जलेश्वर । महोत्तरीको जलेश्वरस्थित एक सरकारी स्कूलमा एक छात्राले साथीहरुको उक्साहटमा आफ्नै विद्यालयका हेडमास्टरमाथि यौन दुरव्यवहारको झुठा आरोप लगाएर बेइज्जत गरेको पाइएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि सोही विद्यालयमा कक्षा ७ मा पढने एक छात्राले यौन दुरव्यवहारको झुठा आरोप लगाएपछि सार्वजनिक सम्पति तोडफोड भएको निष्कर्ष निकालिएको छ ।
ती छात्राले आफ्नै साथीहरुको उक्साहटमा परी विद्यालयका प्रधानाध्यापक सँजीव कुमार झामाथि मिथ्या आरोप लगाएको पाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सर्वदलीय बैठकमा पीड़ित भनिएकी बालिकाकी अभिभावकले शिक्षक निर्दोष रहेको बताएकी छिन ।केही उच्छँखल युवाहरु हिजोको घटना घटाउने मुख्य पात्रको रुपमा पहिचान भएकोमा उनीहरुलाई कानूनी दायरा मा ल्याउन सर्वदलीय आग्रह गरिएको छ ।
हिजोको घटनाको छानबीन भैरहेको र दोषिलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
विद्यालय हरू बारे केहि थप कुराहरु उठेकोमा विद्यालय व्यबस्थापन समिति र स्थानीय तहले बिद्यालय सुधारका कार्यहरु अघि बढाउने प्रतिबद्धता आएको छ ।
भिडियोमा देखिएको विद्यार्थीहरुलाई सार्वजनिक सम्पति तोडफोड मुद्दामा पक्राउ गरी कारवाही थालिने जनाइएको छ ।











