No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सम्पन्न


पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सम्पन्न

महेश सिंह लहान सिरहा- समाजिक रुपान्तरणको अभियानमा सक्रिय पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सिरहाको धनगढीमाईमा सम्पन्न भएको छ। एक वर्षअघि स्थापना भएको फाउन्डेसनले समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।


संस्थाले अपाङ्ग, गरिब, दलित र विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि तथा अन्य विविध क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई संस्थाले प्रभावकारी रूपमा सम्पन्न गर्दै आएको फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोलेले बताए।
शनिबार धनगढीमाईमा आयोजित साधारणसभामा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। सभाको उद्घाटन शारीरिक रूपमा अपाङ्गता भएका स्थानिय शिक्षक शम्भु प्रसाद यादवलेले पानसमा मैनवती बालेर गरेका थिए।


कार्यक्रममा धनगढीमाईका पूर्व नगर प्रमुख हरी नारायण चौधरी, एमाले नेता राज कुमार साह अनिरुद्ध, कांग्रेस नेता पंचलाल महतो, एमाले नेतृ शोभा बराल, वडाध्यक्षहरू, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले फाउन्डेसनले समाजसेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।
साधारणसभाले हालको कार्यसमितिलाई निरन्तरता दिँदै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। संस्थाका सचिव राज कुमार साहकाका अनुसार, फाउन्डेसनले समाजमा उल्लेखनीय योगदान पुर्‍याउने योजनासहित अगाडि बढ्नेछ।
संस्थाले विभिन्न जिल्लामा स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, महिला उद्यमशीलता प्रवर्द्धन, अपाङ्गता सहयोग कार्यक्रम लगायत विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। सचिव साहका अनुसार, फाउन्डेसनले भारतको चर्चित ‘जेन’ कार्यक्रम जस्तै उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।


संस्थाले आगामी दिनमा समाजसेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य, शिक्षा, कृषि र युवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकता दिने अध्यक्ष महतोले बताए।
संस्थाले पछिल्लो एक वर्षमा सिरहा, सप्तरी लगायत विभिन्न जिल्लामा विपन्न परिवारलाई आर्थिक सहायता, खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ।


संस्थाले छोटो समयमै समाजमा प्रभावकारी काम गर्दै चर्चा कमाएको छ। फाउन्डेसनका पदाधिकारीहरूका अनुसार, स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई समेत प्रभावकारी रूपमा सम्पन्न गर्ने संस्थाको लक्ष्य छ।
साधारणसभा नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीमाईको सभा हलमा सम्पन्न भएको थियो।
संस्थाले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी, अपाङ्गता, महिला सशक्तीकरण लगायत क्षेत्रमा केन्द्रित रहेर कार्य गर्ने योजना बनाएको छ। संस्थाका गतिविधिहरू प्रति स्थानीय बासिन्दा उत्साहित देखिएका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु

गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: