No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

महोत्तरी। गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हे¥यो उतै हराभरा छ ।

सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदैछन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत हाँसेको छ ।

गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ ।

हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । “आलु लिने धेरैजसो खेतमै आइपुग्छन्”, आलुखेतीका किसान चन्द्रकला महरा भन्छन्, “बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन”, बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् ।

यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड््यौलाखेती गर्न सिकाएको छ । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरुलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन्।

“हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन”, महतो भन्छन्, “हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।” बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् ।

“नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ”, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छन्, “अब जहान परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ ।” पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन्।

केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोको भनाइ छ । बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा महतो बताउँछन्। “किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ”, डा महतोले भने।

यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभएको छ । सबैको सकारात्मक साथले बगरखेतीका किसानको हौसला बढेको छ । “हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउँछाँै”, कुष्माढीकी किसान बिना पासवान भन्छन्।

सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । यसबाट आफूहरुलाई खेतीमा लाग्न ऊर्जा मिलेको पासवानले राससलाई बताए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: