त्रतामाथि गरिएको यस किसिमको हस्तक्षेप अस्वीकार्य भएको बताउँदै निष्पक्ष छानबिन गरी संलग्न प्रहरी अधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नुका साथै प्रसारण अवरुद्ध गर्नु प्रहरीको बर्दीको आडमा गरिएको ज्यादती र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै दोषी प्रहरीलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।

प्रहरीले उक्त पोस्ट डिलिट गराउँदै बाहिर यस विषयमा केही भने वा लेखे ठीक नहुने चेतावनी दिएकाले चारदिन सम्म घटना बाहिर नल्याएको बताए ।

यता प्रहरी निरीक्षक यादवले इलाका प्रहरी सम्बन्धि पोस्ट लेख्दा आफ्नो प्रतिक्रिया नलिएको कारण बोलाएर साइवर अपराधमा मुद्दा दर्ता गर्ने चेतनी दिएको स्वीकारे । पटकपटक पत्रकार कुशवाहालाई फोन गरेपनि नआएपछि एफएममा खोज्न गएको तर, प्रशारण बन्द भने नगराएको प्रहरी निरीक्षक यादवको दावी छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: