No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

क्यानडा पठाइदिने भन्दै बाबु-छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ


क्यानडा पठाइदिने भन्दै बाबु-छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।

पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेका पाँच जनाले विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई ठगेको पाइएको छ।

क्यानडा पठाइदिने भन्दै उनीहरूले सुरूमा ह्वाट्स एपको माध्यमद्वारा चौधरी बाबु-छोरासँग जोडिएका थिए। त्यसपछि उनीहरूले ६६ लाख ६७ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाए।

‘रकम जम्मा गरेपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडित प्रहरीमा उजुरी दिन आएका थिए,’ चिमरियाले भने।

पक्राउ परेकामध्ये जोगबनीका केशव यादवले अन्य मानिसहरूलाई समेत पैसाको प्रलोभन देखाएर इसेवा, खल्तीजस्ता डिजिटल वालेट खोल्न लगाएर ठगी गरेको पाइएको छ।

‘उनले डिजिटल वालेट खोल्न लगाएर त्यसको युजर नेम र पासवर्ड लिई कारोबार गरेको देखिएको छ,’ चिमरियाले भने।

पक्राउ परेकाहरूविरूद्ध मोरङ जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

चिमरियाका अनुसार युरोप, अमेरिका, कुवेत, दुबईलगायत देश पठाउने भन्दै ह्वाट्स एपबाट जोडिँदै ठगी गर्ने समूह सक्रिय छ। त्यस्तै प्रकृतिको अपराध चौधरी बाबु-छोरामाथि भएको अनुसन्धानले देखाएको छ।

‘सामाजिक सञ्जालहरूबाट जोडिँदै विभिन्न बहानामा रकम ठगी गर्ने समूह सक्रिय रहेकाले यसप्रति सचेत रहन हामी अनुरोध गर्छौं,’ उनले भने, ‘अहिले पक्राउ परेकाले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको गुनासो रहेकाले कोही ठगिएको भए प्रहरीमा आउन अपिल गर्दछौं।’

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए

जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: