राजविराज । राजविराज विमानस्थलबाट अब रात्रिकालिन उडान समेत हुने भएको छ । बुद्ध एयरले रात्रिकालिन उडान गर्ने तयारी शुरु गरेको हो ।
उनका अनुसार राजविराज विमानस्थल रात्रिकालिन उडान गर्न योग्य बनिसकेको छ । जसको गत शुक्रबार बुद्ध एयर र नागरिक उड्डयनका प्राविधिक मिलेर परीक्षण गरिसकेका छन् ।
नियमित उडानको मिति र समय भने बुद्ध एयरले तय गर्नेछ ।
अहिले बुद्ध एयरले यो बिमानस्थलबाट दैनिक एउटा उडान गर्दै आएको छ ।
गत असोजमा सप्तरी क्षेत्र नम्बर ३ का सांसद दिनेश यादव, नेपाली कांग्रेसका सभापति रामदेव साह, सचिव सनत मण्डल, नेपाली पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्त्री पाण्डेलाई भेटेर राजविराज बिमानस्थलबाट थप उडानको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । त्यस क्रममा मन्त्री पाण्डेले सकारात्मक प्रतिकृया जनाएका थिए ।











