No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आप्रावासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी


आप्रावासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी

काठमाडौं। अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन्।

उनले राष्ट्रपतिमा निर्वाचित भएपछि साेमबार पद तथा गोपनियताको सपथपछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन् र अबैध आप्रावासीलाई देश निकाला गर्नेसमेत जनाइसकेका छन्।

सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन घोषणा गरेका थिए। जसमा अबैध आप्रवासीलाई देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरेका हुन्।

ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीका बासिन्दा थिए। फ्रेडरिक ८ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो। उनी बाल्यकालदेखि नै कमजोर थिए, जसका कारण खेतीपाती गर्न सकेनन्। जसका कारण उनकी आमाले उनलाई नाई बन्ने तालिम दिलाइन्।

लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्सः थ्री जेनेरेसन्स द बिल्ट एन एम्पायर’ मा लेखेकी छिन्-फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे। तर, १६ वर्षको उमेरमा ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीवाट भागेर अमेरिका गए।

वास्तवमा त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानुन थियो। यसबाट डराएर फ्रेडरिकले देश छोडेका थिए। उनीहरु १० दिनको यात्रा गरेर अक्टोबरमा न्यूयोर्क पुगेका थिए।’

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले। केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले। उनको यो ब्यापार सुरु भयो। तिनीहरूको खानीबाट धेरै सुन निस्कियो।

फ्रेडरिक केही वर्षमै धेरै धनी भए। केही वर्षपछि फ्रेडरिक फेरि जर्मनी फर्किए र सन् १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे। बिबाह पछि दुवैजना अमेरिका फर्किए। तर एलिजाबेथलाई अमेरिकाको जाडो मन परेन। उनी बिरामी पर्न थालिन्। आफ्नी पत्नीको अवस्था देखेर फ्रेडरिक फेरि १९०४ मा जर्मनी नै फर्किए।

तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन। फ्रेडरिकलाई देश छोड्न आदेश दिइएको थियो। फ्रेडरिकले जर्मनीमा टिकट सम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टहरूमा दावी गरिएको छ। यसबाट रिसाएर बाभेरियाका राजाले उनलाई देश छोड्न आदेश दिए।

फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई न्यूयोर्कमा ल्याए। केही महिनापछि एलिजाबेथले पनि अमेरिका पुगेपछि डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्पलाई जन्म दिइन्।

डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्प फ्रेडरिकका तीन सन्तानको बीचमा थिए। उनको जन्म ११ अक्टोबर १९०५ मा न्यूयोर्कमा भएको थियो। उनका बुबा जर्मनीबाट भए पनि फ्रेड भने पूर्णतया अमेरिकी थिए र जर्मन भाषासमेत जान्दैनथे।

उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरेका थिए। फ्रेड भने बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो। स्कुलपछि राति निर्माणसँग सम्बन्धित प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने कामसमेत गरेका थिए।

१९१८ मा जब उनी भर्खर १५ वर्षको थिए। बुबा फ्रेडरिकको मृत्यु भयो, र परिवारको सबै जिम्मेवारी उनी माथमाथि आयो। सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक घर जग्गा कम्पनी खोले। खासमा, फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए र छोटो समयमा उनी न्यूयोर्कका सबैभन्दा सफल युवा व्यापारीहरूमध्ये एक हुन पुगे।

विशेष गरी उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै धेरै घरहरू बनाएका थिए। उनले ब्रुकलिन र क्वीन्सजस्ता क्षेत्रमा सस्तो घरहरू बनाएर मानिसहरूलाई त्यहाँ भाडामा बस्न दिने गर्थे। उनका परियोजनाहरू ठूला थिए, जसले उनलाई राम्रो नाफा दिएको थियो। यो सन १९३० को दशक थियो, जब फ्रेड ट्रम्प एक पार्टीमा गए, जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे। माइकल क्रानिश र मार्क फिशरले जीवनी ‘ट्रम्प रिभल्ड’ मा उल्लेख गरेका छन्।

त्यही रात, जब फ्रेड घर फर्के, उनले विवाह गर्ने महिला फेला पारेका थिए र त्यसपछि १९३६ मा मेरी एनी म्याकलोडसँग विवाह गरेर घरजम बसाए। फ्रेडको व्यापार निरन्तर बढ्दै गयो। तर, उनीसँग जोडिएका केही विवाद पनि थिए। खासमा १९७० मा उनीमाथि अश्वेतहरूलाई घर भाडामा नदिएको आरोप लगाइएको थियो। यसका लागि उनीविरुद्ध मुद्दा परेको थियो, जुन पछि टुंगिएको थियो।

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो। धनी परिवारमा जन्मेका कारण डोनाल्ड ट्रम्पको बारेमा के भनिन्छ भने ‘चाँदीको चम्चा लिएर जन्मेका’ हुन्। डोनाल्ड ट्रम्प फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन्।

ट्रम्प आफ्ना भाइ फ्रेड जुनियर र दुई बहिनीहरूभन्दा जेठा थिए। यसबाहेक एक भाइ रोबर्ट ट्रम्प उनीभन्दा कान्छो थिए। फ्रेड कडा र अनुशासनात्मक बुबा थिए। उनी आफ्ना छोराछोरीहरू मेहनती र ठूलो सपना देख्न चाहन्थे। उनको छोरा डोनाल्डलाई पनि विशेष स्नेह थियो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: