No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

६ महिनाअघि श्रीमान गुमाएकी अर्चना एकलो छोरा आशुको हत्याले अचेत

६ महिनाअघि श्रीमान गुमाएकी अर्चना एकलो छोरा आशुको हत्याले अचेत

जनकपुरधाम । आँगनीमा लडिबुडी गर्दै अर्चना यादव रुँदै बिलाप गरिरहेकी थिइन् – ‘रे बेटा, हमरा छोरिक कत चैलगेल रे! तोरा बिना आब हम केना जियब रे!’ आसपास जम्मा भएका आफन्त र छिमेकी कोही आँसु पुछ्दै थिए, कोही सान्त्वना दिने प्रयास गर्दै । नजिकै उनकी १० वर्षीया जुम्ल्याहा छोरीहरू, स्नेहा र मेघा, आमाको छेउमै बसेर संगै बिलाप गरिरहेका थिए ।

अर्को छेउमा गाउँको असमसान घाटमा १५ वर्षीय आशुको दाहसंस्कार हुँदै थियो । अर्चनाको रोदन र वेदनाले जम्मा भएका आफन्त र स्थानीयको आँखाबाट आँसु रोकिएको थिएन ।
अर्चनाका श्रीमान् पप्पु यादवको निधन भएको जम्मा ६ महिना मात्र भएको थियो । श्रीमान् गुमाएको पीडा उनले भुल्न नपाउँदै नियतिले उनको छोरा खोसेको छ । उनको एकल सहारा छोरा आशु पनि गुमेको छ ।

होलीको रंग र उमंगमय दिन शनिबार, सामान्य विवादको कारणले आशुले ज्यान गुमाउनु प¥यो । स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले घरबाट बोलाएर छुरा प्रहार गरी उनको हत्या गरेका थिए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजे धर्मेन्द्रले आशुको छाती, ढाड र पेटमा छुरा प्रहार गरे । गम्भीर घाइते भएका आशुलाई जनकपुर प्रादेशिक अस्पताल लगियो । ६ बजे चिकित्सकले मृत घोषित गरे ।

काकी संगीता यादवका अनुसार, होली खेल्ने क्रममा धर्मेन्द्रको कुर्ता अलि च्यातिएको थियो । यही सानो कुराले क्रोधित बनेका धर्मेन्द्रले आशुलाई मारदिने सुर चढेको थियो । काकी संगीताले धर्मेन्द्रलाई सम्झाउने प्रयास गरेकी थिइन् । तर घरबाट फर्केका धर्मेन्द्र फेरि साथीबाट आशुलाई बोलाउन लगाएर अन्धाधुन्ध छुरा आशुमाथि प्रहार गरेका थिए ।

प्रत्यक्षदर्शी समेत रहेकी आशुका काकी विनिता यादवका अनुसार उनको छोरा रुपेशले समेत रोक्न खोज्दा दुईपटक छुरा प्रहार गरेका थिए । रुपेश समेत घाइते भएका छन् । तीन छुरा लागेपछि आशु त्यही ढले । आफूले धर्मेन्द्रलाई रोक्ने र बचाउन गुहार गर्दा समेत कोही नआएको विनिताले दुखेसो पोखिन् । उनका अनुसार स्थानीय रामवरण महतोका छोरा राकेश महतोले धर्मेन्द्रलाई छुरा दिएका थिए । धर्मेन्द्र नशा सेवन गरेका थिए ।

आशु झगडालु बालक थिएनन् । उनी शान्त स्वभावका थिए । जनकपुरस्थित यज्ञबल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै थिए। आमाबुबाले उनलाई डाक्टर वा इन्जिनियर बनाउने सपना देखेका थिए।

तर नियतिले त्यो सपना साकार हुन दिएन । पप्पु यादव अटो रिक्सा चलाएर परिवार चलाउने मेहनती व्यक्ति थिए । केही महिना अघि अचानक बिरामी परेपछि ६ महिनासम्म उपचारपछि उनको निधन भयो। श्रीमान् गुमाएको पीडा सहन नसक्दा पनि अर्चनाले आफूलाई सम्हालिन् । तर अब, जब उनका आँखाका तारा छोरा आशु पनि गुमेपछि उनी पूरै असहाय भएकी छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
धनुषामा चौक विवाद : झडपमा ९ प्रहरी घाइते, प्रहरीको गोली लागेर युवक गम्भीर

धनुषामा चौक विवाद : झडपमा ९ प्रहरी घाइते, प्रहरीको गोली लागेर युवक गम्भीर

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: