No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी


रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी

रामेछाप । जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् ।

मन्थली मावि कक्षा–९ की छात्रा सृष्टि तामाङले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आफूहरूजस्ता किशोरीलाई बरदान बनेकोे बताइन् । सृष्टिजस्तै रामेछाप नगरपालिका–८ स्थित शारदा संस्कृत माविमा अध्ययनरत सोनिका कार्की र रोजिना शाही पनि आफूहरू महिनावारी भएका बेलामा विद्यालय नर्सले दिने स्यानिटरी प्याड र त्यसबेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफूहरूलाई त्यस अवधिमा विद्यालय जान कुनै अप्ठेरो नभएको बताउँछन् । उनीहरू यसअघि महिनावारी भएका बेला विद्यालय जाने गरेका थिएनन् ।

किशोरी छात्राहरू महिनावारी हुँदा विद्यालय नआउने, आए पनि बीचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर यो कार्यक्रम लागू भएपछि विद्यालय नर्स कार्यक्रमपछि छात्राहरूको कक्षामा नियमित उपस्थिति दर पनि बढेका शारदा संस्कृत मावि बावियाखर्कका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले बताए ।

कार्यक्रम लागू भएपछि विद्यार्थीको स्वास्थ्योपचारमा सहज हुनुका साथै विद्यार्थीको उपस्थिति दर पनि बढेकामा जिल्लाका शिक्षक खुसी छन् । दुई हजारभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा एक जना नर्सले भ्याउन मुस्किल भएकाले दुई जनासम्म भइदिए अझ सहज हुने अर्का प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउँछन्।

विद्यालय र विद्यार्थीको सरसफाइ एवं विद्यालयमा ‘जङ्क फुड’को अन्त्यलगायत बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकलाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मिक बिरामी हुँदा उपचार गर्न सहज हुने भएकाले विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको रुद्राक्षेश्वर मावि मुगिटारका प्रधानाध्यक हर्कबहादुर भुजेलले बताए।

प्रदेश सरकारले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ अनुसार जिल्लाका प्लस टु सञ्चालन गरेका विद्यालयमा यो सेवा उपलब्ध गराउने प्रावधान भए पनि जिल्लाका सबै विद्यालयमा यो सेवा उपलब्ध भइसकेको छैन । केही विद्यालयमा कार्यक्रम लागू भए पनि नर्सहरूको दरबन्दी खाली हुँदा कार्यक्रम लागू भए पनि सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लामा ९३ माध्यामिक तहका सामुदायिक विद्यालयमध्ये ४६ विद्यालयमा मात्र यो कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । उनले भने, “यो कार्यक्रमले विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकलाई पनि आवश्यक स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।”

उपचारका लागि र आकस्मिक रूपमा चोटपटक लाग्दा गाउँबाट टाढा रहेको स्वास्थ्यचौकीसम्म पुग्नुपर्ने समस्या हटेर नजिकैको माध्यामिक विद्यालयमा जाँदा पनि सामान्य उपचार सेवा प्राप्त हुने भएकाले आफूजस्ता अभिभावकका लागि यो कार्यक्रम निकै उपयोगी भएको मन्थली नगरपालिका–७ भटौलीका कृष्ण कार्की बताउँछन्।

प्रदेश सरकारमार्फत लागू भएको यो कार्यक्रमले नगरको बालमैत्री नगर घोषणाका लागि आवश्यक स्वास्थ्य तथा सरसफाइका लागि निकै उपयोगी भएको र आफू कार्यरत विद्यालयमा पनि छात्रको तुलनामा सेवा लिन छात्रा नै बढी आउने गरेको शारदा संस्कृत माविकी स्टाफ नर्स श्रेस्ता दाहालले बताए ।

रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले राससलाई बताए ।

रामेछाप र मन्थली नगरपालिकाको सात–सातवटा सामुदायिक विद्यालय, लिखु तामाकोशी गाउँपालिकाका छवटा विद्यालय, खाँडादेवी गाउँपालिकाका आठवटा विद्यालय, सुनापति गाउँपालकाका सात, गोकुलगङ्गाका पाँच, दोरम्बा शैलुङका चार र उमाकुण्डका तीन गरी ४६ विद्यालमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भइरहेको एकाइका प्राविधिक सहायक दिनेश नेपालीले बताए । जिल्लामा ५३ वटा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन भए पनि सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको छैन ।

गुणस्तरीय पठनपाठनको अभावमा आफूहरूको आकर्षण सामुदायिक विद्यालयमा नभएको मन्थली नगरपालिका–१ का स्थानीय अभिभावक नारायण बस्नेत बताउँछन् । विद्यार्थी आकर्षण गर्न प्रदेश सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम पनि ल्याएको छ । तर कक्षा ५ सम्ममात्र प्रतिविद्यार्थी रु १५ का दरले खाजाको रकम निकासा हुने भएपछि उक्त रकमले गुणस्तरीय खाजाको व्यवस्था गर्न समस्या भइरहेको नागकन्या मावि मन्थलीकी प्रधानाध्यापक सुमित्रा ९खड्का० कार्की बताइन् ।

गत वर्ष कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरिएको भए पनि यस वर्षदेखि कक्षा अपग्रेड गरी कक्षा ७ सम्म गर्नुपर्ने भए पनि कक्षा घटाएर कक्षा ५ सम्ममा झारेको र खाजाका लागि रु १५ रकम असाध्यै थोरै भएको प्रति अभिभावकको गुनासो छ । तर सबै माध्यामिक तहका सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम र आधारभूत तह ९कक्षा १–८०सम्म विद्यार्थीलाई दिवा खाजाको कार्यक्रम सबै विद्यालयमा लैजान सके अभिभावकको सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि भई विद्यार्थी सङ्ख्यासमेत बढाउन सकिने मन्थली माविका पूर्वप्रअ गुञ्जबहादुर श्रेष्ठ बताउँछन्

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

Next Post
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: