No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

ट्रम्पले दबाबमा राख्न खोज्दा क्यानडाका प्रधानमन्त्रीले उल्टै फाइदा कसरी उठाए ?

ट्रम्पले दबाबमा राख्न खोज्दा क्यानडाका प्रधानमन्त्रीले उल्टै फाइदा कसरी उठाए ?

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले क्यानडा र त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आफ्नो दबाबमा राख्न खोजे । ट्रम्पले ट्रुडोलाई गभर्नर भने र क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्ताव पनि राखे। तर, ट्रम्पको दबाबबाट क्यानडाका प्रधानमन्त्री ट्रुडो र उनको पार्टीले उल्टै ठूलो फाइदा उठाएका छन् ।

हालै सार्वजनिक गरिएको चुनावी सर्वेक्षणमा ट्रुदोको लिबरल पार्टीले विपक्षी कन्जरभेटिभ पार्टीभन्दा बढी लोकप्रियता हासिल गरेको छ। इप्सोसको पछिल्लो सर्वेक्षणमा लिबरलहरूले ३८% र कन्जरभेटिभहरूले ३६% समर्थन पाएका छन्। ६ हप्ता अघि कन्जरभेटिभ पार्टीलाई ४६ % को समर्थन थियो, जबकि लिबरलहरूलाई १२% ले प्राथमिकता दिएका थिए। ६ हप्तामा पार्टीको लोकप्रियतामा २६% ले वृद्धि भएको छ।

अन्य दुई सर्वेक्षणहरूमा पनि लिबरल र कन्जरभेटिभहरूको लागि सार्वजनिक समर्थन लगभग बराबर छ। लेजर पोलमा, कन्जरभेटिभहरूले ३८% समर्थन प्राप्त गरेका छन् र लिबरलहरूले ३५% समर्थन पाएका छन्। यसैबीच, इकोस पोलको सर्वेक्षणमा ३८% मानिसहरूले लिबरल पार्टीलाई समर्थन गरेका छन् भने ३७% ले कन्जरभेटिभहरूलाई समर्थन गरेका छन्।

वास्तवमा ट्रम्पको करको धम्की, क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्ताव लगायतका दबाबको बीचमा पनि ट्रुडोले क्यानडाको आवाज उठाउने कुनै अवसर खेर जान दिएनन् । यसले लिबरल पार्टीप्रति मतदाताको विश्वास बढ्यो । इप्सोसका अनुसार क्यानडामा बढ्दो ट्रम्प विरोधी भावना र लिबरल पार्टीको नयाँ नेतृत्वका कारण विपक्षी कन्जनभेटिभ पार्टीले चुनौतीको सामना गरिरहेको छ ।

ट्रम्पको जितपछि ट्रुडो उनलाई बधाई दिन गएका थिए । त्यतिबेला ट्रम्पले आफूले ‘गभर्नर ट्रुडो’लाई भेटेको बताउँदै भनेका थिए ‘उनी ट्यारिफ चाहँदैनन् भने क्यानडा अमेरिकाको ५१ औं राज्य बन्नु पर्छ।’

हुन त ट्रुडोले राजीनामाको घोषणा गरिसकेका छन्। लिबरल पार्टीले मार्च ९ मा नयाँ नेता चयन गर्नेछ। अर्को चुनाव अक्टोबर २० सम्ममा गरिसक्नुपर्छ तर यो चाँडै पनि हुन सक्छ। नयाँ लिबरल नेतासँग तुरुन्तै चुनाव आह्वान गर्ने विकल्प छ। हालै गरिएको एक सर्वेक्षणले दाबी गरेअनुसार यदि अहिले चुनाव भयो भने लिबरल र कन्जरभेटिभ दुवै बहुमतबाट चुक्नेछन्। उनीहरूलाई साना दलहरूको समर्थन चाहिन्छ।

क्यानेडियन नागरिकहरू अमेरिका यात्रा गर्नबाट पन्छिइरहेका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडियनलाई देशमै बिदा मनाउन अपील गरेका छन्। यस कारण अमेरिका भ्रमण रद्द हुँदैछ। अमेरिकी यात्रा संघका अनुसार क्यानेडियन यात्रुहरूको संख्यामा १०% गिरावट आउँदा अमेरिकालाई २ अर्ब डलर घाटा हुनेछ।

वेस्टजेट र एयर क्यानडाले अन्य गन्तव्यहरूमा बुकिङमा वृद्धि देखेका छन्। अमेरिकी राज्य पर्यटन बोर्डहरूले सम्भावित प्रभावहरूको लागि तयारी गरिरहेका छन्। वेस्टजेटका एलेक्सिस भोन होएन्सब्रोचले प्रतिक्रिया अनौठो भएको बताए। यसबाहेक, क्यानडाका धेरै पसलहरूबाट अमेरिकी उत्पादनहरू हटाउन अभियान सुरु भएको छ। जसका कारण चिन्ता बढेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो

काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: