राजविराज । १५ बर्षीया किशोरीसँग जर्वजस्ती करणी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ परेका छन् ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ३ बस्ने कैला उपनामका सुमित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत १५ फागुनको राति पिसाव फेर्न बाहिर निस्केकी १५ बर्षीया किशोरीलाई यादवले नियन्त्रणमा लिई आफ्नो किराना पसलमा लगेर जर्वजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरी बाहिर निस्क्दिा ती युवक किशोरीकै आँगनमा रहेको ट्युवेलमा पानी लिन आएका थिए ।
करणी गरी फरार भएका यादवलाई १६फागुनमा नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











