काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शान्ति वार्तालाई तोडमोड गरेको आरोप लगाएका छन्। यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता नदिने बताएका थिए।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा युद्ध अन्त्य गर्ने सम्झौता “धेरै नजिक” भएको दाबी गरे, तर जेलेन्स्कीले अमेरिकी सर्तहरू स्वीकार गर्न अस्वीकार गर्दा द्वन्द्व “लम्बिने” छ।
यसअघि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको लागि अमेरिकाको दृष्टिकोणको व्याख्या गर्दै भनेका थिए कि यसले ‘आज जहाँ क्षेत्रीय सीमाहरू छन् त्यहाँ स्थिरता ल्याउनेछ।’
युक्रेनले लामो समयदेखि क्रिमिया नत्याग्ने बताउँदै आएको छ। यो क्षेत्र २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको थियो।











